चार दिनपछि हेलिकोप्टरमा सबै मतपत्र आइपुग्यो(तस्बिरसहित)

चार दिनपछि हेलिकोप्टरमा सबै मतपत्र आइपुग्यो(तस्बिरसहित)
+
-

सिमकोट – निर्वाचन सम्पन्न भएको चार दिनपछि हेलिकोप्टरमा दक्षिणी क्षेत्रका सबै मतपेटिका सदरमुुकाम सिमकोट ल्याइएको छ। बुधवार नेपाली सेनाको हेलिकोप्टरबाट सर्केगार्डदेखि सिमकोट ल्याइएको हो।

मुख्यनिर्वाचन अधिकृत दिलप्रसाद सापकोटाका अनुुसार दिउँसो १ बजे नेपाली सेनाको हेलिकोप्टरबाट मतपेटिका ढुवानी गर्ने कार्य पूरा भएको छ।

दक्षिणी क्षेत्रका चार वटा गाउँपालिकाका मतपेटिका पनि हेलिकोप्टरबाट ढुवानी गर्ने कार्यक्रमअनुुसार हेलिले ढुवानी गरेको हो।

आउन बाँकी चार वटा गाउँपालिकाका ३४ वटा मतदान केन्द्रका १७० वटा मतपेटिका पनि हेलिकोप्टरबाट ढुवानी भएका हुन्। लामो प्रयासपछि आयोगले हेलिकोप्टरमा ती मतपेटिका ढुवानी गर्न सहमति दिए पनि मंगलबार डोल्पाका मतपेटिका ढुवानी गर्नुपरेको कारण हुम्लामा ढुवानी गर्न नभ्याएको उनले बताए।

 

हेलिकोप्टरले सर्केगार्डबाट सिमकोटका लागि एक उडान भरेर मतपेटिका ढुवानी गरेको हो। मतदान कार्य सम्पन्न भएको तीन दिनपछि आधाभन्दा बढी मतदान केन्द्रका मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आइपुुगेका हुन्। टाढाका मतदान केन्द्रबाट मतपेटिका सर्केगार्डमा जम्मा गरिए पनि त्यताबाट ल्याइएको थिएन।

सर्केगार्डबाट सदरमुुकाम सिमकोट पुुग्न डेढ दिन पैदल लाग्ने गर्छ। सर्केगार्डमा जम्मा गरिएका मतपेटिका पैदल मार्गबाट ल्याउँदा जोखिम हुने देखिएपछि निर्वाचन आयोगसँग हेलिकोप्टरमा ढुवानीका लागि कुरा भएको थियो।

सर्केगार्डबाट ल्याउनुपर्ने मतपेटिकामा ताँजाकोटका सात मतदान केन्द्रका मतपेटिका, अदानचुलीका आठ, चंखेलीका आठ र सर्केगार्डका बाह्र वटा मतदान केन्द्रका थिए।

प्रदेश सभाअन्तर्गत क्षेत्र न. १ का सबै मतपेटिका यसअघि नै ल्याइएका थिए। गत सोमबार नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीका तीन वटा मतदान केन्द्रका मतपेटिकापछि सोमबारै हेलिकोप्टरमा ढुवानी गरिएको थियो।

मतपेटिका जिल्लामा आएलगत्तै मुख्यनिर्वाचन अधिकृतको कार्यालयले सर्वदलीय बैठक बसालिने र त्यसलगत्तै मतगणना कार्य सुुरु हुने जनाएको छ।

यसअघि नै तीन वटा नाम्खा, सिमकोट र खार्पुनाथ गाउँपालिकाका २५ वटा मतदान केन्द्रका एक सय मतपेटिका मात्र आइपुगेका थिए।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’