हुम्लामा साँझ सात बजेबाट मतगणना सुरु गरिने

हुम्लामा साँझ सात बजेबाट मतगणना सुरु गरिने
+
-

सिमकोट– हिमाली जिल्ला हुम्ला चार मतदान भएको चार दिनपछि बुधबार साँझ मतगणना हुने भएको छ। दक्षिणी क्षेत्रका चार वटा गाउँपालिकाका मतपेटिका हेलिकोप्टरबाट सदरमुुकाम सिमकोट आइपुुगेपछि मतगणना कार्य हुने भएको हो।

मुख्यनिर्वाचन अधिकृत दिलप्रसाद सापकोटाले बुधबार साँझ सात बजेबाट मतगणना सुुरु गरिने बताए।

उनले दक्षिणी क्षेत्रका चार वटा गाउँपालिकाका ३४ मतदान केन्द्रका १७० मतपेटिका मुख्यनिर्वाचन अधिकृतको कार्यालयमा पुुगेपछि मतगणना सुुरु गर्न लागिएको बताए।

मतपेटिका ढुवानीमा ढिलाइ भएपछि गणना सुुरु हुन सकेको थिएन।

बुुधवार बेलुुका बसेको सर्वदलीय बैठकले साँझ सात बजेबाट मतगणना सुुरु गर्ने निर्णय गरेको थियो। सो बैठकमा अधिकांश प्रत्यक्ष र समानुुपातिक उम्मेदवारको उपस्थिति भए पनि कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुुर शाही सहभागी थिएनन्।

उनी प्रदेश सभा सदस्य पदका लागि उम्मेदवार रहे पनि उनले आफ्ना प्रतिनिधि खटाएका थिए। मतगणनाका लागि गणनास्थलको तयारीसमेत पूरा भएको र मतगणनाका लागि १२ जना कर्मचारी खटाइएको छ।

 

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’