कांग्रेसका वामपन्थी छोरा

गुरुङ फिल्मका हिरो, गाउँपालिका अध्यक्ष हुँदै प्रदेश सभामा

गुरुङ फिल्मका हिरो, गाउँपालिका अध्यक्ष हुँदै प्रदेश सभामा
+
-

पोखरा – राजनीतिज्ञ कम, उनी गुरुङ फिल्मका हिरो र निर्देशकको रुपमा परिचित थिए। २०७४ साल वैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनले ‘गाउँपालिका अध्यक्ष’ उनको परिचयमा थपियो। ४७ वर्षीय वेदबहादुर गुरुङ ‘श्याम’ ९८४ मतान्तरसहित कास्कीको मादी गाउँपालिका अध्यक्षमा निर्वाचित भए।

पाँच वर्षको कार्यकाल सकिएपछि दोस्रो कार्यकालमा उनलाई नेकपा एमालेले दोहोर् याएन। उनलाई एमालेले गण्डकी प्रदेश सभा सदस्यका लागि कास्की १ ‘ख’ को टिकट थमायो। चर्चा हुन्थ्यो, ‘श्याम रेड जोनमा छन्। चुनाव जित्नलाई मुस्किल छ।’

एमालेले पनि कास्कीका ६ प्रदेश सभा निर्वाचन क्षेत्रमध्य बेदबहादुर उम्मेदवार भएको क्षेत्रलाई चुनाव जित्न कठिन भन्दै रेड जोनको सूचीमा राखेको थियो। स्थानीय तह निर्वाचनमा यो क्षेत्रमा गठबन्धन दलले वडाध्यक्षमा एमालेले भन्दा साढे ५ हजार बढी मत ल्याएकाले एमालेले रेड जोन भनेको हो। तर, रेड जोनमा चुनाव लडेका उनै श्यामले सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका दीपक गुरुङ ‘माइला’ लाई ८६७ मतान्तरले पराजित गर्दै गण्डकी प्रदेश सभाको यात्रा तय गर्न सफल भएका छन्। श्यामले १२ हजार ६६१ मत ल्याएर विजयी हुँदा कांग्रेसका माइलाले ११ हजार ७९४ मतका साथ पराजित भए।

श्यामसँग पराजित माइला २०७४ सालमा भएको स्थानीय निर्वाचनमा पोखरा महानगरपालिका–१३ को वडा सदस्यमा ४४ मतान्तरले पराजित भएका उम्मेदवार हुन्।

वडासदस्यमा जनताले नपत्याएका माइलालाई कांग्रेसले प्रदेश सभाको टिकट त पत्यायो। तर, उनलाई जनताले फेरि पत्याएनन्।

यो क्षेत्रमा ५२ हजार २७० मतदाता रहेकोमा ३१ हजार ५४४ मत खसेको थियो। ९६३ मत बदर भयो। राप्रपाका महेन्द्रबहादुर कार्कीले ३ हजार ६५६, हाम्रो नेपाली पार्टीका महेश श्रेष्ठले १ हजार ५४९, मंगोल नेसनल अर्गनाइजेसनका ख्यामबहादुर गुरुङले ४५८, जनता समाजवादी पार्टीका हर्कबहादुर गुरुङले ३६२ मत पाएको निर्वाचन कार्यालयले जनाएको छ।

कांग्रेसका वामपन्थी छोरा

श्याम ०४५ सालदेखि राजनीतिक यात्रामा होमिएका हुन्, जतिबेला उनी कक्षा ८ मा पढ्दै थिए। अखिलबाट राजनीतिमा लागेका उनी ०४६ सालको आन्दोलनमा सहभागी भएर पञ्चायतविरुद्ध लडे। श्यामका बुवा टेकशाही गुरुङ गाउँको विद्यालयका हेडमास्टर थिए। ०४८ सालमा गुरुङ नेपाली कांग्रेसका तर्फबाट तत्कालीन नामर्जुङ गाविसको अध्यक्ष बने।

कांग्र्रेसी परिवारका वेदबहादुरले घरबाटै विद्रोह गर्दै वामपन्थी राजनीतिमा क्रियाशील भए। उनले कम्युनिस्टका झन्डा फहराउँदै गाउँ–गाउँमा पर्चा बाँड्दै हिन्थे। बुबा मात्र नभएर उनका काका मेजर दीपक गुरुङ पनि कांग्रेसका पूर्वसांसद थिए।

०६४ सालमा एमाले कास्की जिल्ला कमिटी सदस्य बनेका उनी ०६६ मा नेकपा एमाले कास्की जिल्ला सचिवालय सदस्य हुँदै ०६८ सालदेखि नेकपा एमालेको गण्डकी अञ्चल कमिटी सदस्य बने। ०७४ सालपछि नेकपा गण्डकी प्रदेश कमिटी सदस्य हुँदै प्रदेश कमिटी सचिवालय सदस्यसमेत भएर काम गरे। नेपाल लोकतान्त्रिक तमु संघको संस्थापक संयोजक, संस्थापक महासचिव हुँदै हाल अध्यक्ष छन्। उनले ०५२ सालदेखि गुरुङ चलचित्रमा पाइला टेके। गुरुङ चलचित्र ‘कुहिरो भित्र’ बाट अभिनय थालेका उनले गुरुङ फिल्ममा हिरोको भूमिका मात्रै ननिभाएर निर्देशकसँगै निर्माताको परिचय थपे।
‘नजित्नुपर्ने कुनै कारण छैन’

रेड जोेनको सूचीमा परेको वेदबहादुरले आफूले नजित्नुपर्ने कुनै कारण नभएको प्रतिक्रिया दिएका छन्। प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि देशसञ्चारसँगको कुराकानीमा उनले पार्टीले अंगीकार गरेका नीतिका कारण जित पहिल्यैै निश्चित भएको जिकिर गरे।

उनले भने, ‘जितिँदैन कि भन्ने कत्ति पनि लागेन। नेपालको सन्दर्भमा पार्टीको नीति तथा कार्यक्रम, भरपर्दो संगठन र हामीले लिएका संकल्पका कारणले पनि नजित्नुपर्ने कारण थिएन।’

गाउँपालिका अध्यक्ष भएर बटुलेको अनुभवले प्रदेशमा काम गर्न सहज हुने उनको भनाइ छ। प्रदेशप्रति उठेका प्रश्न न्यूनीकरणका लागि काम गर्ने उनको प्रतिबद्धता छ। व्यक्ति विशेषलाई केन्द्रमा राखेर काम नगर्ने उनको उद्घोष छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?