जो तेस्रो प्रयासमा निर्वाचित भए

जो तेस्रो प्रयासमा निर्वाचित भए
+
-

पोखरा – म्याग्दीमा २०५६ सालको संसदीय निर्वाचनमा नेपाली कांग्रेसबाट नारायणसिंह चुनावी मैदानमा होमिए। नारायणसिंहलाई निर्वाचित गराउन एक खम्बा बनेर अहोरात्र खटिए खमबहादुर गर्बुजा‘खम्बिर’। भर्खर नेपाली कांग्रेसमा प्रवेश खमबहादुरको भूमिकाले नारायणसिंहले चुनाव जितेर संसद छिरे। त्यसपछि कांग्रेसले म्याग्दीमा जित निकाल्न सकेन्।

२०६४ सालमा कांग्रेसबाट रेशम बानियाँ उम्मेदवार भए हारे। समानुपातिक उम्मेदवारको सूचीमा रहेका खमबहादुर पनि संसद छिर्ने अवसर पाएनन्। २०७० र २०७४ सालकाे निर्वाचनमा कांग्रेसले खमबहादुरलाई प्रत्यक्षमा चुनाव लड्न टिकट दियो। तर, सफल भएनन्।

यो पटक खमबहादुरले टिकट पाउनेमा ‘ह्याट्रिक’ गरे। पाँच दलीय गठबन्धनको साझा उम्मेदवार बनेका उनले संसदीय यात्रामा पनि डेब्यु गरेका छन्।

कांग्रेस म्याग्दीका सभापतिसमेत रहेका गर्बुजाले नेकपा एमालेका हरीकृष्ण श्रेष्ठलाई ३ हजार ८३२ मतान्तरले पराजित गरेका छन्। गर्बुजाले २४ हजार २१ र श्रेष्ठले २० हजार १८९ मत प्राप्त गरेका हुन्। म्याग्दीमा ८६ हजार १२० रहेकोमा ५० हजार ६२५ (५८.७८ प्रतिशत) मत खसेको थियो। यहाँ प्रतिनिधि सभा सदस्य बन्ने होडमा ९ जना उम्मेदवार थिए। खमबहादुरको निर्वाचित भएसँगै २३ वर्षमा फेरी म्याग्दीबाट कांग्रेसले प्रतिनिधि सभा सदस्य पठाएको छ।

प्रदेश (क) मा माओवादी केन्द्रका हरिबहादुर भण्डारी निर्वाचित भएका छन्। उनले एमालेका देवेन्द्र बहादुर कटुुवाल क्षेत्रीलाई पराजित गरेका हुन्। भण्डारीले १२ हजार ७४० र कटुवालले ११ हजार ७६५ मत पाएका छन्। प्रदेश (ख) मा यसपनि माओवादी केन्द्रका जिल्ला संयोजक रेशमबहादुर जुग्जाली (सुविन) निर्वाचित भएका छन्।

जुग्जालीले ९ हजार ४५४ मत ल्याएर विजयी हुँदा नेकपा एमालेका यामबहादुर गर्बुजा ९ हजार ३५३ मत प्राप्त गर्दै पराजित भए। योसँगै म्याग्दीमा पनि नेकपा एमाले पत्तासाफ भएको छ।

२०७४ मा प्रतिनिधि सभामा एमालेका भुपेन्द्रबहादुर थापा निर्वाचित भएका थिए। वाम गठबन्धन गरेर निर्वाचनमा होमिदा प्रदेश ‘क’ मा माओवादीका विनोद केसी र प्रदेश ‘ख’ मा एमालेका नरदेवी पुन निर्वाचित भएकी थिइन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?