
मोरङ – मोरङ क्षेत्र नम्बर ६ प्रतिनिधि सभा सदस्यतर्फ गठबन्धनका उम्मेदवार डा. शेखर कोइरालाले ७ हजार २ सय बढी मतले अग्रतालाई कायम राखेका छन्।
विराटनगरको आदर्श माविमा जारी मतगणनामा कांग्रेस केन्द्रीय सदस्य कोइारालाले २४ हजार १ सय ८९ मत हासिल गरेका छन्। ७ हजार २ सय ९५ मतले पछि परेका नेकपा एमालेका उम्मेदवार लालबाबु पण्डितले १६ हजार ८ सय ९४ मत पाएका छन्।
८५ हजार ८ सय २७ मत खसेको सो क्षेत्रमा हालसम्म ६१ हजार २ सय ५१ मतको गणना भएको छ।
यस क्रममा ५७ हजार ६ सय ८१ मत सदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। सो क्षेत्रमा हालसम्म ३ हजार ५ सय ६४ मत बदर भएको कार्यालयले जनाएको छ।