एमालेले नपत्याएका मण्डल मोरङ ५ बाट प्रतिनिधि सभाको टिकट काट्न सफल

एमालेले नपत्याएका मण्डल मोरङ ५ बाट प्रतिनिधि सभाको टिकट काट्न सफल
+
-

माेरङ – प्रतिनिधि सभाको टिकट नदिएपछि नेकपा एमालेमा विद्रोह गर्दै स्वतन्त्र उम्मेदवारी दिएका योगेन्द्र मण्डलले मोरङ क्षेत्र नम्बर ५ बाट निर्वाचित भएका छन्।

कहटरी गाउँपालिकामा रहेको जीवन विकास संस्थाका सञ्चालक रहेका मण्डलले २१ हजार ८ सय २० मत हासिल गर्दै केन्द्रीय संसदको टिकट काट्न सफल भएका हुन्।

पाँच दलको सत्ता गठबन्धन र एमाले जसपाको गठबन्धनलाई चुनौती दिँदै प्रतिस्पर्धामा उत्रिएका मण्डलले ४ हजार ३ सय ३४ मतको अन्तरले जित सुनिश्चित गरेका हुन्।

एमालेबाट टिकट पाउने पक्का भएसँगै चुनावी दौडधुपमा होमिएका मण्डललाई पार्टीले मनोनयन दर्ताको केही दिनअघि मात्र जसपासँग तालमेल गरेको थियो।

त्यसपछि विद्रोह गर्दै स्वतन्त्र उम्मेदवारी दिएका मण्डलले मतगणनाको सुरुआतबाट अग्रता बनाउँदै जित आफ्नो पक्षमा पारेका हुन् ।
मतको अन्तिम परिणाममा सत्ता गठबन्धनतर्फ नेकपा माओवादी केन्द्रका उम्मेदवार शिवकुमार मण्डलले १७ हजार ४ सय ८६ मत पाएका छन्।

उनी दोस्रो स्थानमा सीमित भए । त्यसैगरी, जसपाको लागि महत्वपूर्ण चुनावी क्षेत्र मानिएको क्षेत्र नम्बर ५ मा उम्मेदवार राजकुमार यादव तेस्रो स्थानमा रहे।

जसपाका उम्मेदवार यादवले १७ हजार ३ सय ९० मत प्राप्त गरेका छन्। त्यसैगरी, यस क्षेत्रमा राप्रपाका उम्मेदवार रेवतबहादुर थापाले २ हजार ४ सय ७९ मत पाएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?