
हिमाल जोशी
मंसिर ८, २०७९

अ
+
अ
अ
-
धनगढी –बैतडीमा नेकपा एमालेका सुदूरपश्चिम प्रदेश अध्यक्ष दामोदर भण्डारी विजयी भएका छन् ।
उनले ३३ हजार ६११ मत ल्याएका हुन । पूर्व अर्थ राज्यमन्त्री समेत रहेका भण्डारीले सत्ता गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका नरेन्द्र कुवर (विजयसुन्दर) लाई १५३१ मतान्तरले पराजित गरेका हुन्।
कुवरले ३२ हजार ८० मत ल्याएका छन् । यसअघि दोस्रो संविधानसभा निर्वाचन ०७० र ०७४ को निर्वाचनमा पनि भण्डारी बैतडीबाटै निर्वाचित भएका थिए।

