
सिमकोट – प्रदेश सभा सदस्य क नम्बरमा गठबन्धन दलका तर्फबाट नेकपा माओवादी केन्द्रका रणसिंह परियार विजयी भएका छन्। उनले कांग्रेसका बागी उम्मेदवार मंगलबहादुुर शाहीलाई पछि पार्दै विजयी भएका हुन्।
मुख्यनिर्वाचन अधिकृत दिलप्रसाद सापकोटाका अनुुसार शुक्रबार प्रदेश सभा क्षेत्र ‘क’ मा माओवादी केन्द्रका परियार विजयी भएको बताए।
परियारले प्रत्यासी शाहीभन्दा एक हजार ८५१ मतान्तरमा विजयी प्राप्त गरेका हुन्।
मुख्यनिर्वाचन अधिकृतको कार्यालयका अनुुसार विजयी परियारले ६ हजार ४८१ मत प्राप्त गरेका छन् भने उनले निकटतम प्रतिद्वन्द्वी शाहीले चार हजार ६३० मत प्राप्त गरेका छन्।
त्यसैगरी, एमालेका दलबहादुुर फडेराले दुुई हजार ९९ मत प्राप्त गरेका छन् भने नेकपा एकीकृत समाजवादीका हस्तबहादुर शाहीले ७८८ मत, राप्रपाका छापे ऐडीले ११७ मत प्राप्त गरेका छन्।
३३२ मत बदर भएको छ। परियार विजेता भएको घोषणा भए पनि प्रमाणपत्र भने पछि वितरण गरिनेछ। परियार प्रदेश सभा सदस्यमा निर्वाचिन भएपछि गठबन्धन दलले विजयी जुुलुस निकालेका थिए।