मोरङ – सुनसरी क्षेत्र नं ४(२) मा लोकतान्त्रिक– वामगठबन्धनका उम्मेदवार हाजी इसराइल मन्सुरी विजयी भएका छन्। बुधबार साँझ सार्वजनिक भएको अन्तिम मतपरिणामअनुसार कांग्रेसका उम्मेदवार मन्सुरी दुई हजार एक सय १५ मतान्तरले विजयी भएका हुन्।
उनले नेकपा (एमाले)का हाजी अब्बास अन्सारीलाई पराजित गरेको मुख्य निर्वाचन अधिकृत तथा सुनसरी क्षेत्र नं ४ का निर्वाचन अधिकृत अर्जुन अधिकारीले जानकारी दिए।
मन्सुरीले १४ हजार तीन सय मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी एमालेका अब्बास अन्सारीले १२ हजार एक सय ८५ प्राप्त गरेका छन्। विजयी भएका मन्सुरी मुस्लिम संघ प्रदेश–१ का सभापति तथा नेपाली कांग्रेस सुनसरी क्षेत्र नं ४ का सदस्य हुन्। प्रदेशसभामा ३९ हजार सात सय २४ खसेको थियो।

भर्खरै
लोकप्रिय






































































































































































































