एमालेसँगको तालमेल निर्वाचनसम्म मात्रः उपेन्द्र यादव

एमालेसँगको तालमेल निर्वाचनसम्म मात्रः उपेन्द्र यादव
+
-

मोरङ – जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेकपा एमालेसँगको तालमेल निर्वाचनसम्म मात्र रहेको बताएका छन्।

विराटनगर विमानस्थलमा आइतबार सञ्चारकर्मीसँगको कुराकानीमा अध्यक्ष यादवले निर्वाचन सकिएसँगै एमालेसँगको तालमेल समाप्त भएको बताए।

एमालेसँग निर्वाचनमा सिट जित्नका लागि एकीकरण गरिएको बताएका अध्यक्ष यादवले निर्वाचनमा जसपा र एमाले केही स्थानमा मात्र सघाएको प्रस्ट्याए।

उनले भने, ‘एमालेसँग निर्वाचन नतिजासम्म मात्र हाम्रो समीकरण भएको हो। निर्वाचन सकियो अब सबै सकियो। प्रतिस्पर्धामा एकले अर्कालाई जिताउन मात्र एक भएका थियौँ।’

अध्यक्ष यादवले अहिले नै आउँदो सरकारमा जसपा सहभागी हुन नहुने प्रस्ट भइनसकेको बताए।

जनमतअनुसार प्रतिपक्षमा बस्नुपर्ने देखिएको बताएका यादवले भने, ‘अहिले प्रतिपक्षमा बस्नुपर्ने जनमत रहेको छ। हामी के गर्ने विषयमा छलफलमा रहनेछाँै। अहिले हतारमा निर्णय गर्दैनाँै। सात प्रदेशको सरकारमा के गर्ने भन्ने विषयको निर्णय गरेपछि अघि बढ्नेछौँ।’

त्यसैगरी, अध्यक्ष यादवले चुनावी परिणामले लोकतान्त्रिक र क्रान्तिकारीबीच सहकार्य र एकता गर्नुपर्ने अवस्था सिर्जना गरेकोसमेत बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?