अलविदा

चर्चित वैज्ञानिक स्टीफन हकिङ्गको आज अन्त्यष्टि हुँदै

चर्चित वैज्ञानिक स्टीफन हकिङ्गको आज अन्त्यष्टि हुँदै
+
-

भौतिकशास्त्री स्टीफन हकिङ्गको शनिबार क्याम्ब्रिजमा फ्युनेलर (अन्तिम संस्कार) हुने भएको छ ।

मार्च १४ मा निधन भएका चर्चित भौतिकशास्त्री हकिङ्गको क्याम्ब्रिजको युनिभर्सिटी चर्च ग्रेट सेन्ट मेरीमा स्थानीय समय अनुसार दिउँसो २ बजे फ्युनेरल हुने तय भएको बिबिसीले उल्लेख गरेको छ ।

सैद्धान्तिक भौतिकशास्त्री प्रोफेसर हकिङ्गको अस्तु आउँदो जुनमा वेष्टमिनिस्टरमा रहेको सर आइज्याक न्युटनको चिहान नजिकै गाड्ने तय भएको छ ।

सन् २०१४ को डिसेम्बरमा ओडिनको लेस्टर स्क्वायरमा आफ्नो जीवनीमाथि बनेको चलचित्र द थेवरी अफ एभरिर्थिङका प्रिमियरको क्रममा अभिनेता एडी रेडम्यानको साथमा । तस्बिर : जोएनी डेविडसन/सिल्भरहब/रेक्स/सटरस्टक

हकिङ्गको फ्युनेरल शनिबार दिउँसो एक निजी कार्यक्रमका बिच गरिने तय भएको छ । यसका लागि परिवारका सदस्य, साथी तथा सहकर्मीसहित झण्डै पाँच सयजनालाई निम्ता गरिएको छ । तर समारोहमा धेरै मानिस उपस्थित हुने अनुमान छ ।

फ्युनेरलका लागि क्याम्ब्रिजमा तयारी पूरा भएको त्यहाँका अधिकारीले बताएका छन् । सैद्धान्तिक भौतिकशास्त्री हकिङ्गको मार्च १४ बुधबार ७६ वर्षको उमेरमा निधन भएको हो ।

वैज्ञानिक हकिङ्गले ब्ल्याक होल र रिलेटिभिटी सम्बन्धी गरेको कामलाई भौतिक विज्ञानमा ब्रेक–थ्रु का रुपमा लिने गरिन्छ ।

उनले ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ सहितका धेरै पुस्तक लेखेका छन् । उनका लुसी, रोबर्ट र टिम गरी तीन सन्तान रहेका छन् ।

फ्याक्ट फाइल : स्टीफन हकिङ्ग


जन्म : ८ जनवरी, १९४२

निधन : १४ मार्च, २०१८

जन्मस्थान : अक्सफोर्ड, इंग्ल्याण्ड

सन् १९५९ मा प्रकृति विज्ञान अध्ययनका लागि अक्फोर्ड विश्वविद्यालयमा भर्ना, उनले क्याम्ब्रिज विश्वविद्यालयबाट विद्यावारिधी गरेका हुन् ।

सन् १९६३ मा गम्भीर रोग मोटर न्युरोनबाट ग्रस्त, डाक्टरले दुई वर्षमात्रै बाँच्ने भनेका थिए ।

उनले ब्ल्याक होल सम्बन्धी प्रशिद्ध सिद्धान्त सन् १९७४ मा ‘हकिङ्ग रेडिएसन’ को नाममा प्रतिपादन गरे ।

उनको ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ पुस्तक सन् १९८८ मा प्रकाशित भयो । यो पुस्तक १०, ०००, ००० भन्दा बढी प्रति बिक्री भएको छ ।

उनको जीवनीमा आधारित भएर सन् २०१४ मा ‘द थेवरी अफ एभरिथिङ’ नामक चलचित्र निर्माण गरिएको थियो । यसमा एडी रेडम्यानले हकिङ्गको भूमिका निभाएका छन् । यो भूमिकाका लागि उनले ओस्कार अवार्ड पाए ।

पहिलो श्रीमती ज्यानी र छोराका साथमा हकिङ । तस्बिर : फ्र्याङ्क मार्टिन/गार्डियन

यो पनि पढ्नुहोस्

प्रख्यात वैज्ञानिक स्टीफन हकिङ्गको निधन

प्रख्यात वैज्ञानिक स्टीफन हकिङ्गको निधन

तस्बिरमा स्टीफन हकिङ्गको जीवनी

तस्बिरमा स्टीफन हकिङ्गको जीवनी

स्टीफन हकिङ्गलाई लागेको रोग के थियो र उनीसँग रोग कसरी हार्‍यो ?

स्टीफन हकिङ्गलाई लागेको रोग के थियो र उनीसँग रोग कसरी हार्‍यो ?

एक जोगीको आँखामा स्टेफन हकिङको त्यो अदभूत मस्तिष्क

एक जोगीको आँखामा स्टेफन हकिङको त्यो अदभूत मस्तिष्क

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?