अस्थायी मतदाताका लागि मतदानस्थल कायम

अस्थायी मतदाताका लागि मतदानस्थल कायम
+
-

सिमकोट – मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि हाल संकलन भइरहेका मतदाताका लागि अस्थायी मतदानस्थल कायम गरिएको छ। हुम्ला कारागारलाई अस्थायी मतदा स्थल कायम गरिएको हो।

कारागारका कैदीबन्दी, थुनुुवा र निर्वाचनमा नखटिएका कर्मचारी र अन्य अस्थायी मतदाताका लागि मतदान गर्नका लागि कारागारलाई अस्थायी मतदानस्थल तोकिएको हो।

निमित्त जिल्ला निर्वाचन अधिकारी श्याम रानाका अनुुसार पहिलो पटक कारागारलाई अस्थायी मतदान स्थल तोकिएको छ। हाल कारागारमा रहेका कैदी, थुनुुवा र जिल्लामा संकलन भएका अस्थायी मतदातलाई मतदान गर्न उक्त मतदानस्थल निर्वाचन आयोगले कायम गरेको हो।

कारागार जिल्ला प्रहरी कार्यालयको हाताभित्रै छ। सो मतदान स्थलमा कैदी, थुनुुवा, अस्थायी मतदाना नामावली भएका तर निर्वाचनमा नखटिएका कर्मचारी, सुरक्षाकर्मी र सो मतदान स्थलका लागि खटिएका कर्मचारीले प्रतिनिधि सभाअन्तर्गतको समानुुपातिक मतदान कार्यमा भाग लिन पाउनेछन्।

हाल अस्थायी मतदाता नामावली संकलन भइइहेका कारण मतदाताको संख्या भने अहिले नै भन्न सकिने अवस्था छैन। कारागारमा अस्थायी मतदानस्थल तोक्नुुको कारण भने कैदी र थुनुवालाई सुरक्षाका कारण बाहिर मतदान गर्न समस्या हुने भएपछि हो।

यसअघि २०६४, २०७० र २०७४ को निर्वाचनमा सो सुबिधा थिएन। यसैबीच, हुम्ला जिल्लाका लागि ५८ वटा मतदान स्थल र ५९ वटा मतदान केन्द्र कायम गरिएका छन्। जसमा ४७ वटा साविकका मतदानस्थल कायम भएका छन् भने चार वटाको ठाउँ सारी र सात वटा नयाँ कायम भएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?