कलाकारको गुनासोः निर्वाचन केन्द्र अशक्त, वृद्धवृद्धामैत्री भएनन्

कलाकारको गुनासोः निर्वाचन केन्द्र अशक्त, वृद्धवृद्धामैत्री भएनन्
+
-

काठमाडौँ – कलाकारले आसन्न निर्वाचनमा शारीरिक अशक्त, वृद्धवृद्धा र स्वास्थ्य समस्या भएका व्यक्तिमैत्री निर्वाचन केन्द्र निर्माण गर्न नर्वाचन आयोगसँग आग्रह गरेका छन्।

सोमबार निर्वाचन आयोगले कलाकारसँग गरेको अन्तरक्रियात्मक कार्यक्रममा धारणा व्यक्त गर्दै कलाकारले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा आयोगले शारीरिक अशक्तता भएका व्यक्तिलाई ध्यानमा राखेर निर्वाचन केन्द्र निर्माण गर्नुपर्नेमा जोड दिए।

कलाकारले आयोगले ४ किसिमका मतपत्र छापेको र त्यसमा आमनागरिक झुक्किन सक्ने सम्भावना बढी रहेकाले मतदाता शिक्षालाई प्रभावकारी बनाउनुपर्ने बताए। अन्तरक्रिया कार्यक्रममा कलाकार मनोज गजुरेलले कलाकार अभियन्ता मात्र नभई खबरदारीकर्ता पनि भएकाले खबरदारी कर्ताको रूपमा प्रस्तुत हुन अनुमति दिनुपर्ने माग गरे।

उनले मतपत्र हेरिसकेका मानिस पनि झुक्किने भएकाले आयोगले समयमा नै मतदाता शिक्षा आम नागरिकमा बुझाउनुपर्ने बताए।

कलाकार गजुरेलले निर्वाचनलाई पर्वको रूपमा मान्नुपर्ने र सकेसम्म नकारात्मक प्रचारप्रसार गर्नु नहुने बताए। उनले भने, ‘हामी अभियन्ता मात्रै नभएर हामी खबरदारीकर्ता प्रस्तुत हुन्छौँ। त्यो अनुमति दिनुपर्‍यो। हामीले ४ प्रकारका मतपत्र हे¥यौं। हामी पनि त्यसमा कन्फ्युज छौँ। यसलाई बुझाउने पाटोमा निर्वाचन आयोगले महत्व दिएको छ जस्तो मलाई लाग्दैन। राजनीतिक पर्वको रूपमा निर्वाचनलाई मनाएर जानुपर्छ। सकेसम्म निर्वाचनलाई नेगेटिभ्ली प्रचार नगरौँ।’

त्यस्तै, अर्का वरिष्ठ कलाकार एवं नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति हरिहर शर्माले निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष भएको भन्दै अन्तरक्रियात्मक कार्यक्रम अझै बढाउन आवश्यक रहेको बताए। उनले कलाकारले आफ्नो तर्फबाट नागरिकलाई निर्वाचनबारे बुझाउने काममा लाग्ने हो भने त्यसले मतदातामा जनचेता फैलाउन सहयोग पुग्ने बताए। उनले गत स्थानीय तहको निर्वाचनमा अशक्त, असहाय, व्यक्तिहरू र फरक क्षमता भएका व्यक्तिहरूलाई भोट दिन जाँदा उचित व्यवस्थापन नगरेका दृश्यहरू देखिएको भन्दै निर्वाचन केन्द्रहरू शारीरिक अशक्ततामैत्री बनाउन आग्रह गरे।

त्यस्तै, अर्का कलाकार दीपक आचार्यले केही समययता ठूला दलका नेताले चुनाव प्रचारप्रसार गर्ने क्रममा र भोट माग्ने क्रममा मतदातालाई प्रलोभनमा पार्ने गरेको भन्दै कारबाही हुन्छ कि हुँदैन भनेर प्रश्न गर्नुभयो। उहाँले ‘बिना ढेवाके विदेश पठाइदिन्छु’, ‘हेलिकप्टर लिएर प्रचारप्रसार गर्न आउनेहरूलाई भोट दिनुहोस्’ जस्ता अभिव्यक्ति दिने नेताहरूप्रति आयोगको ध्यानाकर्षण भएको छ वा छैन भन्नेबारे जिज्ञासा राखे। उनले निर्वाचन आयोगले कलाकारसँग समन्वय गरेर अघि बढे मतदाता शिक्षासहित निर्वाचन प्रचारप्रसारका गतिविधि जनतामाझ पुग्न सहज हुने विश्वास व्यक्त गरे।

त्यस्तै, कलाकार प्रकाश सपुतले आम नागरिकलाई निर्वाचनबारे सिकाउने कुरामा आफूले निःशुल्क काम गर्ने उद्घोष गरे। उनले निर्वाचन सामग्री किन राम्रा निर्माण गर्न सकेका छैनौँ भन्नेबारे आयोगले सोच्नुपर्ने बताए।

त्यस्तै, अर्का कलाकार राजा राजेन्द्र पोखरेलले निर्वाचन के हो भन्नेकुरा आम नागरिकसामु आयोगले बुझाउन नसकेको महसुस गरेको बताए। उनले भोट किनबेच हुने कुरा धेरै सामाजिक सञ्जालमा आइरहेको भन्दै त्यसतर्फ आयोगको ध्यानाकर्षण गराए। निर्वाचनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा कलाकार सन्तोष पन्त, किरण केसीलगायत सहभागी थिए।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’