विकासका योजना ल्याउने ग्यारेन्टी गर्न मतदाताको माग

विकासका योजना ल्याउने ग्यारेन्टी गर्न मतदाताको माग
+
-

घोराही – मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै गर्दा दलहरूका चुनावीसभा पनि बढ्दै गएका छन्। मतदातालाई आश्वासन बाँड्दै निर्वाचनमा आफ्नो पक्षमा मत तान्नका लागि सत्ता गठबन्धनमा आबद्ध दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) तथा प्रमुख विपक्षी दल नेकपा (एमाले)का उम्मेदवारसँगै साना पार्टीका उम्मेदवारसमेत आफ्ना एजेण्डा लिएर चुनावी कार्यक्रम तथा भेटघाटमा लागिरहँदा मतदाताले भने उम्मेदवारलाई आश्वासनभन्दा विकासका योजना ल्याउने ग्यारेन्टी गर्न माग गर्ने गरेका छन्।

निर्वाचनका क्रममा आश्वासन दिने तर नेताहरूले काम नगर्दा जनताले बर्सेनि उही माग दोहोर् याउनुपर्ने अवस्था रहेको घोराही उपमहानगरपालिका–७ पर्सा निवासी भीमसेन पुनमगरले बताए। उनका अनुसार नेताको आश्वासनमा भरपर्दा आफ्नो टोलमा विद्युत् पोल गाडिएको पाँच वर्ष भइसक्दा पनि पोलमा तार तान्ने काम पूरा हुन नसकेको बताए।

‘जनताको धेरै विरोधपछि गत वर्ष पाँचवटा पोलमा तार तान्ने काम भएको थियो। तर, अपूरो तार तान्ने काम गर्दा गाडेका विद्युत्का दुईवटा पोलसमेत बर्सातको समयमा ढलेका छन्,’ चुनावी भेटघाटका क्रममा पर्सा पुगेका सत्ता गठबन्धनका उम्मेदवार रेखा शर्मालाई स्थानीय पुनले भने, ‘अब त सडकमा गाडेका पोलसमेत ढलेपछि घरमा बत्ती बाल्ने आश पनि मर्न थालेको छ।’
उनका अनुसार आफ्नो गाउँमा पाँच वर्षको अवधिमा पाँचवटा पोलमा मात्रै विद्युत् विस्तारको काम भएको छ।

घरअगाडिका विद्युत् पोलमा तार नहुँदा आर्थिक रूपमा सम्पन्न परिवारले टाढाबाटै तार तानेर बत्ती बाले पनि गरिब परिवारले बत्ती बाल्न नसक्ने अवस्था रहेको बताए।
उनका अनुसार आफ्नो गाउँ मात्र नभई पर्साबाट राजपुर जोड्ने बाटोमा गाडेका पोलको अवस्था पनि उस्तै छ। जसले गर्दा ३०–३५ घर विद्युत् बत्तीबाट वञ्चित हुनुपरेको उनको भनाइ थियो।

त्यसैगरी, घोराही उपमहानगरपालिका–७ बेसाही निवासी भुपबहादुर शाहलाई पनि नेताको आश्वासनको विश्वास लाग्न छाडेको छ। निर्वाचनको समयमा जनताका सबै माग पूरा गर्ने बताउने तर निर्वाचन जितेपछि गाउँ नै नफर्किने नेताको प्रवृत्ति रहेको भन्दै उनले चुनावका क्रममा दिने आश्वासनको विश्वास लाग्न छाडेको बताए।
‘गाउँमा सिँचाइका लागि कच्ची कुलो छ तर भरपर्दाे छैन। डेढ दशकदेखि स्थानीयले गाउँमा आउने हरेक नेतासँग भरपर्दाे सिँचाइका लागि गुर्जेखोलामा पक्की बाँधसहित नालाको माग गर्दै आएका छन्। नेताहरूले पनि हुन्छ भन्नुहुन्छ तर काम कहिल्यै हुँदैन,’ उनले भने।

नेताले जनतासँग गरेको वाचा पूरा नहुँदा सिँचाइ अभावमा गाउँको धेरै खेत बाँझै रहेको उनको भनाइ थियो।

सिँचाइका लागि तटबन्धनको व्यवस्था गरिदिन प्रत्येक निर्वाचनमा गाउँमा आउने नेताहरूलाई पटक–पटक आग्रह गरे पनि ध्यान नदिने गरेको बताए।

‘बेसाही गाउँदेखि पश्चिममा रहेको गुर्जेखोलामा पानी खेर जाने गरेको छ। कच्ची कुलो भए पनि त्यो भर पर्दाे छैन। त्यसलाई तटबन्धन गरेर पक्की नाला बनाएर पानी ल्याउन सके बेसाहीको धेरै जग्गामा सिँचाइ हुने थियो,’ उम्मेदवारसँग शाहले भने, ‘सिँचाइका लागि वडा कार्यालय, नगरप्रमुखदेखि प्रदेश सरकारसम्मलाई भन्याँै। तर कसैले नहेर्दा यस वर्ष खेत बाँझै छ।’

उनले उम्मेदवारबाट पटक–पटक आश्वासन दिइए पनि बेसाही गाउँवासीले सिँचाइको सुविधा पाउन नसकेको बताए। निर्वाचन जित्नका लागि आश्वासन बाँड्ने तर काम नगर्ने प्रवृत्तिले राजनीतिप्रति युवाको वितृष्णा जगाउने काम गरेको उनले बताए।

घोराही–१५ का दीपबहादुर खत्री यसअघिको निर्वाचनमा जस्तो यसपालि त्यति धेरै उत्साहित नभएको बताउँछन्। निर्वाचनका बेला विभिन्न विकास निर्माणका काम गर्छु भन्दै आश्वासन बाँड्ने तर ती कुरा पूरा नगर्ने प्रवृत्ति बढ्दै जान थालेको भन्दै उम्मेदवारप्रति विश्वास हराउँदै गएको उनको भनाइ छ।

घोराही–१५ कै रिया श्रेष्ठ पनि यसपालिको निर्वाचनमा पहिलोपटक भोट हाल्दै छन्। तर, उनी पार्टीभन्दा पनि व्यक्तिलाई भोट दिने तयारीमा छन्। बाउबाजेले वर्षौँदेखि एउटै व्यक्ति अथवा पार्टीभन्दा बाहिर गएर सही उम्मेदवार छान्न नसक्दा विकास निर्माणको गति अघि बढ्न नसकेको उनी बताउँछन्।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’