सिमकोट – नेकपा माओवादी केन्द्रमा २३ जना प्रवेश गरेका छन्। उनीहरू सबै सवतन्त्रबाट माओवादी केन्द्रमा प्रवेश गरेका हुन्।
माओवादी केन्द्र नयाँ युुवा स्वतन्त्रबाट पार्टीमा प्रवेश गरेको जनाएको छ। पार्टी प्रवेश गर्नेलाई केन्द्रले एक कार्यक्रम आयोजना गरी खादा लगाएर स्वागत गरेको थियो। त्यसमा २२ जना सिमकोट गाउँपालिका र एक जना सर्केगार्ड गाउँपालिकाका युवा छन्।
प्रवेश गर्ने सबै युवा हुन््। पार्टी प्रवेश गर्नेलाई उक्त पार्टीका केन्द्रीय सदस्य विजय भण्डारी र भर्खरै एमालेबाट माओवादी प्रवेश गरेका संविधान सभा सदस्य छिमीदोर्जे लामाले स्वागत गरेका थिए।

भर्खरै
लोकप्रिय






































































































































































































