सिमकोट – कर्णली प्रदेशका मुख्यमन्त्री जीवनबहादुुर शाही दक्षिणी क्षेत्रका गाउँपालिकामा सञ्चालन भएका चुनावी प्रचारका कार्यक्रम सकाएर सदरमुुकाम सिमकोट आइपुुगेका छन्। कात्तिक २२ गते मुख्यमन्त्री शाही त्यसतर्फ गएका थिए।
मुख्यमन्त्री शाहीले २२ गते सर्केगार्ड गाउँपालिकामा गठबन्धन दलद्वारा आयोजना भएको माओवादी अध्यक्ष प्रचण्ड उपस्थित सभामा सहभागिता जनाउन त्यसतर्फ गएका थिए।
त्यसअघि उनी नाम्खा र सिमकोट गाउँपालिका ७ र ८ वडाको प्रचारमा थिए। कात्तिक २३ त्यसपछि उनी चंखेलीमा आयोजना गरिएको चुवानी सभामा सहभागिता जनाउन त्यसतर्फ लागेका थिए।
२४ गते खार्पुनाथ गाउँपालिका आइपुुगेका उनी २५ गते ताँजाकोट गाउँपालिकामा आयोजना गरिएको सभालाई सम्बोधन गर्न त्यसतर्फ गएर बेलुुका खार्पुनाथमै फिर्ता भएका थिए। शनिबार कात्तिक २६ खार्पुनाथबाट सिमकोट आइपुुगेका मुख्यमन्त्री शाही अब नाम्खा गाउँपालिका– ६ को हिमालपारिको गाउँ लिमी जाने तयारीमा छन्।

लिमीमा हालसम्म कुनै पनि उम्मेदवार पुुग्न सकेका छैनन्। लिमी जाने नारा र न्यालुुमका बाक्लो हिमपात भएका कारण चुनावी प्रचारका लागि उम्मेदवार तथा नेता पुुग्न सकेका थिएनन्। यद्यपि, मुख्यमन्त्री शाही लिमी जाने तयारीमा छन्। उनी प्रदेश सभा सदस्य २ नम्बर क्षेत्रका प्रत्यासी हुन्।
लिमीको उनको क्षेत्रसमेत पर्छ। खार्पुनाथ, सिमकोट र गाउँ गाउँपालिका उनको निर्वाचन क्षेत्रमा पर्छ।
नाम्खा गाउँपालिकाका अन्य वडा उनले चुवानी घरदैलो कार्यक्रम सकाए पनि सिमकोट र खार्पुनाथका अधिकांश वडा बाँकी रहेका कारण प्रचार तथा भेटघाटको धपेडी उनलाई निकै हुनेछ।

भर्खरै
लोकप्रिय






































































































































































































