हेलिकोप्टरमा लिमी पुुगे निर्वाचनमा खटिएका सबै कर्मचारी र सुरक्षाकर्मी

हेलिकोप्टरमा लिमी पुुगे निर्वाचनमा खटिएका सबै कर्मचारी र सुरक्षाकर्मी
+
-

सिमकोट – मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीका तीन वटै मतदान केन्द्रमा खटिएका सबै कर्मचारी हेलिकोप्टरबाट लिमी पुुगेका छन्।

लिमी जाने दुई वटै नाकामा बाक्लो हिमपात जमेका कारण आउजाउमा समस्या भएपछि निर्वाचनमा खटिएका कर्मचारीलाई हेलिकोप्टरबाट ओसार्ने व्यवस्था भएको हो।

निमित्त निर्वाचन अधिकृत श्यामबहादुुर रानाले लिमीका तीन वटा मतदान केन्द्रका लागि खटिएका कर्मचारी र सुरक्षाकर्मीलाई हेलिकोप्टरबाट ओसार्ने कार्य पूरा भएको छ।

लिमी जाने दुुई वटै नाका नारा र न्यालुुमा चारदेखि पाँच फिट हिउँ जमेका कारण पैदल मार्गबाट जान सम्भव नभएपछि आयोगले हेलिकोप्टरको व्यवस्था गरेको थियो।

मंगलबार लिमीमा हिमपात भएका कारण दुुई वटा मात्र उडानबाट कर्मचारी र सुरक्षाकर्मी ओसार्ने कार्य भएको र बाँकी तीन उडान बुधबार भरेर निर्वाचनमा खटिएका सबै कर्मचारी र सुरक्षाकर्मी लिमी पुर् याइएको हो।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले यसअघि नै लिमी खटिएका कर्मचारी र सुरक्षाकर्मीलाई हेलिकोप्टरबाट ओसार्ने व्यवस्थाका लागि निर्णय गरेरै आयोगसमक्ष लिखित माग पठाएको थियो।

लिमीका तीन मतदान केन्द्र तील, हल्जी र जाङका लागि ६२ जना कर्मचारी र सुरक्षाकर्मी खटिएका छन्। जसमा कर्मचारी, नेपाल प्रहरी, म्यादी प्रहरी र नेपाली सेना छन्।

सेनाको एमआई –१७ हेलिकोप्टर पाँच वटा उडानबाट कर्मचारी, सुरक्षाकर्मी र निर्वाचन सामग्री ओसार्ने कार्यक्रम पूरा भएको छ। हेलिकोप्टरबाट निर्वाचनका लागि खटिएका कर्मचारी पठाउने कार्य सुुरु भएपछि अब लिमीमा मतदान कार्य हुनेमा ढुक्क भएको उनले बताए।

लिमीका लागि हेलिकोप्टरको व्यवस्था भएपछि मंसिर १ गते पुुग्नुुपर्ने कर्मचारी दुुई दिनअगाडि नै मतदान केन्द्रमा पुुग्न सुुरु भएको थियो। लिमीका तीन वटा मतदान केन्द्रका ५ सय ४१ मतदाता छन्।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’