दाङका मतदान केन्द्रमा पुग्न थाले कर्मचारी र सुरक्षाकर्मी (फोटोसहित)

दाङका मतदान केन्द्रमा पुग्न थाले कर्मचारी र सुरक्षाकर्मी (फोटोसहित)
+
-

दाङ – दाङका मतदान केन्द्रमा निर्वाचन गराउन कर्मचारी खटिएका छन्। निर्वाचन अधिकृतको कार्यालयबाट निर्वाचन सामग्री बुझेर कडा सुरक्षाबीच कर्मचारी मतदान केन्द्रमा पुग्न थालेका हुन्।

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा खटिएका मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र कार्यालय सहयोगी पुग्न थालेका हुन्। बुधवार भौगोलिक रुपमा टाढा रहेका मतदान केन्द्रमा सुरक्षाकर्मीसहित कर्मचारी पुगेका छन् भने नजिक रहेका मतदान केन्द्रमा बिहीबार कर्मचारी पुग्ने दाङ क्षेत्र नं. १ का निर्वाचन अधिकृत मानबहादुर बिष्टले जानकारी दिए।

उनका अनुसार जिल्लाभर तीन हजार ७ सय २० कर्मचारी र एक हजार ८ सय ६० स्वयंसेवक खटिएका छन्।

जिल्लामा एक सय ५३ मतदान स्थलमा चार सय ६५ मतदान केन्द्र छन्। क्षेत्र नं. १ मा एक सय ५२ मतदान केन्द्र छन्। जहाँ करिब एक हजार दुई सय १६ कर्मचारी खटिएका छन्। क्षेत्र नं. २ मा एक सय ४५ मतदान केन्द्र छन्। जहाँ करिब एक हजार एक सय ६० कर्मचारी खटिएका छन्। क्षेत्र नं. ३ मा एक सय ६८ मतदान केन्द्र छन्। जहाँ करिब एक हजार तीन सय ४४ कर्मचारी खटिएका छन्। कर्मचारीसँगै करिब पाँच हजार सुरक्षाकर्मी निर्वाचन सुरक्षाका लागि परिचालन भएका छन्। मतदान केन्द्रमा खटिएका निर्वाचन अधिकृतले पहिलो चरणमा सर्वदलीय छलफल गर्नेछन्।

‘मतदान अधिकृतको जिम्मेवारी धेरै हुन्छ। पहिलो चरणमा स्थानीय स्तरमा रहेका राजनीतिक दलका प्रतिनिधिसँग सर्वदलीय बैठक बस्नेछ’, निर्वाचन अधिकृत विष्टले भने, ‘आचारसंहिता पालना भए÷नभएको पनि अध्ययन गर्ने काम हुनेछ।’

आमनिर्वाचनमा भाग लिएर मताधिकार प्रयोग गर्न पाउनु नैसर्गिक अधिकार हो। त्यसैले निर्वाचनको गरिमा बचाउन र सही, सक्षम नेतृत्व चयन गर्न मतदानमा सहभागी हुनु अनिवार्य छ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’