निर्वाचन सुरक्षाका लागि लिमीमा सेनाको सेक्सन अप्रेटिङ बेस स्थापना

निर्वाचन सुरक्षाका लागि लिमीमा सेनाको सेक्सन अप्रेटिङ बेस स्थापना
+
-

सिमकोट – नेपाली सेनाले नाम्खा गाउँपालिका–६ को हिमालपारीको गाउँ लिमीमा सेक्सन अप्रेटिङ बेस स्थापना गरेको छ। उत्तरी क्षेत्रको निर्वाचन सुरक्षा संवेदनशीलतालाई लक्ष्य गर्दै नेपाली सेनाले सो बेस स्थापना गरेको हो।

बराहदल गुल्म रानी बलका गुल्मपति सुरेन्द्र श्रेष्ठले लिमीको हल्जीमा निर्वाचनको सुरक्षालाई ध्यानमा राखी सेक्सन अप्रेटिङ बेस स्थापना गरिएको बताए।

सेनाको जम्दारको नेतृत्वमा सो बेस स्थापना गरिएको हो। बेसका सुरक्षाकर्मीले निर्वाचनका हरेक गतिविधि निगरानीका साथ सुरक्षा प्रदान गर्नेछन्।

उनका अनुुसार सो बेसले लिमीका तीन वटै मतदान केन्द्र तिल, हल्जी र जाङका मतदान केन्द्रको सुरक्षा प्रदान गर्नुका साथै आवश्यक परे नाम्खा गाउँपालिकाको समेत सुरक्षा हेर्नेछ। बेसमा रहने सेनालाई सेनाको हेलिकोप्टरबाट लिमी उतारिएको थियो।

स्थानीय निर्वाचनमा पनि सो बेस लिमीमा स्थापना गरिएको थियो। यता, जिल्लाको दक्षिणी क्षेत्रका गाउँपालिकाको निर्वाचन सुरक्षाका लागि सर्केगार्ड गाउँपालिकाको केन्द्र सर्केगार्डमा कम्पनी अप्रेटिङ बेस स्थापना गरिएको छ।

सहसेनानीको नेतृत्वमा उक्त बेस यसअघि नै स्थापना गरिएको थियो। जसले सर्केगार्ड, चंखेली, अदानचुली र ताँजाकोट गाउँपालिकाका निर्वाचन गतिविधिको सुरक्षा प्रदान गर्नेछ।

 

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’