मोरङ – कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले निर्वाचनपछि कांग्रेसको नेतृत्वमा आर्थिक क्रान्ति र समृद्धि हुने बताएका छन्।
सुनसरीको लौकहीमा बिहीबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता कोइरालाले गठबन्धनको जितमा लोकतन्त्र बलियो हुने र कांग्रेसले सरकारको नेतृत्व गर्ने बताए।
सुनसरी क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका लागि भोट माग्दै नेता कोइरालाले निर्वाचनपछि कांग्रेसको नेतृत्वमा सरकार बन्ने र मुलुकमा आर्थिक क्रान्ति र समृद्धि आउने बताएका थिए।
क्षेत्रवासीसँग उम्मेदवार कार्कीको लागि भोट माग्दै नेता कोइरालाले भने, ‘ज्ञानेन्द्रजी शालिन र विकासप्रेमी नेता हुनुहुन्छ। यस क्षेत्रले उहाँलाई उम्मेदवारका रुपमा पाउनुनै गौरवको विषय हो। उहाँले यस क्षेत्रमा जनतालाई महसुस हुनेगरि काम गर्नुभएको छ।’
चुनावी सभामा नेता कोइरालाले संविधानको रक्षा र लोकतन्त्रको सुदृढीकरणमा कांग्रेसको नेतृत्वमा बन्ने सरकारले ध्यान दिने बताए।
कोइरालाले भने, ‘हामीले संविधान बनायौ। विभिन्न राजनीतिक चरण पार गर् यौँ। अब हाम्रो ध्यान मुलुकको आर्थिक समृद्धि र रोजगारीको सृजना गर्दै समुन्नत राष्ट्र बनाउने केन्द्रित छ। यसपटक गठबन्धनलाई जिताएर मुलुकलाई आर्थिक रुपमा अघि बढाउने र चलायमान बनाउनुपर्छ।’

भर्खरै
लोकप्रिय






































































































































































































