‘मोरङको उत्तरी क्षेत्र चुनौतीपूर्ण’

‘मोरङको उत्तरी क्षेत्र चुनौतीपूर्ण’
+
-

मोरङ  – प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका क्रममा मोरङको उत्तरी क्षेत्र चुनौतीपूर्ण रहेको छ।

जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले शनिबार निर्वाचन तयारीबारे आयोजित पत्रकार सम्मेलनमा भौगोलिक अवस्था र संरचनाका कारण मोरङको लेटाङ नगरपालिकाको बिकट क्षेत्रमा चुनौती सामना गर्नुपरेको बताए ।

निर्वाचनमा सहभागी नभएका दललाई समेत मतदानमा सहयोग पुर्‍याउन उनले अपिल गरेका थिए। यसक्रममा सेना, सशस्त्र, प्रहरी र म्यादी मतदानस्थलको सुरक्षार्थ खटिने उनले जानकारी दिए।

यस क्रममा मतदान र मतदाताको सुरक्षामा ६ सय ५० सेना, ३ हजार ६ सय १६ म्यादी, २ हजार ८२ प्रहरी र १ हजार ४५ सशस्त्र प्रहरी खटिनेछन्।

पत्रकार सम्मेलनमा निर्वाचनका लागि तयारी अन्तिम चरणमा पुगेको मोरङका मुख्य निर्वाचन अधिकृत दुर्गाप्रसाद ढुङ्गेलले जानकारी दिए।

मोरङमा ३ सय ६ वटा मतदानस्थल र ८ सय ३९ वटा मतदान केन्द्र रहने उनले बताए । मुख्य निर्वाचन अधिकृत ढुङ्गेलले बिराटनगरमा रहेको जिल्ला कारागार र बिराटनगर आदर्श पुस्तकालयमा समान एउटा मतदान केन्द्र रहने बताए ।

मोरङका ६ वटा निर्वाचन क्षेत्रका मतदान केन्द्रमा ६ हजार ७ सय १२ कर्मचारी खटिने खटिनेछन्।

पत्रकार सम्मेलनमा मोरङ क्षेत्र नम्बर १ को उर्लाबारी नगरपालिकाको कार्यालय, २ नम्बर क्षेत्रको रतुवामाई नगरपालिकास्थित विश्वनाथ मन्दिर, ३ नम्बर क्षेत्रको बेलबारी नगरपालिकास्थित भगवती मावि मा मतगणना हुनेछ । त्यसैगरि, मोरङ निर्वाचन क्षेत्र नम्बर ४,५ र ६ को मत गणना कार्य बिराटनगरको आदर्श बिद्यालयमा हुने मुख्य निर्वाचन अधिकृत ढुङ्गेलले जानकारी दिए।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’