जनकपुरधाम- धनुषामा अढाई बजेसम्ममा ४२ प्रतिशत मत खसेको छ।
जिल्लाको चार निर्वाचन क्षेत्रको ३२३ मतदानस्थलका ६०६ मतदान केन्द्रबाट बिहान ७ बजेदेखि मतदान सुरु हुँदा साढे दुई बजेसम्ममा ४२ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए।
जिल्लामा अहिलेसम्म शान्तिरुपमै मतदान भइरहेको उनले बताए।
मतपेटिका ढुवानीका लागि आवश्यकता अनुसारका सवारीसाधन तैनाथ राखिएको मुख्य निर्वाचन अधिकृत प्याकुरेलले बताए।
जिल्लामा २ लाख ५२ हजार ९१५ पुरुष, २ लाख २१ हजार ६६५ महिला र अन्य ७ गरी कूल ४ लाख ७४ हजार ५८७ मतदाता रहेका छन्।

भर्खरै
लोकप्रिय






































































































































































































