हिमाल जोशी
मंसिर ४, २०७९
अ
+
अ
अ
-
धनगढी – आइतबार सम्पन्न निर्वाचनमा कैलालीमा ६३ प्रतिशत मत खसेको छ। जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत प्रेमराज भट्टका अनुसार जिल्लाभर शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएकाे छ।
उनले झण्डै ६३ प्रतिशत मत खसेको बताए। कुल २ सय ३७ मतदानस्थल र ६२९ मतदान केन्द्र रहेको कैलालीमा ५ लाख ३५ हजार ५१४ मतदाता छन्। अहिले मतपेटिका ओसार्न शुरु भएकाे छ। पाँच वटा निर्वाचन क्षेत्र रहेको कैलालीमा सबै मतदान स्थलबाट मतपेटिका सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा ल्याउन शुरु गरिएको निर्वाचन अधिकृत प्रेमराज भट्टले बताए।
कैलालीमा निर्वाचन क्षेत्र नं १, २, ३, ४ र ५ का लागि क्रमशः टिकापुर, लम्की, सुखड, अत्तरिया र धनगढीमा निर्वाचन अधिकृतको कार्यालय रहेका छन् । निर्वाचन अधिकृत भट्टले आज रातभरि जिल्लाभरि मतपेटिका ढुवानी सक्ने गरि तयारी भइरहेको र भोलि बिहानदेखि मतगणना शुरु गरिने जानकारी दिए।
भर्खरै
लोकप्रिय







































































































































































































