माेरङ – उदयपुरको क्षेत्र नम्बर २ स्थित प्रदेश सभा २ मा गठबन्धनतर्फ नेपाली कांग्रेसका उम्मेदवार रामकुमार खत्री निर्वाचित भएका छन् ।
अध्ययनका क्रममा विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसबाट नेपाल विद्यार्थी संघको राजनीतिबाट अघि बढेका खत्रीले १२ हजार ६ सय २७ मत हासिल गर्दै जित हात पारेका हुन्।
खत्रीले प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार जीवनाथ दाहाललाई ३ हजार ३ सय ९१ मतान्तरले पराजित गरेका हुन् । पराजित दाहालले ९ हजार २ सय ३६ मत प्राप्त गरेका छन् ।
त्यसैगरी, मंगोल नेशनल अर्गनाइजेसनका उम्मेदवार काँस बहादुर राई १ हजार २ सय ३६ मतसहित तेस्रो स्थानमा रहे।

भर्खरै
लोकप्रिय






































































































































































































