प्रधानमन्त्री बन्ने आधार प्रशस्तै छन्ः कोइराला

प्रधानमन्त्री बन्ने आधार प्रशस्तै छन्ः कोइराला
+
-

पोखरा – नवलपुर १ बाट प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसका डा. शशांक कोइराला चौथो पटक निर्वाचित भएका छन्।

सुरुवाती मतगणनामा निकै कडा प्रतिस्पर्धा भएको यो क्षेत्रमा कोइरालाले अन्ततः २ हजार ८० मतान्तरले नेकपा एमालेका कृष्णप्रसाद पौडेललाई पराजित गर्दै निर्वाचित भएका हुन्।

कोइरालाले २७ हजार १२७ मत प्राप्त गर्दा एमालेका पौडेलले २५ हजार ४७ र राष्ट्रिय स्वतन्त्र पार्र्टीका राजन गौतमले ३४ हजार ३०५ मत पाए।

उनै कोइरालाले ०७४ को निर्वाचनमा गण्डकी प्रदेशमा कांग्रेसको बिउ जोगाएका हुन्। प्रतिनिधि सभातर्फ १८ सिट भएको गण्डकीमा १ मात्र सिट जितेर कांग्रेसको साख जोगाएका कोइरालाले यसपालि प्रधानमन्त्रीमा दाबी गर्ने बताएका छन्।

साँच्चै तपाईं प्रधानमन्त्रीको लाइनमा हो भन्ने प्रश्नको जवाफमा उनले भने, ‘हो नि ! राजनीति नत्र किन गर्ने?’
उनले आफू प्रधानमन्त्री बन्ने प्रशस्त आधार भएको बताए।

‘मैले महामन्त्री भएर चलाइसक्या’छु। चार पटक जितेको छुु। विकास गरेको छु। योभन्दा बढ्ता अरु के चाहियो ?’, उनले भने।

राजनीतिक दृष्टिले पनि आफू प्रधानमन्त्री बन्न परिपक्व भएको डा. कोइरालाको जिकिर छ। गगन थापा प्रधानमन्त्री बन्न अझै समय भएको डा. कोइराला बताउँछन्।

संसदीय दलको उम्मेदवारी दिन काठमाडौं पुगेर सरसल्लाह गर्ने उनले बताए।

‘मलाई लाग्छ मेरो पक्षमा धेरै मान्छे हुन्छन्, अहिलेको अवस्थामा म त्यो भन्छु। काठमाडौं गएपछि परिस्थितिमा परिवर्तन आउन पनि सक्छ, त्यो म भन्न सक्दिनँ’, उनले भने।

अबको पाँच वर्षमा जनमतको कदर गर्दै काम गरेर देखाउने उनको प्रतिबद्धता छ। यसअघि तीन पटकसम्म जितेका कोइरालाले जनचाहनाअनुसार काम गर्न नसकेको आरोप लाग्ने गर्छ।

अबको पाँच वर्षपछि आफू राजनीतिमा सक्रिय नहुने भन्दै उनले उल्लेखनीय काम गरेर देखाउने जिकिर गरे।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?