
मोरङ – माेरङ क्षेत्र नम्बर २ प्रदेश सभा १ तर्फ गठबन्धनका उम्मेदवार गणेशप्रसाद उप्रेति निर्वाचित भएका छन् ।
रतुवामाई नगरपालिकमा गणना गरिएको मतमा नेकपा माओवादीका नेता उप्रेतीले १५ हजार ३३ मत हासिल गरेका छन् ।
उनले निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका दानबहादुर कार्कीलाई ३ सय ५५ मतको अन्तरले पराजित गरेका हुन्। पराजित उम्मेदवार कार्कीले १४ हजार ६ सय ७८ मत पाएका छन्।
त्यसैगरी, मत परिणामको तेस्रो स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार श्रीकान्त पोद्धारले २ हजार ३ सय ४ मत पाएका छन्।
माओवादी नेताले तेस्रोपटक निर्वाचन नतिजा आफ्नो पक्षमा पारेका हुन्। यसअघि, २०७० सालको संविधान सभा निर्वाचनमा नेकपा एमालेका नेता ऋषिकेश पोखरेलसंग पराजित भएका थिए ।
त्यसैगरी, २०७४ सालको एमालेसँगको तालमेलमा उप्रेती नेपाली कांग्रेसका उम्मेदवार शिवनारायण गन्गाईसंग पराजित भएका थिए।