समानुपातिकतर्फ प्रतिनिधि सभामा कांग्रेस र प्रदेश सभामा माओवादी पहिलो

समानुपातिकतर्फ प्रतिनिधि सभामा कांग्रेस र प्रदेश सभामा माओवादी पहिलो
+
-

सिमकोट – यस पटकको प्रतिनिधि सभा समानुुपातिकतर्फ नेपाली कांग्रेस पहिलो भएको छ। कुुल खसेको मतमध्ये समानुुपातिकमा कांग्रेसले सबै दलभन्दा बढी मत ल्याएर पहिलो भएको हो।

मुख्यनिर्वाचन अधिकृत दिलप्रसाद सापकोटाका अनुुसार समानुुपातिकतर्फ कुल खसेको २५ हजार ३४० मतमा सदर मत २४ हजार ६१७ मध्ये कांग्रेसले आठ हजार १९२ मत प्राप्त गरेर पहिलो भएको छ।

त्यसैगरी, दोस्रोमा नेकपा माओवादी केन्द्रले ७ हजार ३६३ ल्याएको छ भने तेस्रोमा नेकपा एमालेले पाँच हजार ९०७ मत प्राप्त गरेको छ।
पाँच सयभन्दा बढी मत प्राप्त गर्ने अन्य दलमा भने नेकपा एकीकृत समाजवादीले एक हजार २१, नेकपा माओवादी समाजवादीले ७४७ र राप्रपाले ६९० मत प्राप्त गरेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीलगायत अन्य ४२ पार्टीले एकदेखि ३०४ मतसम्म प्राप्त गरेका छन्। समानुुपातिकतर्फ भाग लिएका दलमध्ये हुम्लामा ४८ दललाई मत खसेको छ। मुख्यनिर्वाचन अधिकृतको कार्यालयका अनुुसार कुुल खसेको मतमा ७२३ मत भने बदर भएको थियो।
प्रदेश सभा समानुुपातिकतर्फ भने माओवादी पहिलो

प्रतिनिधि सभा समानुुपातिकतर्फ कांग्रेस पहिलो भए पनि प्रदेश सभा समानुुपातिकतर्फ भने नेकपा माओवादी केन्द्र पहिलो भएको छ। मुख्यनिर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त विवरणअनुुसार माओवादी केन्द्रले प्रदेश सभा सदस्य पदका लागि कुल खसेकोमध्ये सदर मतमध्ये सात हजार १७ मत प्राप्त गरेको छ भने दोस्रो हुनेमा नेपाली कांग्रेसले ६ हजार २७१ मत प्राप्त गरेको छ।

त्यसैगरी नेकपा एमालेले पाँच हजार ३५८ मत प्राप्त गरेर तेस्रो स्थानमा आएको छ। नेकपा एकिकृत समाजवादीले एक हजार १०४ मत प्राप्त गरेर चौथो तथा राप्रपाले ८५५ मत प्राप्त गरेर पाँचौँ स्थानमा छ।

प्रदेश सभा समानुुपातिकतर्फ अन्य २३ दलले एकदेखि ८६ मत प्राप्त गरेका छन्। कुल २४ हजार ७१५ मत खसेकोमा ६५१ मत बदर भएको थियो। यो मत संख्या दुुवै प्रदेश सभा क्षेत्रको हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?