अस्पतालबाट छुटे गुफाबाट उद्धार गरिएकाहरु

खानाबारे नसोच्ने कोशिस गर्थ्यौँ, सोचे झन भोक लाग्ने

खानाबारे नसोच्ने कोशिस गर्थ्यौँ, सोचे झन भोक लाग्ने
+
-

थाइल्याण्डको उत्तरी क्षेत्रको गुफाबाट उद्धार गरिएका १२ बालकले पहिलोपटक प्रत्यक्ष रुपमा आफूहरुले भोगेको पीडादायी अनुभवका बारेमा बोलेका छन् ।

‘मिसन इम्पोसिबल’ भनिएको अभियानबाट उद्धार भएको एक हप्तापछि मंगलबार बुधबार उनीहरु सार्वजनिक रुपमा बोलेका हुन् । आफूहरुलाई उद्धारकर्मीले भेट्टाको समय ‘चमत्कारको क्षण’ रहेको उनीहरुले बताएका छन् ।

१४ वर्षका अदुल साम–अन जो फसेका मध्ये अंग्रेजी बोल्न सक्ने थिए, उनले दुई बेलायती डाइभरले भेट्टाउँदा आफू ‘हेलो’ मात्रै भन्न सक्ने अवस्थामा रहेको बताए ।


१२ बालक र उनीहरुहका फुटबल प्रशिक्षक दुई हप्तासम्म गुफामा फसेका थिए र उनीहरुलाई तीन दिन लगाएर फसेको १७ दिनपछि निकालिएको थियो । उद्धारपछि अस्पतालमा रहेका बालकहरुलाई बुधबार डिस्चार्ज गरिएको छ र अहिले उनीहरु आफ्नो घर गएका छन् ।

उनीहरु सबै चिएङ्ग राईको मो पा (वाइल्ड बोएर) फुटबल क्लबको युवा टोलीका सदस्य हुन् । बुधबार पत्रकार सम्मेलनमा उनीहरु क्लबको जर्सीमा प्रस्तुत भएको थिए ।

पत्रकार सम्मेलनका लागि तयार गरिएको स्टेज फुटबल मैदान जस्तै बनाइएको थियो र ब्यानरमा लेखिएको थियो, ‘ब्रिङ्गिङ्ग द वाइल्ड बोएर होम’ । पत्रकार सम्मेलनमा उद्धारमा खटिएको थाइ नेभी सिलका सदस्य पनि थिए ।

खानाबारे नसोच्ने प्रयास


पत्रकार सम्मेलनमा १४ वर्षका साम–अनले आफूहरुलाई पहिलो पटक बेलायती डाइभरले फेला पारेको क्षण बारे भने, ‘त्यो सबै चमात्कार जस्तै थियो, हामी आघातको अवस्थामा थियौँ, जब हाम्रो अवस्था कस्तो छ भनेर सोधियो, मैले सोचेँ र ठीक छु भनेँ ।’

उनले दुई हप्तासम्म पानीले भरिएको गुफामा बस्नु कस्तो थियो भन्ने कुरा बताए । उद्धार गरिएकाहरुको उमेर ११ देखि १७ वर्षको छ । पत्रकार सम्मेलनमा एक बालकले भने, ‘गुफामा रहेको पानी सफा थियो, तर पानी मात्रै खाना थिएन ।’

११ वर्षका चेनिन भने, ‘मैले खानाका बारेमा नसोच्ने कोशिस गर्थेँ, किनकी खानबारे सोचेमा भोक झन धेरै लाग्थ्यो ।’

गएको जुन २३ मा फुटबलको प्रशिक्षण सकेर गुफामा गएका १२ बालक र उनीहरुका प्रशिक्षक त्यहिँ फसेका थिए । १२ बालक र उनीहरुका फुटबल प्रशिक्षक प्रशिक्षण सकेर गुफा हेर्न गएका थिए ।

चिएङ्ग राईमा रहेको थाम लुङ्ग गुफा गएका उनीहरु गुफामा बाढीको पानी पसेका कारण निस्कने बाटो बन्द हुँदा फसेका थिए ।

उनीहरुलाई ९ दिनपछि जुलाई २ मा भेट्टाएका थिए । त्यसपछि गुफामा हलुका खाना र अरु अत्यावश्यक चिज लगिएको थियो । त्यसको एक हप्तापछि उनीहरुको उद्धार सफल भएको हो ।

त्यो अवधिमा गुफमा पुगेका उद्धारकर्मीसँग आफूहरु घुलमिल भएको बालकहरुले बताए । एक बालकले भने, ‘हामी चेकर्स खेल्यौँ.. बेटोईले जहिले पनि जित्थे र उनी गुफाको राजा बनेका थिए ।’

बालकहरुसँगै २५ वर्षका प्रशिक्षक एकापोल चान्टोवोङ्ग पनि फसेका थिए । उनले उद्धारको प्रयासमा निधन भएका नेभी सिलका समन कुननप्रति श्रद्धाञ्जली अर्पण गरे ।

उद्धार अभियानमा ९० जना खटिएको र त्यसमा ५० विदेशी रहेको पनि जानकारी दिइयो ।

यो पनि पढ्नुहोस्

थाइ बालकहरुको भिडियो सन्देश आयो : के के भने, के खाने इच्छा रहेछ ?

थाइ बालकहरुको भिडियो सन्देश आयो : के के भने, के खाने इच्छा रहेछ ?

पूर्व भिक्षु हुन्, गुफामा फसेका फुटबल प्रशिक्षक

पूर्व भिक्षु हुन्, गुफामा फसेका फुटबल प्रशिक्षक

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?