नेपाली वैज्ञानिक मुनिबहादुर शाक्‍य : भाग-४

सामान्‍य रोगले ज्‍यान जान थालेपछि मान्छे बचाउने ग्रीन कम्‍प्युटर

+
-

हुन त मैले विज्ञान प्रवधिमा धेरै कामहरु गरे। खोज अन्वेषण र अनुसन्धानहरु गरे। तर मेरो जीवनमा आफैलाई सबैभन्दा धेरै चित्त बुझेको यही टेलिमेडिसन सेवाको लागि अतिउपयोगी ग्रीन कम्‍प्‍युटर हो।

सामाजिक कार्य नै सबैभन्दा ठूलो लाग्छ। किनकी त्‍यतिबेला जाजरकोटमा ३ सय जना ७ मानिसहरु झाडापाखाले मरे। त्‍यो कवल सामान्‍य रोग जस्तो झाडापाखालाले यत्रो मान्छे मर्‍यो रे। यो मेरो लागि एकदमै दर्दनाक अनि हृदयविदारक पीडा थियो। मेरो मनलाई यो समाचारले छोयो।

कालिकोटमा टेलिमेडिसिनबाट स्वास्थ्य सेवा दिएकाहरुको तस्बिर देखाउँदै कम्‍प्‍युटर वैज्ञानिक मुनि शाक्‍य। तस्बिर-झरना राई/देश सञ्‍चार

म एउटा इन्जिनियर वा विज्ञान प्रविधिमा खोज गर्ने व्‍यक्ति र मानवीयता भएको नाताले के गर्न सक्छु भनेर मैले त्‍यहाँको मानिसको जीवन बचाउँने बारेमा सोच्‍न थाले। त्यतिबेला म जाजरकोटलाई सम्झिए।मानिसहरु १० रुपैयाँ पर्ने एक पुरिया जीवनजल नपाएर भटाभट मरेको देख्दा निक्‍कै दु:ख महसुस भयो मलाई।

मैले टेलिमेडिसिन सेवा यहाँ बसी-बसी कसरी दिन सकिन्छ भनेर आफ्‍नो दिमाग लगाए र बनाउन थाले टेलिमेडिसिनको लागि उपयुक्त कम्‍प्‍युटर। यसपछि अब डाक्टरहरु कहाँ पाइन्छ ? को पाइन्छ भनेर म खोज्‍न थाले साथीहरसँग मिलेर। पछि टिचिङमा एमबीबीएस सकाएर
‘इन्टर्न’ गरिरहेका डाक्टरहरुसँग भेट भयो। डाक्टरहरुसँगको भेटघाटमा उहाँहरुलाई मैले टेलिमेडिसिन सम्बन्धि कुराकानी गरे।

कम्‍प्‍युटर वैज्ञानिक मुनि बहादुर शाक्‍य। तस्बिर-झरना राई/देश सञ्‍चार

मैले उहाँहरुलाई सामाजिक कार्यमा हातेमालो गरौं जसले दूरदराजमा रहेका विरामीहरुलाई यही बसीबसी टेलिमेडिसिनको माध्‍यमबाट सेवा प्रदान गरौं भनेर विश्वस्त पारे। मैले उहाँहरुले भने ‘तपाईहरुलाई पनि गाँउघरको दूरदराजमा जान नपर्ने। उता, गाउँघरका अशक्त विरामीहरु पनि अस्पताल नधाइकनै स्वास्थ्य सेवा तपाईहरु जस्तो एमबीबीएस डाक्टरबाट प्राप्त गरी स्वास्थ्‍य लाभ गर्न पाउने र ज्‍यान पनि बच्‍ने।त्‍यकारण हामी सँगै सहकार्य गरौँ।’

****

त्‍यतिबेला मैले बनाएको लो पावरको ग्रीन कम्प्‍युटरले खुब राम्रो काम गर्‍यो। किनकी त्‍यतिबेला ठूलो पावरको खाँचो थियो। तर लोडसेडिङले हैरान पारिरहेको बेलामा ग्रीन कम्प्‍युटरलाई टेलिमेडिसिन सेवामा समर्पित गरे।

कालिकोटबाट एक जना सामाजिक परिचालक महिला आउनु भएको थियो। उहाँसँग मैले कालिकोटको बारेमा बुझ्‍दा धेरै मान्छे अलकालमा मरिरहेको खबर पाएँ।यसले मलाई झन विक्षिप्त बनायो। मलाई अब त केही न केही गर्नै पर्‍यो भन्‍ने मनमा दृढ संकल्प आयो।

भाइटल साइन मेडिकल इक्विपमेन्टमा ब्लड प्रेसर जाँच गरेर देखाउँदै मुनि बहादुर। तस्बिर-झरना राई/देश सञ्‍चार

त्‍यसपछि मैले यही ग्रीन कम्प्‍युट चलाउने र विरामीलाई सेवा दिनेतर्फ हौसिए। त्‍यतिबेला कालिकोटमा २५ किलोवाटको पानीघट्टबाट चल्‍ने पावर जेनेरेटर थियो। तर केही सयमपछि त्‍यसलाई पनि बाढी आएर सबै बगाएर लगेको सुने।

त्‍यसपछि त्‍यहाँको एक जना पुरुष नर्स (हंसराज)लाई काठमाडौं बोलाए।उहाँ आउनुभयो।यहाँका डाक्टरहरुसँग जे जति सिक्‍नु पर्ने थियो, धेरै कुराहरु सिक्‍नुभयो। लगत्तै कालिकोटबाटै कम्‍प्‍युटर टेक्निसियनको लागि एकजना चाहियो भनेर बोलाएँ। उहाँ पनि काठमाडौँ आउनुभयो टेलिमेडिसिन सिक्‍न हाइटेक पायोनियरमा।

उहाँलाई टेलिमेडिसिन सेवामा भिडियो कन्फेरेन्सका लागि चाहिने क्‍यामेरा, ग्रीन कम्प्‍युटर, माइक्रोफोन र पावर सप्लाइ कसरी गर्ने भन्‍नेबारेमा सिकाएँ। किनकी हामीलाई काठमाडौंबाट कालिकोट प्रत्‍यक्ष रुपमा सञ्‍चारमा जोडिनु पर्ने थियो। उहाँ  काठमाडौंमा बसेर तीन महिना टेलिमेडिसिन सम्बन्धि आवश्‍यक जानकारी र टुल्स सिक्‍नुभयो।

आवश्‍यक टेक्निकल सीप पूरा सिकिसकेपछि मैले आफ्‍नो तर्फबाट एउटा ग्रीन कम्प्‍युटर डोनेट गरे कालिकोटका विरामीको सेवाका लागि भनेर।उहाँलाई भिडियो कन्फेरेन्स देखि लाइट म्‍यानेजमन्ट, सञ्‍चार प्रक्रियाको बारेमा टप टु बटम सिकाएँ। त्‍यतिबेला सिडीएमए इन्टरनेट भर्खरै मात्र सुरु भएको थियो कालिकोटमा। त्‍यही सिडीएमएबाट हामीले इन्टरनेट कनेक्शन गरेर दुईतर्फी भिडियो कन्फेरेन्स गर्न सफल भयौ।

त्‍यसपछि कालिकोटमा रहेका पुरुष नर्सलाई मैले भने, ‘अब बिरामीहरु बोलाउनुस्। हामी डाक्टरहरु बोलाउँछौ।’ उहाँहरु तयार हुनुभयो। हामीले अब टेलिमेडिसिनको लागि भिडियो कन्फेरेन्स सुरु गर्‍यौँ। विरामीहरु आउन थाले। पहिलो पटक यो सेवा हामी कालिकोटको सीपखानाबाट थाल्‍यौँ।

त्‍यसपछि मानिसहरु विरामीलाई डोकोमा बोकेर/बोकाएर पनि आए/ल्‍याए। कोही दिनभरी लगाएर हिँडेर पनि आए यो टेलिमेडिसिन सेवा प्राप्त गर्नका लागि। कहिले २५ जना, ३० जना गर्दै बिरामीहरुको लाइन दिनप्रति दिन बढ्‍दै गयो। यसरी सुरु भयो कालिकोट- काठमाडौँ (हाइटेक पायोनियर)बीच टेलिमेडिसिन सेवा।

यस्तैमा एक दिन त सीडीएमको रिचार्ज सकिएर उताबाट फोन आयो। फोन हंसराजको थियो। उसले फोनमा भन्‍यो, ‘ लौ सर। विरामीहरु जचाउँनका लागि लाइनमा छन्, तर यहाँ त इन्टरनेटको पैसा नै सकियो। अब के गर्ने ?’ त्‍यसपछि मैले आफ्नै पैसाले सीडिएमएको रिचार्ज गरिँदिए।

यो प्रकारको समस्‍याहरु पटक पटक कालिकोटमा आउँदा मैले आफूले सक्‍दो मद्दत गरे।र कालिकोटमा बालबच्चादेखि बुढापाकासम्‍मले टेलिमेडिसिन सेवा पाए र सामान्‍य रोगबाट मृत्‍युको मुखमा जानबाट बचे।

त्यति मात्रै नभएर यही टेलिमेडिसिनको सहायताबाट सुत्केरीको बच्चा जन्‍माउने काम पनि भयो। पछि टेलिमेडिसिनद्वारा महिला डाक्टरको सहयोगमा काठमाडौँमै बसीबसी कालिकोटमा सुत्केरी गराउन पनि सफल भयौ पटक पटक।

यसले मलाई के अनुभूति दिलायो भने कम्‍प्‍युटरको मद्दतले धेरै छिटो काम गर्छ नै। तर त्‍यो सँगसँगै मान्छेको ज्‍यान पनि बचाउँछ ! यसले मेरो मानसपटलमा सधैं सम्झिरहने क्षण बन्‍यो। त्‍यही सेवाको माध्‍यमबाट १०औ हजार मानिसको ज्‍यान कम्प्‍युटरको माध्‍यमबाट बचाउन सकिदो रहेछ।

मेडिकल इक्‍विपमेन्ट भाइटल साइन मेसिन। तस्बिर- झरना राई/देश सञ्‍चार

अर्को कुरा, डाक्टरलाई टेलिमेडिसिन कम्‍प्युटर चलाउँदा सबै काम फत्ते गर्न भाइटल साइन मेसिनको ठूलो भूमिका हुन्छ। यो भाइटल साइन मेसिनले एकै पटकमा ब्ल्डप्रेसर, इसिजीको रिपोर्ट र हार्टबिट पनि नाप्‍ने काम गर्छ।साथै यही मेसिनले विरामीको स्वास्थ्य स्थितिको विवरण पनि प्रिन्ट गरेर दिन्छ।

त्यसैले यस्तो प्रकारको सेवालाई नेपालको दूरदराजको गाउँ गाउँमा पुर्‍याए अकालमै ज्‍यान जोगाउन कम्‍प्‍युटरले सघाउँथ्‍यो की भन्‍ने लागिरहन्छ मेरो मनमा। किनकी मानिसको ज्‍यान बचाउनु जस्तो यो संसारमा ठूलो सेवा अर्को हुनै सक्‍दैन जस्तो लाग्छ।

यो पनि पढ्नुहोस्

‘लोडसेडिङको विकल्पमा कम पावरमा चल्‍ने ग्रीन कम्प्‍युटर बनाएँ’

‘लोडसेडिङको विकल्पमा कम पावरमा चल्‍ने ग्रीन कम्प्‍युटर बनाएँ’

‘नेपाली भाषामा सञ्‍चार सहज बनाउन ‘देवनागरी कम्प्‍युटर’ बनाएँ’

‘नेपाली भाषामा सञ्‍चार सहज बनाउन ‘देवनागरी कम्प्‍युटर’ बनाएँ’

‘…अनि मैले नेपालमा आफ्‍नै हातले माइक्रो कम्प्युटर बनाएँ’

‘…अनि मैले नेपालमा आफ्‍नै हातले माइक्रो कम्प्युटर बनाएँ’

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष