करिश्मा मानन्धर भर्सन–टू

करिश्माबारे विनोद मानन्धर–उनी त छोरी कविता जस्तै लाग्छ

करिश्माबारे विनोद मानन्धर–उनी त छोरी कविता जस्तै लाग्छ
+
-

काठमाडौँ – करिश्माका श्रीमान विनोद मानन्धर जहिले सपोर्टिभ। करिश्मा बेलाबेलामा भन्ने गर्छिन्, ‘म एकदमै निर्भर छु विनोदसँग’ । विनोद सधैँ उनको सारथी बने। करिश्माको स्कूल जाने प्रयासमा पनि उनको सहयोग निरन्तर नै रह्यो।

तर करिश्माको स्कूल जाने कुरा उनले जाने पक्का भइसकेपछि मात्र थाहा पाए। जब थाहा पाए तब अचम्म लाग्यो। ‘हुन त उ गर्छु भनेपछि नगरी नछोड्ने खालको मानिस हो, तर मलाई यो कुरामा चाहिँ गफ मात्र हो कि जस्तो लागेको थियो, तर गरिन्’ विनोदले भने, ‘उसको साथी गोबिन्द राईले धेरै सहयोग गरेका छन्, म एकदमै खुशी छु।’

विनोदले करिश्मालाई लगनशील र मेहनती भन्छन्, ‘उनले गरेको काम जरुरी छ।’

करिश्मा सानै उमेरदेखि काममा बिजी भइन्। अहिले अलि फरक बाटोमा छिन्, स्कूल जान थालिन्। बिनोद मानन्धरलाई हिजो आज करिश्मा ‘छोरी कविता’ जस्तै लाग्छ।

उनी भन्छन्, ‘होमवर्क गर्ने, एक्स्ट्रा क्लास लिने, कोचिङ पढ्ने, व्याग बोकेर, टिफिनको झोला झुण्डाएर हिँडेको देख्दा छोरी कविता स्कूल गएको बेलाको याद आउँछ।’

गोदावरीबाट मैतीदेवी स्कूल जाने करिश्माको धेरै समय बाटोमा नै खर्च हुने बताउँछन् विनोद, ‘बाटो लामो हैन, जाम धेरै हुन्छ, त्यसले गर्दा घर फर्कन अलि ढिला हुन्छ।’

करिश्माको प्रयासलाई गर्वका साथ उनले स्वीकारेका छन्। उनी बेलायतको लण्डनमा हुर्केका हुन्, करिश्माले ढिला स्कूल सुरु गरेको भन्ने कुरामा उनी सहमत छैनन्। ‘त्यहाँ मान्छे रिटायरमेन्टपछि पढ्न थाल्छन्, पढ्नलाई कहिले पनि ढिला हुँदैन।’

करिश्मा आमाको भूमिकामा


करिश्मा मानन्धर र बिनोद मानन्धरको एउटै सन्तान छिन्, कविता मानन्धर। उनी कहिले अमेरिका त कहिले नेपालमा हुन्छिन्। अहिले उनी नेपालमा छन्।

कविता नायक शिव श्रेष्ठले निर्देशन गर्ने चलचित्रबाट डेब्यु गर्न लागेको खबर आइरहेको छ । करिश्मालाई आफ्नो पढाईसँगै छोरीको करियरको पनि चिन्ता छ। ‘आफ्नै प्रोजेक्टमा काम गराउ भन्ने सोचेको तर अलि मिलेको छैन। अहिले कक्षा १० मा भएकोले पनि समय दिन भ्याइरहेको छैन।’

तर उनी छोरीको शारिरीक सुगठनको लागि खानेकुरा देखि व्यायाममा ध्यान दिन भने समय निकालिरहेकी हुन्छिन्।

(देश सञ्‍चारकी सुजाता खत्री र झरना राईले करिश्माको एक दिनको पूरै दैनिकी नियालेका छन् । हामीले  करिश्माका विविध गतिविधिका सामग्रीहरु लिङ्कअप गर्दै जानेछौँ । बेलुका ६ बजे करिश्माको पूरै दैनिकी समेटिएको भिडियोसहितको स्टोरी आउनेछ ।)

सबै तस्बिरहरु : झरना राई/देश सञ्‍चार

यो पनि पढ्नुहोस्

करिश्मा मानन्धर भर्सन–टू

करिश्मा मानन्धर भर्सन–टू

करिश्माका बेञ्च पार्टनरका कुरा

करिश्माका बेञ्च पार्टनरका कुरा

करिश्मा मानन्धरको पुनः औपचारिक शिक्षा

करिश्मा मानन्धरको पुनः औपचारिक शिक्षा

करिश्माका प्रिन्सिपल भन्छन्, ह्याण्ड राइटिङ्ग सुधार्नुस् !

करिश्माका प्रिन्सिपल भन्छन्, ह्याण्ड राइटिङ्ग सुधार्नुस् !

यस्तो हुन्छ करिश्माको ह्याण्ड राइटिङ्ग

यस्तो हुन्छ करिश्माको ह्याण्ड राइटिङ्ग

करिश्मा मानन्धरको स्कूल युनिफर्मको कहानी

करिश्मा मानन्धरको स्कूल युनिफर्मको कहानी

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?