करिश्मा मानन्धर भर्सन–टू

करिश्मा मानन्धरको पुनः औपचारिक शिक्षा

करिश्मा मानन्धरको पुनः औपचारिक शिक्षा
+
-

काठमाडौँ – कक्षा ७ मा अध्ययन गर्दागर्दै छोडेको भएर ४ महिना एकै जना शिक्षकले उनलाई पढाए। उनी दिनभरि एउटै शिक्षकसँग ८ विषय पढ्थिन। उनका क्लासमेट कोही थिएनन्।

कक्षा ८ बाट उनी नियमित विद्यार्थी भएर अरुसँगै बसेर पढ्न थालिन्। ‘मेरो क्लासमेटलाई म त्यहाँ पढ्छु भन्ने थाहा थियो’ उनी कक्षामा सजिलै एडजस्ट भइन्।

त्यो समय अलि फरक अनुभव भयो, कक्षामा एकदमै हल्ला थियो। स्कूल शान्त त हुने नै भएन। ‘धेरै हल्ला भएपछि मलाई निन्द्रा लागेको जस्तो हुन्थ्यो, पछि पछि म त्यसलाई एडप्ट गर्दै गएँ।’ उनको कक्षामा २२ जना विद्यार्थी छन्।

मनपर्ने विषय


करिश्मालाई स्वास्थ्य जनसंख्या तथा वातावरण विषय एकदमै मनपर्छ। सामाजिक शिक्षा पनि उनलाई मन पर्ने विषय हुन्। उनी आफूलाई प्रकृति प्रेमी ठान्छिन्। उनको घरको वरपर पनि त्यस्तै किसिमको वातावरण छ।

‘मलाई आफ्नो देशको कला संस्कृति, वातावरण, जनसंख्या, भूगोलको बारेमा कुराकनी गर्न, जान्न धेरै नै मजा लाग्छ। स्वास्थ्यको बारेमा त म सधैँ नै कन्सियस हो।’

अनि गणित र विज्ञान असाध्यै गारो लाग्ने विषय। हरेक साँझ ७ बजे उनलाई कोचिङ्ग पढाउन टिचर आइपुग्छन्। अनिवार्य गणित, विज्ञान र एच्छिक गणितको कक्षा लिन्छिन्।

‘पास गर्न त पर्‍यो, तर भएन भने पनि म अर्को वर्ष प्रयास गर्छु।’

उनी निर्दोष विद्यार्थी भएर बोल्दै थिइन्, ‘म्याथको चाहिँ एउटा प्रश्न सुल्झाउन सकियो भने के के न उपहार पाएको जस्तो हुने रहेछ।’ यति भन्दा उनको हात चलेका थिए, अनुहारले खुशी छरेको थियो।

म्याथमा पनि अलजेब्रा सारै गारो छ रे, ‘अलि अलि बुझिरहेको छु जस्तो लाग्छ।’

मनपर्ने शिक्षक


उनलाई मन पर्ने शिक्षक विद्यालयका प्रिन्सिपल वाङ्देन लामा हुन्। सरसँग डर पनि लाग्छ रे, ‘उहाँले कुट्नु हुँदैन तर मनमा बिझ्ने गरी भन्नुहुन्छ।’

उनी अरु शिक्षकलाई सम्झन थालिन्, ‘मलाई विज्ञानको शिक्षक पनि मन पर्छ, सुप्रिया म्याम पनि।’

(देश सञ्‍चारकी सुजाता खत्री र झरना राईले करिश्माको एक दिनको पूरै दैनिकी नियालेका छन् । हामीले  करिश्माका विविध गतिविधिका सामग्रीहरु लिङ्कअप गर्दै जानेछौँ । बेलुका ६ बजे करिश्माको पूरै दैनिकी समेटिएको भिडियोसहितको स्टोरी आउनेछ ।)

सबै तस्बिरहरु : झरना राई/देश सञ्‍चार

 

यो पनि पढ्नुहोस्

करिश्मा मानन्धर भर्सन–टू

करिश्मा मानन्धर भर्सन–टू

यस्तो हुन्छ करिश्माको ह्याण्ड राइटिङ्ग

यस्तो हुन्छ करिश्माको ह्याण्ड राइटिङ्ग

करिश्माबारे विनोद मानन्धर–उनी त छोरी कविता जस्तै लाग्छ

करिश्माबारे विनोद मानन्धर–उनी त छोरी कविता जस्तै लाग्छ

करिश्माका बेञ्च पार्टनरका कुरा

करिश्माका बेञ्च पार्टनरका कुरा

करिश्मा मानन्धरको स्कूल युनिफर्मको कहानी

करिश्मा मानन्धरको स्कूल युनिफर्मको कहानी

करिश्माका प्रिन्सिपल भन्छन्, ह्याण्ड राइटिङ्ग सुधार्नुस् !

करिश्माका प्रिन्सिपल भन्छन्, ह्याण्ड राइटिङ्ग सुधार्नुस् !

अनि करिश्मा मानन्धर घर फर्किन्… (भिडियोसहित)

अनि करिश्मा मानन्धर घर फर्किन्… (भिडियोसहित)

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?