असजिलो छिचोलेर तय गरेको बाटो

एसइई परीक्षाकेन्द्रमा बोल्ड एन्ड ब्युटिफुल करिश्मा मानन्धर (फोटो कथा)

एसइई परीक्षाकेन्द्रमा बोल्ड एन्ड ब्युटिफुल करिश्मा मानन्धर (फोटो कथा)
+
-

काठमाडौँ– ‘केही पाउन केही गुमाउनु पर्छ रे।’ हुर्कँदै जाँदा जीवनको विभिन्न अध्यायमा लक्ष्य निर्धारण भएका हुन्छन्।

१४ वर्षकी हुँदा करिश्मा मानन्धरले जानी नजानी ‘सन्तान’ चलचित्रमा काम गरिन्। ‘रहर कि लक्ष्य’ त्यति छुट्याउने परिपक्वता नै आएको थिएन। हुन पनि १४ वर्षे चुलबुले बालिकाले त्यति गहिरिएर सोच्छन् की सोच्दैनन् होला ?

काममा लागिन्, पढाइ छुट्यो।

चाहेको कुरा सबै कहाँ पाइन्छ र, तर भनिन्छ ‘प्रयास’ गर्ने हो। केही पाउनलाई प्रयास गर्दा केही गुम्छ, सबै चिज हामीसँग एकैपल्ट जान सक्दैनन्। करिश्माले करियरलाई अगाडि लगिन्, पढाइ बिचमा नै अड्कियो।

तर,

उमेरले ४० काटेपछि उनलाई स्कूल जान मन लाग्यो जुन कुरा संभव लागेको थिएन। ‘सपनामा त्यो स्कूले बच्चाले धेरै पच्छ्यायो, स्कूल गएको बेञ्चमा बसेको, परीक्षा दिएको।’

करिश्माले दुनियाँ देखिन्। नेपालमा चलेको हिरोइन् भइन्, सन् २०१० बाट केही वर्षको अमेरिका बसाइ। राजनीतिक संलग्नता। तर स्कूल जाने मोह भने छुट्नै सकेन। उनले यो भावना साथी गोबिन्द राईसँग साटिन्।

सम्भव भयो,

करिश्माले विद्यालयमा नै गएर पढ्ने मनसाय बनाएकी थिइन्। त्रिवेणी पब्लिक स्कूल मैतिदेवीमा उनी भर्ना भइन्। जहाँबाट पढाइ छुटेको थियो, त्यहीबाट निरन्तरता पायो। कक्षा ७ हुँदा छुटेको पढाइ फेरि सुरु भयो।

‘पार्टिमा आवद्ध भएपछि गाउँ गाउँ पुग्ने मौका पाएँ, महिला अशिक्षाको कारणले पछि परेको जस्तो लाग्यो। सरकार, गैरसरकारी संस्थाले पनि जनचेतना फैलाउने काम गरिरहेका छन्। तर मलाई विद्यालय जानुपर्छ भन्ने सन्देश पनि दिनु छ र आफूलाई पनि पढ्नु थियो।’

र त्यो दिन आयो,

अभिनेत्री करिश्मा मानन्धर एसइईको परीक्षा दिन चैत १० गते आइतबार राजधानीस्थित डिल्लीबजारको विजय स्मारक माध्यमिक विद्यालयमा पुगेकी थिइन्। परीक्षा राम्रो गर्नुपर्ने दबाब त उनलाई छ नै तर पनि भनिन्, ‘मलाई परीक्षामा उत्तिर्ण मात्र भए हुन्छ।’ उनले उत्कृष्ट हुन एसइई नदिएकोे बताइन्। उनले भनिन्, ‘आत्तिनु पर्ने जरुरी छैन, तयारी राम्रै गरेकी छु।’

परिक्षाकेन्द्रमा मिडियासँग कुरा गर्दै करिश्माले भनिन्, ‘डाक्टर भट्टराईले हिजो फोन गरेर राम्रोसँग सुत्नुस् है भन्नुभएको थियो, सायद उहाँलाई पनि सुत्न अप्ठेरो नै भएको थियो होला। जति नै तयारी गरेपनि डर चाहिँ लाग्दो रैछ।’

‘कुनै पनि काम कुरा असम्भव छैन भनेर अनुभव गर्दैछु। अरु त सामान्य प्रक्रिया हो,’ आत्मविश्वासी करिश्मा भन्छिन्, ‘कुनै पनि काममा लागि पर्दापर्दै अगाडि बढ्ने हो। मैले कलाकारितामा आफूले गर्न सक्ने गरेको छु। अहिलेलाई एसइई छ, त्यसपछि केही अवश्य गर्छु होला।’

यो पनि पढ्नुहोस्

करिश्मा मानन्धरले तय गरेको स्कूल यात्राको महत्वपूर्ण खुड्किलो, एसइइ

करिश्मा मानन्धरले तय गरेको स्कूल यात्राको महत्वपूर्ण खुड्किलो, एसइइ

करिश्मा मानन्धर भर्सन–टू

करिश्मा मानन्धर भर्सन–टू

यस्तो हुन्छ करिश्माको ह्याण्ड राइटिङ्ग

यस्तो हुन्छ करिश्माको ह्याण्ड राइटिङ्ग

करिश्माका प्रिन्सिपल भन्छन्, ह्याण्ड राइटिङ्ग सुधार्नुस् !

करिश्माका प्रिन्सिपल भन्छन्, ह्याण्ड राइटिङ्ग सुधार्नुस् !

करिश्माबारे विनोद मानन्धर–उनी त छोरी कविता जस्तै लाग्छ

करिश्माबारे विनोद मानन्धर–उनी त छोरी कविता जस्तै लाग्छ

अनि करिश्मा मानन्धर घर फर्किन्… (भिडियोसहित)

अनि करिश्मा मानन्धर घर फर्किन्… (भिडियोसहित)

करिश्मा मानन्धरको पुनः औपचारिक शिक्षा

करिश्मा मानन्धरको पुनः औपचारिक शिक्षा

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?