करिश्माको नतिजा सार्वजनिक भएपछि प्रिन्सिपलले भने, ‘मलाई उनीप्रति विश्वास थियो’

करिश्माको नतिजा सार्वजनिक भएपछि प्रिन्सिपलले भने, ‘मलाई उनीप्रति विश्वास थियो’
+
-

काठमाडौँ– अभिनेत्री करिश्मा मानन्धरले एसईइ परीक्षामा ३ जिपिए ल्याएर उत्तीर्ण गरेकी छन्। परीक्षा नतिजा सार्वजनिक भएपछि उनका गुरुले भने आफू अचम्मित नभएको प्रतिक्रिया दिएका छन्।

करिश्मालाई नजिकबाट नियाल्ने उनका गुरु हुन्, वाङ्देन लामा। त्रिवेणी पब्लिक स्कूलका प्रिन्सिपलले पहिलो पल्ट करिश्मा स्कूलमा भर्ना हुन जाँदा यति लगनशीलता देखाउनेमा विश्वास गरेका थिएनन् तर पछि करिश्मामा भएको स्थायित्वले उनको सोचाइ परिवर्तन बनायो।

नतिजा सार्वजनिक भएपछि देशसञ्चारसँग कुराकानी गर्दै लामाले भने, ‘उहाँले जुन प्रयास र दुख गर्नुभएको छ, उहाँको स्थीरताको यो परिणाम हो। उहाँले नतिजाले ‘म सर्प्राइज भइन’ मलाई उहाँले गर्नुहुन्छ भन्ने विश्वास थियो।’

 

करिश्माले एसएलसी नतिजा आएपछि  ‘सरकारी क्याम्पसमा व्यवस्थापनको अध्ययन गर्छु’ भनेकी  छन्।

करिश्माको उत्तरोत्तर प्रगतिको कामना गर्दै लामाले भने, ‘यो उहाँको अर्कै प्रकारको प्रयास हो, जुन सराहनीय छ। उहाँलाई जसजसले प्रेरणा दियो सबैलाई धन्यवाद।’ यो वर्ष २३ जनाले त्रिवेणी पब्लिक स्कुलबाट एसईई दिएका थिए।

एसइईको परिक्षा दिँदै गर्दा अभिनेत्री करिश्मा

मानन्धरले भनेकी थिइन्, ‘मलाई बोर्ड फस्ट हुनु छैन। मात्र पास हुन पाए भयो।’ १५ वर्षकै उमेरमा कलाकारिता क्षेत्रमा पाइला राखेपछि छुटेको उनको स्कूले जीवनलाई उनले फेरी अनुभव गरेर पढाइ पूरा गर्न खोजेकी थिइन्। आज त्यो रहर पूरा भएको छ।

‘मैले काममा नाम पाए, दाम पनि कमाए। घर बस्यो, सन्तान हुर्किए। अब मैले मेरा सपना पूरा गर्न चाहेँ। अहिलेलाई मेरो सपना मलाई सपनामा पच्छ्याईरहने स्कूले केटी फेरि बन्नु हो।’ देशसञ्चारसँगको कुराकानीमा केही समय अगाडि मानन्धरले भनेकी थिइन्, ‘मलाई प्राइभेट भन्दा पनि विद्यालयको बेञ्च डेस्कमा नै गएर यो अनुभव गर्नु थियो। धेरै प्रयास गरेपछि सम्भव भयो।’

सुरुमा जब उनी विद्यालय गएको खबर बाहिरियो, सबैले उनलाई प्रचारबाजी गरेको भन्दै आरोप लगाए। तर नपत्याउने जतिलाई उनले प्रमाणित गरेर देखाइदिइन्। उनले देखाइदिइन्, ‘उमेर मात्र सङ्ख्या हो, पढ्नलाई कहिलेपनि ढिला हुँदैन।’ करिश्माका श्रीमानले पनि सुरुमा कक्षा १० सम्म स्कूल गएर पढ्छिन् भनेर विश्वास नै गरेका थिएनन्। तर जब करिश्माको स्कूल नियमित भयो, तब सबै अनुमान गलत भए।

 

करिश्माका साथी गोविन्द राई उनको यो यात्राका महत्वपूर्ण पात्र हुन्। उनले नै करिश्मालाई मैतीदेवीको त्रिवेणी पब्लिक स्कूलमा भर्ना हुन सहयोग गरेका थिए, यस्तै करिश्माले विद्यालयमा सहजीकरण गर्ने विद्यालयका प्रधान्याध्यापक वाङ्देन लामा र सुप्रिया म्यामलाई पनि धेरै धेरै धन्यवाद दिएकी थिइन्। उनलाई कक्षाका साथीले पनि कक्षा आठ पढ्दासम्म बाहिर नभनेर सहयोग गरे।

नेपालको सिनेमा क्षेत्रमा राज गरेर एक किसिमको पहिचान बनाएकी मानन्धरले ४० कटेपछि पनि उस्तै जोश र जाँगरका साथ विद्यालयमा पढ्न जानु र त्यति नै आत्मविश्वासका साथ परिक्षा हलसम्म पुग्नु सानो प्रयास भने होइन। काममा जस्तै बोल्ड भएर परीक्षाहल पुगेकी करिश्मा परीक्षा केन्द्र डिल्लीबजारको बिजय स्मारक माध्यमिक विद्यालय पुग्दा पनि बोल्ड नै देखिइन्।

यो पनि पढ्नुहोस्

करिश्माका प्रिन्सिपल भन्छन्, ह्याण्ड राइटिङ्ग सुधार्नुस् !

करिश्माका प्रिन्सिपल भन्छन्, ह्याण्ड राइटिङ्ग सुधार्नुस् !

करिश्मा ३ जीपीएसहित उत्तीर्ण

करिश्मा ३ जीपीएसहित उत्तीर्ण

अभिनेत्री करिश्माले कुन-कुन विषयमा कति ल्याइन्?

अभिनेत्री करिश्माले कुन-कुन विषयमा कति ल्याइन्?

अभिनेत्री करिश्मा मानन्धरले भनिन्, ‘घरी घरी फोन बज्दा कस्तो हुन्छ’

अभिनेत्री करिश्मा मानन्धरले भनिन्, ‘घरी घरी फोन बज्दा कस्तो हुन्छ’

करिश्मा मानन्धर भर्सन–टू

करिश्मा मानन्धर भर्सन–टू

करिश्मा मानन्धरले तय गरेको स्कूल यात्राको महत्वपूर्ण खुड्किलो, एसइइ

करिश्मा मानन्धरले तय गरेको स्कूल यात्राको महत्वपूर्ण खुड्किलो, एसइइ

एसइई परीक्षाकेन्द्रमा बोल्ड एन्ड ब्युटिफुल करिश्मा मानन्धर (फोटो कथा)

एसइई परीक्षाकेन्द्रमा बोल्ड एन्ड ब्युटिफुल करिश्मा मानन्धर (फोटो कथा)

… अनि नम्बर वान् हिरोइन ‘आम करिश्मा’ बनिन्

… अनि नम्बर वान् हिरोइन ‘आम करिश्मा’ बनिन्

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?