पशुपति–पूरी विवादमा पूरी शंकराचार्यले भने–हाम्रो कुनै संलग्नता छैन

पशुपति–पूरी विवादमा पूरी शंकराचार्यले भने–हाम्रो कुनै संलग्नता छैन
+
-

काठमाडौँ – भारतमा रहेको गोवर्द्धनमठ पुरीपीठले पशुपतिनाथको मर्यादालाई विवादमा ल्याउने नियतसहित भएका पछिल्ला गतिविधिमा आफ्नो कुनै पनि रुपमा संलग्नता नरहेको स्पष्ट पारेको छ।

पशुपति क्षेत्रमा गोवर्द्धनमठबाट ल्याइएका जगन्नाथको प्रतिमा प्रतिष्ठा गर्ने प्रयास भएपछि त्यसले विवादको रुप लिएको थियो । आफूलाई गोवर्द्धनमठको आधिकारिक व्यक्ति तथा गोवर्द्धनमठका पीठाधीश श्रीमज्जगद्गुरु शंकराचार्यको प्रतिनिधि बताउने डा. सिद्धार्थ साहूले जगन्नाथको प्रतिमा पशुपतिमा प्रतिष्ठा गर्नका लागि नेपालका विभिन्न अधिकारीसँग छलफल गरेका थिए ।

तर यो विषय विवादित बनेपछि विश्व हिन्दू महासंघकी महासचिव अस्मिता भण्डारीले आधिारिकता के हो भन्ने जिज्ञाशा भारतको ओडिशा स्थित पूरीपीठसँग राखेकी थिइन् । त्यसको जवाफमा पुरीपीठका पीठाधिश गुरु शंकराचार्यले पशुपति क्षेत्रमा जगन्नाथको प्रतिमा प्रतिष्ठा गर्ने कल्पना पनि पीठले नगरेको स्पष्ट पारेका हुन् ।

शंकराचार्यले महासचिव अस्मिता भण्डारीलाई सम्बोधन गरेर लेखेको पत्रमा जगन्नाथको प्रतिमा प्रतिष्ठा गर्ने बारे आफ्नो पीठले नसोचेको र यसमा आफूहरुको कुनै पनि तहमा आधिकारिक संलग्नता नरहेको स्पष्ट पार्ने र सो कुरा सम्बद्ध सबै सरकारी तथा सरोकारावाला निकायलाई गराउन आग्रह गरिएको छ ।

तर पीठको आधिकारिक व्यक्ति बताउने डा. सिद्धार्थ साहूले जगन्नाथको प्रतिमा प्रतिष्ठा गर्ने बारे विभिन्न समयमा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप ढकाल तथा सदस्य अर्जुन बास्तोला सहितलाई भेट गरेका थिए ।

यसकै प्रयास स्वरुप पशुपति क्षेत्रमा शनिबार र आइतबार दुई दिने ‘कर्मकाण्ड’ सम्मेलन तथा जगन्नाथ प्रतिमा प्रतिष्ठा कार्यक्रम भएको थियो । कार्यक्रम विवादित भएपछि पशुपतिनाथका मूल भट्टले त्यसको बहिस्कार गरेका थिए । शनिबार सम्मेलनको उद्घाटनमा उनी गएनन् ।

आइतबार कार्यक्रम समापन मूल भट्टबाट हुने भनी आयोजक पाकिस्तानको ‘सेभ शारदा कमिटी’, पशुपति क्षेत्र विकास कोष र श्रृंगेरी तथा पुरी शंकराचार्य पीठसँग आवद्ध केही व्यक्तिहरुको नामबाट जारी सूचना लगत्तै कोषका पूर्व पदाधिकारी र स्थानीय केही धार्मिक संस्थाहरुको पशुपति क्षेत्र गुरुयोजनामा उल्लेख भएको काम बाहेक अरु निर्णय र प्रतिमा प्रतिष्ठा हुन नसक्ने भनेपछि आयोजकहरुले जगन्नाथ पुरीबाट ल्याइएका तीन प्रतिमा मूल भट्टहरुको निवासमा राख्ने गरी बुझाएका थिए।

कर्मकाण्ड सम्मेलनमा जगन्नाथ पूरीका मुल पुरोहित भनिएका जनार्जन पट्टा जोशी महापात्रा सहभागी थिए।

तर पशुपतिको तस्बिर खिच्ने तथा जगन्नाथको प्रतिमा प्रतिष्ठा गर्ने कार्य ‘विधर्मी नियत’ का साथ गरिएको भन्दै विरोध भएको हो । उनीहरुले यस्तो गतिविधिमा संलग्नलाई कारवाही गर्न माग गरेका छन् ।

पशुपति क्षेत्रको पुरातत्व महत्वलाई असर गर्ने गरी तथा गुरुयोजना र प्राचिन स्मारक ऐन विपरित कुनै पनि मूर्ति हटाउन वा प्रतिष्ठा गर्न नपाइने उनीहरुको भनाई छ ।

पशुपति क्षेत्र विकास कोषका सदस्य डा. अर्जुन बास्तोलाले शंकराचार्य मठसँग समन्वय नगरी आएको देखिएकाले जगन्नाथको प्रतिमा प्रतिष्ठा नगर्ने निर्णय भएको बताएका छन् ।

कार्यक्रमको आयोजना जगन्नाथ गवेषणा प्रतिष्ठानले गरेको र उसले पूरी मठसँग समन्वय नगरेको देखिएको  बास्तोलाले दाबी गरे । उनले भने, ‘जगन्नाथका मूल भट्ट र पूरी मठबिच समन्वय भएको रहेनछ ।’ तर उनी आफै केही सयम पहिले पूरी गएका थिए र त्यहाँबाट आएपछि सो कार्यक्रमको तयारी भएको थियो ।

पशुपति–पूरी विवादबारे आइतबार एक कार्यक्रमको क्रममा पशुपति क्षेत्र विकास कोषका पूर्व कोषाध्यक्ष नरोत्तम वैद्यले संस्कृति मन्त्री योगेश भट्टराईकै अगाडि प्रश्न गरेका थिए ।

जवाफमा मन्त्री भट्टराईले पशुपतिनाथ सबै नेपालीको आस्था र विश्वासको केन्द्र रहेकाले त्यसको मर्यादा विपरितका कार्य स्वीकार्य नहुने बताएका थिए । तर उनले पछिल्लो कार्यमा संलग्नहरुलाई कारवाही गर्ने प्रतिवद्धता भने जनाएका छैनन् ।

यो पनि पढ्नुहोस्

पशुपति-पुरी विवाद चर्कियो, छानबिनको माग

पशुपति-पुरी विवाद चर्कियो, छानबिनको माग

आन्दोलनको चेतावनीपछि पशुपतिमा पुरीबाट ल्याएको  जगन्नाथको प्रतिमा प्रतिस्थापन गर्ने कार्यक्रम रद्द

आन्दोलनको चेतावनीपछि पशुपतिमा पुरीबाट ल्याएको जगन्नाथको प्रतिमा प्रतिस्थापन गर्ने कार्यक्रम रद्द

पशुपतिका मुलीहरुद्वारा नै पशुपतिको अपमान

पशुपतिका मुलीहरुद्वारा नै पशुपतिको अपमान

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?