साप्ताहिक कोभिड विश्लेषण (मार्च ७-१३)

नेपालमा सकिँदै कोरोना कहर

नेपालमा सकिँदै कोरोना कहर
+
-

आदरणीय पाठकवर्ग, “नेपालमा कोभिड प्यान्डेमिकको एक झलक: साप्ताहिक विश्लेषण” को यस शृंखलाका गएका अंकहरुमा नेपालमा प्यान्डेमिकको प्रभावका बारेमा विभिन्न तथ्यांकहरुको आधारमा विश्लेषण गरेर हेरिएको थियो।

हाल विश्वमा प्यान्डेमिकको लहर क्रमश: ओरालो लाग्दै गइरहेको अवस्थामा नेपालमा पनि कोरोना संक्रमण निकै कम हुँदै गइरहेको छ। यसै परिप्रेक्ष्यमा गएका केही अंकहरुमा नेपालमा प्यान्डेमिकको प्रभावका साथसाथै पछिल्लो अवस्थामा दक्षिण एसिया र विश्वमै प्यान्डेमिकको प्रभाव कस्तो भइरहेको छ भनी विश्लेषण गरी पस्किएको थियो। यसै क्रममा यस अंकमा विश्वमा र दक्षिण एसियामा प्यान्डेमिकको स्थिति पछिल्लो अवस्थामा (गतहप्ता) के कस्तो रह्यो अझै विस्तृतमा विश्लेषण गरिएको छ।

गतहप्ताको पछिल्लो समय, मार्च १० का दिनसम्ममा विश्वमा जम्मा ११७३३२२६२ (करिब पाैने बाह्र करोड)लाई यो संक्रमण लागिसकेको छ भने २६०५३५६ (छब्बीस लाखभन्दा धेरै)मानिसले यसैका कारण आफ्नो ज्यान गुमाइसकेका छन्।

गत हप्ताभन्दा अगाडिको हप्ता अर्थात मार्च ३ सम्म यी संख्याहरु क्रमश: ११४४१७७७८ र २५४४६४५ थिए। त्यस अर्थमा गतहप्ता दुई हप्ताभन्दा अघिको दाँजोमा जम्मा २९१४४८४ नयाँ संक्रमित थपिए भने मृत्युको हकमा गत हप्ता त्यो भन्दा अघिको हप्ताको दाँजोमा ६०७११ नया मृत्यु थपिए। अर्थात् गतहप्ताको संक्रमण वृद्धि दर २.५४% र मृत्यु वृद्धि दर २.३८% रह्यो। फेब्रुअरी २५ देखि मार्च ३ को साता विश्वमा जम्मा २६४१३८४ जना नया संक्रमित थपिए।

फेब्रुअरी २५ सम्म विश्वमा जम्मा संक्रमित १११७७६३९४ थिए जस अनुसार त्यस साताको साप्ताहिक संक्रमण वृद्धिदर २.३६%थियो। सामान्यतयायी दरहरु जति कम भयो उति राम्रो हो र १% भन्दा कम भएमा त्यसलाई प्यान्डेमिक केही नियन्त्रित मानिन्छ। त्यस्तै फेब्रुअरी २५ देखि मार्च ३ को साता जम्मा ६१६०१ जना नया मृत्यु थपिए। फेब्रुअरी २५ सम्म विश्वमा जम्मा मृत्यु २४८३०४४ थिए जस अनुसार त्यस साताको साप्ताहिक मृत्युवृद्धि दर २.४८% थियो।माथिका तथ्यांकहरुले के देखाउँछ भने पछिल्लो समय विश्वको संक्रमण वृद्धि दर केही बढ्न खोजेको छ भने मृत्यु वृद्धि दर केही घटेको छ। यस तथ्यलाई चित्र न. १ ले पनि पुष्टि गर्दछ।

विश्वमा पछिल्लो समयमा कोरोना प्यान्डेमिकको लहर अर्थात् प्रवृति कस्तो रह्यो चित्र न. १ मा देखाइएको छ । चित्रमा विगत ४१ दिन अर्थात् फेब्रुअरी १ देखि मार्च १३ सम्मको दैनिक संक्रमण र दैनिक मृत्युको तथ्यांक र प्रवृति देखाइएको छ। चित्रमा देखाइए जस्तै विश्वको जम्मा दैनिक संक्रमण र दैनिक मृत्यु क्रमश: घट्दै जाने क्रममा छन् जुन राम्रो समाचार हो । घट्दै जाने क्रम या दर चित्रमा देखाइए जस्तै दैनिक संक्रमणको भन्दा दैनिक मृत्युको अझै तीव्र देखिन्छ। अर्थात दैनिक संक्रमणभन्दा दैनिक मृत्यु अझै तीव्र गतिले झर्दै गएको छ।

विगत करिब दुई महिनादेखि विश्वको दैनिक संक्रमण र मृत्यु घट्दै जाने क्रममा रहेको देखिन्छ। तर पछिल्लो समय अर्थात् विगत करिब २ हप्तादेखि दैनिक संक्रमण चित्रमा देखाइए जस्तै फेरि केही बढ्ने क्रममा रहेको देखिन्छ । दैनिक मृत्युको प्रवृत्ति भने घट्ने क्रममै देखिए तापनि चित्रमा देखाइए जस्तै यसको पनि घट्ने क्रम या दर दुई हप्ता अगाडिको भन्दा केही कम देखिन्छ । यसरी विश्वमा बिगत करीब दुई हप्तादेखि दैनिक संक्रमण र दैनिक मृत्युमा देखिन थालेको केही वृद्धि कोरोना प्यान्डेमिककोअर्को लहरको सूचक पनि हुन सक्दछ।

पछिल्लो अवस्थामा विश्वमा फेरि दैनिक नयाँ संक्रमण बढ्नुमा दक्षिणपूर्बी यूरोप र Eastern Mediterranean(दक्षिण यूरोप , पश्चिम एसिया र उत्तरी अफ्रिकाका समूह)को भूमिका सबैभन्दा धेरै देखिन्छ। त्यहाँ फेब्रुअरीको दोस्रो हप्तादेखि दैनिक संक्रमण केही बढ्दै गएको देखिन्छ। त्यहाँ फेब्रुअरीको दोस्रो हप्तातिर दैनिक १७००० देखि १८००० नया संक्रमण देखिन्थे भने हाल दैनिक ३५००० देखि ३७००० सम्म दैनिक नयाँ संक्रमण देखिन थालेको छ।

हाल पूर्बी यूरोपका कोरोना संक्रमण बढिरहेका देशहरुमा सर्बिया, युक्रेन, हंगेरी, बुल्गेरिया,अल्बानिया, उत्तरी म्यासेडोनिया, बोस्निया हर्जगोभिना, इस्टोनिया आदि पर्छन् भने Eastern Mediterraneanमा टर्की, इजरायल, लेबनान, जोर्डन, ग्रिस आदि देशहरु पर्दछन्। त्यस्तै केही पश्चिमी यूरोपेलीदेशहरुमा पनि नया संक्रमण केही बढेको देखिन्छ जस्तै इटाली, पोल्याण्ड, फ्रान्स आदि।

त्यस्तै अमेरिका र ब्राजिलमा पनि पछिल्लो समयमा दैनिक संक्रमण निकै बढेको देखिन्छ भने केही अफ्रिकी देशहरुमा पनि पछिल्लो समयमा नया कोरोना संक्रमण केही बढेको छ। पछिल्लो समयमा ब्राजिलमा एकै दिन ८०००० भन्दा धेरै नयाँ संक्रमण भेटिन थालेको छ जसले गर्दा हालसालै ब्राजिल जम्मा संक्रमितको संख्याको हिसाबले भारतलाई उछिन्दै अमेरिका पछि दोस्रो स्थानमा पुगेको छ। पछिल्लो समयमा ब्राजिलमा विश्वमै सबैभन्दा धेरै दैनिक नयाँ संक्रमण देखिन थालेको छ।

त्यस्तै पूर्वी एसियाका केही देशहरु जस्तै फिलिपिन्स, इन्डोनेसियामा पछिल्लो अवस्थामा नयाँ संक्रमण निकै बढेको देखिन्छ। प्यान्डेमिकको पछिल्लो अवस्थाबाट दक्षिण एसिया पनि अछुतो रहन सकेको छैन। भारतका विभिन्‍न सहरहरुमा हालै नया संक्रमण निकै बढेको पाइएको छ भने पाकिस्तान र बंगलादेशको अवस्था पनि उस्तै देखिन्छ। यसरी पछिल्लो समयमा प्यान्डेमिकले चौतर्फी फेरि हमला गर्न खोजेको हो कि जस्तो देखिन्छ।

दक्षिण एसियाको कुरा गर्दा चित्र नं. २ मा दक्षिण एसियाका सबै देशहरुको बिगत ४१ दिन अर्थात फेब्रुअरी १ देखि मार्च १३ सम्मको दैनिक कोरोना संक्रमण देखाइएको छ। चित्रमा देखाइए जस्तै बिगत ४१ दिनको दैनिक संक्रमणको प्रवृति हेर्ने हो भने भारतको अवस्था राम्रो देखिँदैन ।चित्रमा पहेंलो धनुरेखाले भारतको दैनिक संक्रमणको प्रवृत्ति देखाएको छ। फेब्रुअरीको सुरुवातीमा त्यहाँ दैनिक करीब ११००० जति नया संक्रमण देखिने गरेकोमा पछिल्लो समयमा दैनिक २३००० को हाराहारीमा नया संक्रमित देखिन थालेको छ।

त्यस्तै पाकिस्तान र बंगलादेशको प्रवृति पनि उस्तै देखिए तापनि भारतजत्तिको चाहिँ होइन। फेब्रुअरीको सुरुवातीमा ती देशहरुमा क्रमश: दैनिक करीब १५०० र ४०० नया संक्रमित देखिन्थे भने पछिल्लो समयमा ती देशहरुमा क्रमश: दैनिक करीब २२०० र २००० नया संक्रमित देखिन थालेको छ।

श्रीलंकामा कहिलेकाहिँ दैनिक नया संक्रमण केही घटबढ भए पनि त्यस्तो बढ्दै गएको प्रवृति देखिँदैन भने नेपाल लगायत बाँकी देशहरुमा बिगत ४१ दिनमा दैनिक संक्रमण घट्दै गएको प्रवृत्ति देखिन्छ।

चित्र नं. ३ मा दक्षिण एसियाका सबै देशहरुको बिगत ४१ दिन अर्थात फेब्रुअरी १ देखि मार्च १३ सम्मको दैनिक कोरोना मृत्यु देखाइएको छ । बिगत ४१ दिनको दैनिक मृत्युको प्रवृति हेर्ने हो भने चित्रमा देखाइए जस्तै भारतको दैनिक मृत्यु प्रवृत्ति पनि दैनिक संक्रमण जस्तै बढ्ने क्रममा देखिन्छ । तर त्यहाँ दैनिक मृत्यु प्रवृति दैनिक संक्रमणको जस्तो उच्च गतिको देखिँदैन । चित्रमा पहेंलो धनुरेखाले भारतको दैनिक मृत्यु प्रवृत्ति देखाएको छ भने निलो धनुरेखाले पाकिस्तानको दैनिक मृत्यु प्रवृत्ति देखाएको छ।

फेब्रुअरीको सुरुवातीमा त्यहाँ दैनिक करीब १०० जति नयाँ मृत्यु देखिने गरेकोमा पछिल्लो समयमा दैनिक १२० को हाराहारीमा नयाँ मृत्यु देखिन थालेको छ। दक्षिण एसियाका अन्य देशहरुमा भने दैनिक मृत्यु केही तलमाथि भए पनि बढ्दै गएको प्रवृति देखिँदैन। नेपाल र माल्दिभ्समा दैनिक मृत्युमा निकै कमी आएको देखिन्छ भने भुटानमा हालसम्म एक जनाको मात्रै कोरोनाका कारण मृत्यु भएको छ । पाकिस्तान, बंगलादेश र श्रीलंकामा भने दैनिक मृत्यु अस्थिर रही निकै घटबढ हुने गरेको देखिन्छ।

चित्र न.४ मा दक्षिण एसियाको बिगत ४१ दिन अर्थात फेब्रुअरी १ देखि मार्च १३ सम्मको जम्मा दैनिक संक्रमण र दैनिक मृत्यु तथा तिनीहरुको प्रवृति  देखाइएको छ। चित्रमा देखाइए जस्तै यस क्षेत्रमा बिगत करीब १ महिनादेखि दैनिक संक्रमणमा क्रमश: वृद्धि हुँदै गएको देखिन्छ। फेब्रुअरीको सुरुवातीमा दक्षिण एसियामा दैनिक करीब १५००० नया संक्रमण देखिने गरेकोमा हाल यो संख्या २८००० भन्दा धेरै देखिने गरेको छ। यसरी दैनिक संक्रमण बढ्दै जाने हो भने यस क्षेत्रमा कोरोना प्यान्डेमिकको नया लहर आउने निश्चित छ । त्यस्तै दक्षिण एसियामा बिगत ४१ दिनको दैनिक मृत्यु प्रवृति हेर्ने हो भने दैनिक संक्रमण जत्तिको उच्च गतिको नभएता पनि चित्रमा देखाइए जस्तै केही बढ्न खोजेको जस्तो देखिन्छ ।

सार्क डिजास्टर म्यानेजमेन्ट सेन्टर (SAARC Disaster Management Center, SDMC) का अनुसार दक्षिण एसियामा गतहप्तामार्च ११ तारिकका दिन सम्म जम्मा १२८७१८०३ जना कोरोना संक्रमित भइसकेका छन् भने १८६००९ जनाले यसैका कारण आफ्नो ज्यान गुमाइसकेका छन् । त्यो भन्दा अगाडिको हप्ता अर्थात् मार्च ४ सम्म यी संख्या हरु क्रमसः १२७२२६०९ र १८४८०४ थिए। त्यस अर्थमा दुई हप्ता अगाडीको तुलनामा गतहप्ता जम्मा १४९१९४जना नया कोरोना संक्रमित र १२०५जना नया मृत थपिए जसको अर्थ हो दक्षिण एसियामा बिगत एक हप्ताको कोरोना संक्रमण वृद्धि दर करीब १.१७% र कोरोना मृत्यु वृद्धि दर ०.६५%रह्यो।दुई हप्ता अगाडिको हप्ता अर्थात् फेब्रुअरी २५ का दिनसम्म जम्मा १२५९६९५० जना संक्रमित थिए भने १८३४३३ जना मृत ।त्यस अर्थमा तीन हप्ता अगाडिको तुलनामा दुई हप्ता अगाडि १२५६५९ जना नया संक्रमित र १३७१ नया मृत थपिएका छन् जसको अर्थ हो दक्षिण एसियामा दुई हप्ता अगाडिको साताको कोरोना संक्रमण वृद्धि दर करीब ०.९९% र कोरोना मृत्यु वृद्धि दर ०.७५% रहेको थियो।

माथि उल्लेख गरिएका तथ्यका अनुसार दक्षिण एसियामा गतहप्ताको जम्मा संक्रमित त्योभन्दा अगाडिको हप्ताको दाँजोमा संक्रमण वृद्धि दर ०.९९% बाट १.१७% मा वृद्धि भयो । तर मृत्यु वृद्धि दर भने ०.७५% बाट ०.६५% मा घट्यो।त्यसको अर्थ मृत्यु दर घटे पनि मृत्यु हुने क्रम जारि छ।यसरी प्यान्डेमिकको बदलिँदो परिस्थितिमा पछिल्लो समय देखिएको दैनिक नया संक्रमण र दैनिक मृत्युमा देखिएको वृद्धिले गर्दा यस प्रति चनाखो भई आवश्यक साबधानी र नियन्त्रणका उपायहरु अपनाउनु आजको आवश्यकता देखिन्छ।

चित्र न.५ मा नेपालको बिगत ४१ दिन अर्थात फेब्रुअरी १ देखि मार्च १३ सम्मको जम्मा दैनिक संक्रमण र दैनिक मृत्यु तथा तिनीहरुको प्रवृति + देखाइएको छ।चित्रमा देखाइए जस्तै नेपालमा दैनिक संक्रमण र दैनिक मृत्यु दुवै क्रमसः घट्दो क्रममा छ । पछिल्लो समय विश्व र दक्षिण एसियामा दैनिक संक्रमण र मृत्युमा वृद्धि देखिएको अवस्थामा नेपालमा भने त्यस्तो प्रवृति हालसम्म देखिएको छैन । त्यसलाई राम्रै अर्थमा लिनु पर्दछ । तर सिंगो विश्व र दक्षिण एसियालाई हेरेर नेपालले पाठ सिक्नु पर्ने देखिन्छ।

जसरी यस वर्षको श्रावणदेखि कार्तिकसम्म कोरोना प्यान्डेमिकको सर्बमहामारीले नेपालमा आक्रान्त पार्योत्यस्तो अवस्था नेपालमा फेरि नआओस् भन्नको लागि अहिले देखिनै फेरि प्यान्डेमिक नियन्त्रणका सम्पूर्ण उपायहरु अपनाउने मात्रै होइन कडाईका साथ लागु गर्नु पर्ने देखिन्छ । दैनिक ब्यबसाय र अर्थिकोपार्जनका क्रियाकलापलाई विशेष अनुशासनका साथ् नियमित गर्नु पर्दछ भने अन्य व्यक्तिगत तथा सामूहिक क्रियाकलापलाई नियन्त्रित तरिकाले अगाडि बढाउनु पर्दछ।

यसै सेरोफेरोमा नेपालमा कोरोना प्यान्डेमिकको साप्ताहिक विश्लेषण गर्ने क्रममा गतहप्ता,सन् २०२१मार्च ७ देखि १३ (बि सं २०७७फाल्गुन २३ देखि २९)जम्मा ७ दिनकोविश्लेषण विभिन्न स्रोतहरुबाट प्राप्त तथ्यांकको आधारमा तल देखाइए बमोजिम प्रस्तुत गरिएको छ।

यसलेखमाउधृतगरिएकातथ्यांकहरुविभिन्नश्रोतहरुबाटलिइएकाहुन्जस्तैनेपालसरकारकोस्वास्थ्यतथाजनसंख्यामन्त्रालय, जोनहोप्किन्सविश्वविद्यालय (John Hopkins University), डब्लू , ओर्ल्ड़ोमिटर (Worldometer), आवर ओर्ल्ड इन डाटा (Our World in Data), सार्क डिजास्टर म्यानेजमेन्ट सेन्टर (SAARC Disaster Management Center, SDMC)आदि। यसलेखकोउद्ध्यश्यकोरोनासम्बन्धीतथ्यांकलाईसहिरुपमापस्की विश्व र नेपालको प्यान्डेमिकको सहि चित्रलाई पाठकवर्ग समक्ष पुर्‍याउनु हो।

गत हप्ता पनि प्यान्डेमिकका तथ्यांकहरु विश्वभरि र नेपालमा पनि उतारचढ़ाव हुने क्रम जारी रह्यो निम्न केही तथ्यांकको आधारमा गएको हप्ता नेपालमा कोरोना प्यान्डेमिकको अवस्था कस्तो रह्यो केही विश्लेषण गरी हेरौं।

दैनिक नयाँ संक्रमण
यो हरेक दिन नेपालमा देखिएका या देखिने नयाँ संक्रमितहरुको संख्या हो। गतहप्तासन् २०२१मार्च ७ देखि १३ (वि.सं २०७७फाल्गुन २३ देखि २९) जम्मा ७ दिनकोनेपालभरिकोदैनिक परिक्षण र नया संक्रमितको संख्या चित्र न.६ मा प्रस्तुत गरिएको छ।

नेपाल सरकारबाट प्राप्त तथ्यांक हेर्ने हो भने गत हप्ता सात दिन,फाल्गुन २९ गते शनिबारसम्म, मा देशभरि जम्मा ५२३ जना नया संक्रमित थपिइ जम्मा संक्रमितको संख्या २७५१७८ पुगेको छ।

त्योभन्दा अगाडिको हप्ता सात दिन, फाल्गुन २२ गते शनिबारसम्ममा देशभरि जम्मा५८७ नया संक्रमित थपिई जम्मा संक्रमितको संख्या २,७४,६५५ पुगेको थियो।त्यस्तै दुई हप्ता अगाडि को हप्ता, फाल्गुन १५ गते शनिबार सम्म, मा ७१४ नया संक्रमित थपिई जम्मा संक्रमितको संख्या २७४०६५ पुगेको थियो।

माथिको तथ्यांकको आधारमा भन्‍ने हो भने नेपालमा विगत तीन हप्तामा साप्ताहिक वृद्धि क्रमश: झर्दै जाने क्रम निरन्तर छ। यसरी नेपालमाबिगत चार महिनादेखि देशभरि जम्मा नयाँ कोरोना संक्रमितको संख्या घट्ने क्रम जारी छ।

त्यस्तै मृत्यु हुनेको संख्या गतहप्ता जम्मा ४ रह्यो भने त्योभन्दा अगाडिको हप्ता ३ र त्यो भन्दा अगाडि हप्ता १० थियो। यसरी नेपालमा दैनिक मृत्युको संख्या भने केही तलमाथि भएको देखिएता पनि हाल दैनिक मृत्यु निकै न्यून छ।

चित्र न.७ ले नेपालको देशभरिको जम्मा दैनिक संक्रमण र काठमाडौँ उपत्यकाको जम्मा दैनिक संक्रमणको तुलनात्मक विश्लेषण देखाएको छ। चित्रमा देखाइए जस्तै काठमाडौँ उपत्यकाको दैनिक संक्रमण समग्र नेपालको करीब ५३% देखिन्छ। त्यसको अर्थ हो काठमाडौँ उपत्यकामा प्यान्डेमिक नियन्त्रणका उपायहरु राज्य तथा व्यक्ति दुवैका तर्फबाट कडाईका साथ लागु गर्नु पर्दछ ।

दैनिक संक्रमण (पोजिटिभिटी) दर(Positivity Rate)

प्यान्डेमिकको मापदण्डहरुमध्ये पोजिटिभिटी दर(संक्रमण दर ) एक सबैभन्दा भरपर्दो मापदण्ड हो जसले परीक्षण गरिएकामध्ये कतिजनामा संक्रमण पोजिटिभ देखियो भन्‍ने देखाउँदछ।

पोजिटिभिटी दरको बारेमा गएका अंकहरुमा बिस्तृत जानकारी गराइसकेको छ। त्यसको लागि कृपया यस शृंखलाका गएका अंकहरु पनि हेर्नु होला।

चित्र न. ८ले नेपालको गतहप्ताको दैनिक संक्रमण दर देखाएको छ। गत हप्ता पनि नेपालको प्यान्डेमिक निरन्तर रुपमा केही तल झर्दै गएको देखिन्छ। गत हप्ता पोजिटिभिटी दर न्यूनतम १.६१% देखि अधिकतम २.९८% सम्म रही साताभरिको औसत पोजिटिभिटी दर२.२०%रह्यो।

दुई हप्ता अगाडिको पोजिटिभिटी दर १.३३%र३.०८%काबीच रही त्यो साताको औसत पोजिटिभिटी दर २.१५% रहेको थियोभने त्योभन्दा अगाडि हप्ता २.४१% र ३.४२% काबीच रही त्यो साताको औसत पोजिटिभिटी दर २.९७% रहेको थियो। यसरी नेपालको दैनिक संक्रमण दर अर्थात् पोजिटिभिटी पनि घट्दै जाने क्रम जारी छ जुन गत तीन हप्ता देखि डब्लू को प्यान्डेमिक नियन्त्रण मापदण्ड भित्र परेको छ।

गतहप्ता देशभरि जम्मा२४०७१ परीक्षण गरियो भने त्योभन्दाअगाडिको हप्ता जम्मा २८३२९र त्योभन्दाअगाडिको हप्ता जम्मा २४०९५परिक्षण गरिएका थिए। यसरी नेपालमा हरेक दिन फरक फरक संख्यामा कोरोना परिक्षण गरिंदै आएको छ र हाल नेपालमा दैनिक औसतमा करीब३४००परीक्षण गरिंदै आएको।

जोन्स हप्किन्स विश्व विद्यालयका अनुसार पछिल्लो समयमा संक्रमण दर (पोजिटिभिटी) सबैभन्दा अधिक भएका दस देशहरु निम्नानुसार देखिन्छन्, मेक्सिको ४५.७७%, परागुए३४.० %,कंगो २९.१४%, इक्वाडोर२८.०३%,अल्बानिया २६.०१ %, सर्बिया २५.८४%, युक्रेन २५.२५%, अर्जेन्टिना २३.९४%, पोल्याण्ड २३.९४%, रबोस्निया हर्जगोविना २२.३६%पर्दछन्।

विश्वका सबैभन्दा उच्च पोजिटिभिटी भएका दस देशहरुको सूचीमा प्राय पुरानै देशहरु पर्ने गरेका छन् केही नया बाहेक। मेक्सिको धरै लामो समयसम्म पोजिटिभिटी सबैभन्दा उच्च भएको देशमा पर्दछ भने अन्य देशहरु त्यस सुचीमा केही तल माथि पर्ने गरेका छन्।

गतहप्ता अर्थात मार्च १३ का दिन सबैभन्दा उच्च पोजिटिभिटी मेक्सिकोको ४०.२६% थियो भने पहिलो दस देशमा सबैभन्दा न्यून पोजिटिभिटी पोल्याण्डको २१.७१% थियो । पछिल्लो समय विश्वकै सबैभन्दा न्यून पोजिटिभिटी भएका देश हरुमा न्युजिल्यान्ड, भुटान, अस्ट्रेलिया, जमाइका,स्वीडेन, सिंगापुर आदि पर्दछन्।

त्यस्तै पछिल्लो समय दक्षिण एसियाली र अन्य देशहरुको संक्रमण दर, क्रमसः गत हप्ता र त्यो भन्दा अगाडिको हप्ता, निम्नानुसार देखिन्छ, अमेरिका ५.७४% र४.१४%,जापान १.८९% र२.१४%,बेलायत ०.७३% र०.९५%,श्रीलंका २.९९% र ३.२६%,माल्दिभ्स ३.३५% र ३.६३%,पाकिस्तान ४.२६% र ३.८०%,नेपाल१.८८% र२.३५%,अफ्घानिस्तान ०.९६% र०.९७%,बंगलादेश ३.९८% र ३.५९%,भरात २.२९% र २.२४%र भुटान ०.०१% र ०.००%।

माथि उल्लेख गरिए जस्तै केही देशहरुमा गतहप्ता दुई हप्ताभन्दा अगाडिकोभन्दा पोजिटिभिटी बढेको देखिन्छ भने अन्य देशहरुमा पोजिटिभिटी क्रमसः घट्दै गएको देखिन्छ । यसरी गतहप्ता पोजिटिभिटी बढ्दै गएको देशहरुमा पाकिस्तान, बंगलादेश र भारत पर्दछन्।गतहप्ता दक्षिण एसियामा सबैभन्दा उच्च पोजिटिभिटी पाकिस्तानको ४.२६% रह्यो भने सबैभन्दा न्यून पोजिटिभिटी भुटानको०.०१% ०.००% रह्यो।

दुई हप्ता अगाडि दक्षिण एसियामा सबैभन्दा उच्च पोजिटिभिटी पाकिस्तानकै ३.८०% थियो भने सबैभन्दा न्यून पोजिटिभिटी भुटानको०.००% थियो ।भुटानमा गतहप्ता साताभरिजम्मा १ जना मात्रै संक्रमण भेटियो भने त्यो भन्दा अगाडिको हप्ता साताभरि नया संक्रमण सुन्ना थियो ।त्यस्तै अमेरिकाको पनि पोजिटिभिटी गतहप्ता बढेको पाइयो भने बेलायत र जापानको पोजिटिभिटी भने घटे क्रममा छ।

माथिका तथ्यांकहरुबाट के देखिन्छ भने पछिल्लो समयमाकेही दक्षिण एसियाली देशहरुमा प्यान्डेमिकको अवस्था केही अनियन्त्रित हुँदै गई दैनिक संक्रमण तथा दैनिक मृत्युमा वृद्धि भएको देखिन्छ। नेपालमा भनेगतहप्ताकोआंकडा हेर्दा प्यान्डेमिकओरालो लाग्ने क्रम जारी छ। हरेक हप्ता जम्मा संक्रमितर मृत्युको संख्या क्रमैसंग घट्दै गएको छ।

यस दौरान नेपाल सरकारको पछिल्लो तथ्यांकर जानकारी अनुसार नेपालमा गतहप्ताको पछिल्लो समयसम्म २७५१७८जना मानिसलाई कोरोना संक्रमण भइसकेको छ जसमा समग्रमा करीब ३५% महिला र ६५%पुरुष छन्।पछिल्लो समयमासंक्रमितहरु मध्ये करीब ३०% महिला र ७०%पुरुष छन्। त्यस्तै नेपालमा हालसम्म ३०१४जनाले यसै संक्रमणका कारण ज्यान गुमाईसकेका छन् जसमा करीब ३०% महिला र ७०% पुरुष छन्। नेपालमा हाल जम्मा संक्रमित मध्ये ९८.५७% संक्रमण मुक्त भइसके भने १.१०% को यसै संक्रमणका कारण मृत्यु र ०.३३% मा सक्रिय संक्रमण बाँकि छ । स्मरण रहोस्, नेपाल सरकारले कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या अद्यावधि गर्ने क्रममा गत फाल्गुन १२ गते बुधबारर फाल्गुन १९ गते बुधबारकादिन कोभिड-१९ महामारीको ब्यबस्थापन गरिरहेका निकायहरुको तथ्यांकको आधारमा भनेर मृत्यु हुने को संख्या क्रमसः६१९ र २३३ जना थपेको थियो जसले गर्दा पछिल्लो समयमा नेपालको कोरोना मृत्यु दर १.१०% पुगेको छ।

हालसम्म नेपालमा २२१२७९६जनाको PCR परिक्षण गरिएको छ भने समग्र संक्रमण दर अर्थात् पोजिटिभिटी (Cumulative positivity) १२.५% जति देखिएको छ।

जे होस्, दक्षिण एसियाका केही देशहरुमा पछिल्लो समयमा कोरोना संक्रमण केही बढे तापनि नेपालमा कोरोना प्यान्डेमिक घट्दै जाने क्रम जारी छ। त्यसै अनुरुप जनजीबन पनि सामान्य बन्दै गएको अवस्था छ।

तथ्यांकले जेसुकै देखाए पनि प्यान्डेमिकको यथार्थलाई भुल्ने बेला भइसकेको छैन।विशेष गरी हाल छिमेकी राष्ट्रहरुमा कोरोना संक्रमण दिनानुदिन बढ्दै गएको हुनाले नेपालले कोरोना प्यान्डेमिक लाई नियन्त्रण गर्न र छिमेकबाट संक्रमण आयातित हुनबाट रोक्न सम्पूर्ण प्रयाश गर्नु पर्ने दखिन्छ । नेपाली जनताले पनि प्यान्डेमिकको पछिल्लो यथार्थ बुझी आफ्नोतर्फबाट गर्न सक्ने होशियारी तथा सतर्कता हरपल यथासक्य पालना गर्नु पर्दछ । हरेक व्यक्तिले भौतिक दुरी कायम गर्ने, मास्क लगाउने, हात राम्ररी धुने, अनाबश्यक भिडभाड नगर्ने आदि साबधानीका कुराहरु कडाई का साथ अपनाउनु पर्ने देखिन्छ।

यस शृंखला तथा यस लेख नेपालमा साप्ताहिकरुपमा प्यान्डेमिक हेर्ने ऐनाको रुपमा प्रस्तुत गरिएको छ। यस लेखमा नेपालर विश्वमा प्यान्डेमिकको बारेमा तथ्यांकले जे देखाउंछ त्यही कुरालाई सरल रुपमा प्रस्तुत गरिएको छ। यस लेखमा प्रस्तुत गरिएका कुरालाई कसरी बुझ्ने र लिने आ-आफ्नो बुझाई हो।जे भए पनि प्यान्डेमिक बिरुद्धको हाम्रो लडाईं जारी छ, होशियारीपूर्बक यसको सामना गर्नु नै बुद्धिमानी हुनेछ।

यो पनि पढ्नुहोस्

नेपालमा कोरोना संक्रमण निरन्तर ओरालो लाग्दै

नेपालमा कोरोना संक्रमण निरन्तर ओरालो लाग्दै

नेपालमा कोरोनाको मृत्युदर १ दशमलव १ प्रतिशत

नेपालमा कोरोनाको मृत्युदर १ दशमलव १ प्रतिशत

के नेपालमा कोरोना संक्रमण नियन्त्रित भएकाे हाे?

के नेपालमा कोरोना संक्रमण नियन्त्रित भएकाे हाे?

प्यान्डेमिकको यथार्थ भुल्ने बेला भएको छैन

प्यान्डेमिकको यथार्थ भुल्ने बेला भएको छैन

परीक्षण कम कि संक्रमित?

परीक्षण कम कि संक्रमित?

महामारी नियन्त्रणमा दक्षिण एसियाली देश मध्ये नेपालकाे अवस्था नाजुक

महामारी नियन्त्रणमा दक्षिण एसियाली देश मध्ये नेपालकाे अवस्था नाजुक

तथ्यांक हेरेर दंग पर्ने कि वास्तविकता केलाउने?

तथ्यांक हेरेर दंग पर्ने कि वास्तविकता केलाउने?

साबधानीहरु अपनाइरहनु आवश्यक

साबधानीहरु अपनाइरहनु आवश्यक

होसियारीपूर्वक प्यान्डेमिकको सामना गर्नु बुद्धिमानी

होसियारीपूर्वक प्यान्डेमिकको सामना गर्नु बुद्धिमानी

के नेपालमा कोभिड प्यान्डेमिक ओरालो लागेको हो?

के नेपालमा कोभिड प्यान्डेमिक ओरालो लागेको हो?

प्यान्डेमिक बिरुद्धको लडाइँ जारी नै छ

प्यान्डेमिक बिरुद्धको लडाइँ जारी नै छ

‘कोरोनाको जति परीक्षण कम हुन्छ,त्यति नै प्‍यान्डेमिक पत्ता लगाउन गाह्रो हुन्छ’

‘कोरोनाको जति परीक्षण कम हुन्छ,त्यति नै प्‍यान्डेमिक पत्ता लगाउन गाह्रो हुन्छ’

‘नेपालले कोरोनाको प्यान्डेमिक नियन्त्रण राम्ररी गर्न सकेको छैन’

‘नेपालले कोरोनाको प्यान्डेमिक नियन्त्रण राम्ररी गर्न सकेको छैन’

नेपालमा परीक्षण बढाउनु नै जोखिम नियन्त्रणको उपाय

नेपालमा परीक्षण बढाउनु नै जोखिम नियन्त्रणको उपाय

संक्रमित घटे पनि ज्यान गुमाउने बढ्दै छन्

संक्रमित घटे पनि ज्यान गुमाउने बढ्दै छन्

कोरोनासँग अल्झेर बस्नु हुन्न

कोरोनासँग अल्झेर बस्नु हुन्न

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?