भेनेजुएलामा राजनीतिक संकट

स्वघोषित अन्तरिम राष्ट्रपतिको प्रतिक्रिया–गृह युद्धको सम्भावना छैन

स्वघोषित अन्तरिम राष्ट्रपतिको प्रतिक्रिया–गृह युद्धको सम्भावना छैन
+
-

भेनेजुएलाका विपक्षी नेता तथा आफैलाई देशका अन्तरिम राष्ट्रपति घोषित गरेका क्आन गुएडोले अहिलेको राजनीतिक संकटले गृह युद्धको रुप लिने सम्भावना नरहेको बताएका छन् ।

राष्ट्रपति निकोलश मादुरोले दबाब कायम रहे अहिलेको राजनीतिक अस्थिरताले गृह युद्धको रुप लिने भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चेतावनी दिएका थिए ।

राष्ट्रपति मादुरोले आफ्नो देशका आन्तरिक मामिलामा हस्तक्षेप गरेमा र त्यसबाट युद्धको अवस्था आएमा ल्याटिन अमेरिकामा भियतनाम युद्ध दोहोरिने भन्दै ट्रम्पलाई चेतावनी दिएका थिए ।

मादुरोको चेतावनीको प्रतिक्रियामा स्वघोसित अन्तरिम राष्ट्रपति तथा विपक्षी नेता गुएडोले गृह युद्धको कुनै सम्भावना नरहेको बताएका हुन् । गुएडोलाई अमेरिकासहित केही ल्याटिन अमेरिकी देशको साथ छ । यस्तै राष्ट्रपति मादुरोलाई रुस र चीनले साथ दिएका छन् ।

सोमबार युरोपियन युनियनमा रहेका आधाभन्दा बढी देशले गुएडोलाई देशको अन्तरिम राष्ट्रपतिका रुपमा मान्यता दिएपछि राष्ट्रपति मादुरोमाथि दबाब बढेको छ ।

सोमबार एक अन्तर्वार्ताको क्रममा राष्ट्रपति मादुरोले राजनीतिक संकट गहिरिँदै गए गृह युद्धको अवस्था आउन सक्ने चेतावनी दिएका थिए । दबाब बढी रहेका बेला राष्ट्रपति मादुरोले गृह युद्धको सम्भावना नकार्न नसकिने बताएका हुन् ।

टेलिभिजन अन्तर्वार्ताको क्रममा राष्ट्रपति मादुरोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चेतावनी समेत दिएका हुन् । आफ्नो देशको अहिलेको समस्यामा हस्तक्षेप गरेमा ट्रम्पले ‘रगतले लत्तपतिएको’ अवस्थामा ह्वाइट हाउस छोड्नु पर्ने मादुरोले चेतावनी दिएका छन् ।

यस्तै उनले राष्ट्रपतिको नयाँ निर्वाचनको मिति तोक्नका लागि युरोपियन युनियनले दिएको अल्टिमेटम पनि स्वीकार्य नरहेको बताए । इयुले राष्ट्रपतिको नयाँ निर्वाचनको मिति तोक्नका लागि आइतबारसम्मको समय दिएको थियो । मादुरोले अस्वीकार गरेपछि इयुका आधा भन्दा बढी देशले गुएडोलाई देशको अन्तरिम राष्ट्रपतिका रुपमा मान्यता दिएका छन् ।

विपक्षी नेता क्आन गुएडोले गएको जनवरी २३ मा काराकासमा भएको प्रदर्शनको क्रममा आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषित गरेका थिए।

केही वर्षदेखि प्रायः सखाप जस्तै बनेको देशका आर्थिक अवस्थालाई अनदेखा गरेको आरोप निकोलस मादुरोमाथि छ । मुद्रास्फिती, विद्युत आपूर्ति बन्द तथा आधारभूत आवश्यक सामग्रीको अभावले भेनेजुएलाको जनजीवन कष्टकर बनेको छ । आर्थिक मन्दीकै कारण लाखौँ भेनेजुएलाली छिमेकी देश कोलम्बियासहितका क्षेत्रमा शरण लिन बाध्य छन् ।

मादुरोले जनवरीको सुरुमा दोस्रो कार्यकालका लागि राष्ट्रपतिको शपथ लिएका थिए । विपक्षीले बहिष्कार गरेको तथा व्यापक मात्रामा धाँधली भएको आरोप लागेको चुनावमा मादुरो विजयी भएका थिए । विपक्षी नेतालाई जेल हालेर भएको चुनाव निष्पक्ष नरहेको आरोप छ । मादुरोले दोस्रो कार्यकालका लागि शपथ लिएपछि विपक्षीको प्रदर्शन चर्किएको हो ।

भेनेजुएलामा हजारौँ मानिसले अहिलेका राष्ट्रपति निकोलश मादुरोविरुद्ध प्रदर्शन गर्दै आएका छन् । ३५ वर्षका गुएडोले मादुरोविरुद्धको प्रदर्शनको नेतृत्व गरिरहेका छन् । गुएडो भेनेजुएलाको नेशनल एसेम्ब्लीका अध्यक्ष पनि हुन् ।

यो पनि पढ्नुहोस्

ल्याटिन अमेरिकामा भियतनाम युद्ध दोहोरिने ट्रम्पलाई मादुरोको चेतावनी

ल्याटिन अमेरिकामा भियतनाम युद्ध दोहोरिने ट्रम्पलाई मादुरोको चेतावनी

स्वघोषित अन्तरिम राष्ट्रपतिको आग्रहमा अमेरिकाले सहायता पठाउने, सैन्य हस्तक्षेप गर्न चाहेको मादुरोको आरोप

स्वघोषित अन्तरिम राष्ट्रपतिको आग्रहमा अमेरिकाले सहायता पठाउने, सैन्य हस्तक्षेप गर्न चाहेको मादुरोको आरोप

स्वघोषित राष्ट्रपति र राष्ट्रपतिले गरे समर्थकसहित प्रदर्शन

स्वघोषित राष्ट्रपति र राष्ट्रपतिले गरे समर्थकसहित प्रदर्शन

आफैलाई राष्ट्रपति घोषित गरेका विपक्षी नेतामाथि धम्की

आफैलाई राष्ट्रपति घोषित गरेका विपक्षी नेतामाथि धम्की

विपक्षी नेताले आफूलाई अन्तरिम राष्ट्रपति घोषित गरे, ट्रम्पले गरे समर्थन

विपक्षी नेताले आफूलाई अन्तरिम राष्ट्रपति घोषित गरे, ट्रम्पले गरे समर्थन

भोक मेट्न देश छोड्दै भेनेजुएलीहरु, विगतको गुन तिर्दै कोलम्बिया

भोक मेट्न देश छोड्दै भेनेजुएलीहरु, विगतको गुन तिर्दै कोलम्बिया

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’