
काठमाडौँ- सात सदस्यीय इजलास बहिष्कार गर्ने घोषणा गरेर न्यायाधीश चोलेन्द्रशमशेर जबरा बाहिरिएपछि सोमबार सर्वोंच्च अदालतमा ठूलो तरंग सिर्जना भएको छ। प्रधानन्यायाधीश गोपाल पराजुलीसहित बाँकी छ जना न्यायाधीश चोलेन्द्रशमशेर जबराको बहिष्कारपछि छलफलका क्रममा छन्।
प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकताअनुसार उनको पद गत साउन २१ गतेसम्म रहेको भन्दै उनलाई प्रधानन्यायाधीश नमान्ने र उनको इजलासमा पनि नबस्ने भन्दै चोलेन्द्रशमशेर जबराले इजलास बहिष्कार गरेका हुन्।
चोलेन्द्रशमशेरले अन्य ६ जना न्यायाधीश आउनु अगावै इजलासमै उपस्थित भएर भने, ‘मैले गोपाल पराजुलीको नागरिकतासम्बन्धी नयाँ प्रमाण हेर्दा उहाँको प्रधानन्यायाधीश पदमा म्याद साउन २१ मै सकिएको देखिन्छ, त्यही भएर म उहाँलाई प्रधानन्यायाधीश पनि मान्दिन, उहाँले तोेकेको इजलासमा पनि बस्दिनँ।’
चोलेन्द्रशमशेरले इजलास बहिष्कार गरेपछि गोविन्द केसी र कान्तिपुरको अवहेलनासम्बन्धी मुद्दा सोमबारका लागि स्वत: स्थगित भएको छ। अदालत परिसरमा प्रधानन्यायाधीश पराजुलीसहित छ जना न्यायाधीशको प्रतीक्षा गरिरहेका छन्।
यो पनि पढ्नुहोस्

न्यायाधीशद्व भट्टराई र प्रधानले बन्दीप्रत्यक्षीकरण मुद्दा पनि हेरेनन्

‘न्यायाधीश राणाको वक्तब्य अदालतमाथिको प्रहार’: नेपाल बार (विज्ञप्ति सहित)

चोलेन्द्र श्रीमानको कदमले न्यायपालिकाको गरिमा घटायो: कानुनविद्हरु

निरपेक्ष प्रेस स्वतन्त्रताको परिकल्पना गर्न मिल्दैन: सर्वोच्च बार
न्यायाधीश चोलेन्द्रशमशेरबिरुद्ध अदालतको अवहेलना मुद्दा ‘पेण्डिङमा’

न्यायाधीश चोलेन्द्रशमशेरद्वारा प्रधान न्यायाधीश पराजुलीको इजलास बहिष्कार

सर्वोच्चका थप पाँच न्यायाधीशहरु पनि पराजुलीबिरुद्ध उभिए

