के हुन्छ सेयर बजार? श्वेतपत्रले बढ्ला!

के हुन्छ सेयर बजार? श्वेतपत्रले बढ्ला!
+
-

काठमाडौं- केही दिन यता सेयर बजारमा देखिएको तीब्र उछालले लगानीकर्ता अन्याैलमा देखिएका छन्।

बुधबार अनामनगर स्थिर स्टक ब्रोकर कार्यालयमा सेयर बजारको उतारचढाव नियालिरहेका लगानीकर्ता बजारबारे आ-आफ्नै अड्कलबाजी गर्दै थिए।

कोही परिसूचक ओरालो लाग्नुमा अर्थमन्त्रीको अभिव्यक्तिलाई दोष लगाउँदै थिए त कोही लगानीकर्ताले बुझेर भन्दा पनि हल्लाका भरमा लगानी गरेकाले परिसूचकमा तीब्र उछाल देखिएको बताइरहेका थिए।

मंगलबार सुरुका दुई २ घण्टामा ३२ अंकले घटेको परिसूचक अन्तिम दुई घण्टा ७२ अंकले उकालो लागेको थियो। यस्तै उछाल बुधबार पनि देखिदै थियो। बीस मिनेटमा १६ अंकले बढेको बजार अर्को बीस मिनेटमै २० अंकले ओरालो लागेको थियो।

सेयर बजारका बारेका बुझेर भन्दा पनि लहलहैमा लगानी गर्नेको संख्या ठूलो भएकाले सरकारी नीतिमा कुनै परिवर्तन नहुँदै बजारमा तीब्र उतारचढाव देखिएको सेयर लगानीकर्ता भरत बुढाथोकीको भनाई छ।

बुढाथोकीको भनाईमा सहमति जनाउँदै सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्याल सेयर बजारमा लागानी गर्नेलाई प्रशिक्षित गर्ने कुनै निकाय नभएका पनि लगानीकर्ताले विवेकपूर्ण निर्णय गर्न नसकेको बताउँछन्।

‘धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज लगायतका सरोकारवाला निकायलाई लगानीकर्ता प्रशिक्षण गर्नु पर्छ भन्ने चासो छैन, त्यसैले पनि बजारमा तीब्र उतारचढाव देखिएको हो।’

उनी बजार स्थिर नहुनुको मुख्य कारण अर्थमन्त्रीको अभिव्यक्ति भएको आरोप लगाउँछन्।

यस अघि २०६५ सालमा पनि त्यस बखतको उच्च बिन्दुमा पुगेको नेप्से परिसूचक तात्कालीन अर्थमन्त्री बाबुराम भट्टराईले ‘सेयर बजार जुवा घर’ भएको आशयको अभिव्यक्ति दिए पछि  ओरालो लागेको थियो।

२०६५ भदौ १५ गते ११७५ अंकमा रहेको नेप्से परिसूचक २०६८ सालमा निरन्तर घट्दै नेप्से २९२ अंक सम्म पुगेको थियो।

सेयर बजारका जानकारहरु बजार घट्ने र बढ्ने नियमित साइकल भएकाले अहिले केही समय ओरालो लाग्ने बताउँछन्। एक मर्चेन्ट बैंकरले भने, ‘सेयर बजार घट्नुमा अर्थमन्त्रीको अभिव्यक्तिलाई दोष दिनु बिगतमा र अहिले पनि कुनै आधार छैन।

उनी भन्छन्, अर्थमन्त्री भनाईले छोटो समय बजार बढ्न वा घट्न सक्छ तर दीर्घकालमा बजारमा प्रभाव पार्ने भनेको लागानी गर्ने आवश्यक पर्ने पुँजीले नै हो।

उनले भने, ‘२०६५ मा होस् या २०७३ मा; कम्पनीले दिने रिटर्न बढेर सेयर बजार बढेको थिएन।’  परिसूचक उच्च अंक केही हदसम्म हल्ला र मूख्य रुपमा बैंक वित्तीय संस्थाले लगानीका लागि प्रयाप्त पैसा दिँएकाले पुगेको उनको भनाई छ।

भूकम्प र नाकाबन्दी पछि अन्य लगानीका क्षेत्र संकुचित हुँदा सेयर बजारमा लगानी बढेपछि २०७३ साउन १२ मा नेप्से परिसूचक अहिले सम्मकै उच्च अंक १८८१.४५पुगेको थियो।

२०६५ को गिरावटमा पनि सेयरमा लगानी गरेका भिम श्रेष्ठ घट्दो बजारमा लगानीकर्ता संयमित हुनु पर्ने बताउँछन्। उनले भने, ‘आजै लगानी गरेर एकै पटक करोडपति बन्न खोज्यो भने त घाटा होला तर धर्यता हुने हो भने सेयर बजारबाट घाटा हुँदैन।’ २०६५ साल नेप्से परिसूचक ११८१ अंकबाट घटेर २९२ अंक सम्म पुग्दा पनि घाटा नभएको उनको अनुभव छ।

सेयर बजार घट्नुको अर्को कारण बैंक वित्तीय संस्थाको पुँजी वृद्धि भएको लगानीकर्ताहरु बताउँछन्। एक सय कित्ता सेयर भएका सँग कम्तिमा ३-४ सय कित्ता सेयर पुगेको छ, यस्तो अवस्था बजारमा सेयरको सप्लाई अत्याधिक बढेको छ।

नेपाल राष्ट्र बैंकले २०७२ साउनमा ४ गुणा सम्म पुँजी वृद्धि गरे पछि सेयरको आपूर्ति बढेको छ।

सेयरको सप्लाई बढेको अनुपातमा माग बढ्न नसकेको स्वयम् अर्थमन्त्रीले नै बताईसकेका छन्।

बैंकको कर्जा दिने क्षमता संकुचन भएको छ, लगानीकर्ताले आफूसँग भएको पैसा राइट सेयरमा लगानी गरेका छन्, बिगत १० वर्षमा सेयर बजारमा ठूला लगानीकर्ता बढ्न सकेका छैनन्, त्यसैले अहिलेको बजारको गिरावट स्वभाविक भएको मर्चेन्ट बैंकरको भनाई छ।

उनी भन्छन्, ‘सेयर बजारमा सूचिकृत कम्पनीले दिने लाभांस भनेको औषतमा १५-२० प्रतिशत हो।’ अधिकांस बैंक वित्तीय संस्थालाई पुँजी वृद्धि पछि आम्दानी बढाउने दबाब छ, यस्तो अवस्थामा मुद्दती निक्षेपमा ११ प्रतिशतमा अग्रिम ब्याजदरको अफर आउँछ भने सेयरमा किने लगानी गर्ने भन्ने प्रश्न उठने उनको तर्क छ।

मुद्दती खाताको ११ प्रतिशत ब्याजदर बजार मुल्य ५ सय भएका कम्पनीले दिने ३०-३५ प्रतिशत लाभांस भन्दा आकर्षिक भएको उनको तर्क छ।

बजार घट्छ भन्नेले आफ्ना तर्क प्रस्तुत गरिरहँदा केहि लगानीकर्तालाई सरकारले स्वतपत्र मार्फत सेयर बजारलाई सम्बोधन गर्ने अपेक्षा छ। लगानीकर्ता संघका अर्याल श्वेतपत्र मार्फत सरकारले हामी सेयर बजारको पक्षमा छौं भन्ने सन्देश मात्र दियो भने लगानीकर्ताको मनोबल बढ्ने बताउँछन्।

यस्तै श्वेतपत्रले बैंक वित्तीय संस्थाको तरलता अभाव कम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने लगानीकर्ताको अपेक्षा छ।

एनआरएनलाई लगानी गर्ने वातावरण बनाउने, यथासक्य छिटो अनलाइन ट्रेडिङ ल्याउने, सेयर कर्जाको मार्जिन ५० प्रतिशत भन्दा बढी बनाउने सेयर लगानीकर्ताले स्वतपत्रबाट गरेका अन्य अपेक्षा हुन्।

ब्रोकर कार्यालय लगानीकर्ता भन्दै थिए, ‘मंगलबार र बुधबार श्वेतपत्रको हल्ला चलाएर बजार बढाएका छन्, लगानीकर्ताको अपेक्षा अनुसार स्वतपत्र आएन बने अब नेप्से परिसूचक कसैले रोकेर रोकिँदैन।’

अर्का लगानीकर्ताले थपे, ‘हल्लाको भरमा लगानी गरेको छैन मैले लगानी गरेको कम्पनीमा मलाई विश्वास छ, बजार मुल्य घटे पनि कम्पनीको रिटर्न घट्नेवाला होईन त्यसैले मलाई कुनै टेन्सन छैन।’

लगानीकर्ताको अपेक्षा अनुसार स्वतपत्रले तत्कालै धेरै विषय सम्बोधन गर्ने सम्भावना कम छ। धितोपत्र वोर्ड श्रोतले भन्यो, एनआरएनलाई लागानीको वातावरण बनाउन हामी सकारात्मक छौं तर त्यसका लागी वैदेशीक लगानी तथा प्रविधि हस्तान्तरण ऐन पारित हुनु पर्छ।

यस्तै अनलाईन ट्रेडिङ असारसम्म कार्यान्वयनमा आउने नेप्से श्रोतको दाबी छ। सरकारले ब्याजदरका विषयमा पनि केही गर्न नसक्ने बैकिङ् क्षेत्रका जानकार बताउँछन्। ‘महँगोमा निक्षेप सङ्कलन भएको छ, कसरी ब्याजदर ओरालो लाग्ला? ‘ एक बैंकका प्रमुख कार्यकारी अधिकृतले भने।

यस्तो अवस्थामा लगानीकर्ताले आफ्नो क्षमता अनुसार लगानी गर्यो भने कहिल्यै डुब्दैन तर एकै पटक कामाउने उद्देश्यले कर्जा लिँदै करोडौं लगानी गर्ने हो भने के हुन्छ भन्न नसकिने  सेयर बजारका पुराना लगानीकर्ता भिम श्रेष्ठको अनुभव छ।

यो पनि पढ्नुहोस्

श्वेतपत्रले रोक्न सकेन नेप्सेको गिरावट

श्वेतपत्रले रोक्न सकेन नेप्सेको गिरावट

अर्थमन्त्री खतिवडाले भने: ‘अस्वभाविक रुपमा बढेको सेयर बजार करेक्सन भइरहेको छ’

अर्थमन्त्री खतिवडाले भने: ‘अस्वभाविक रुपमा बढेको सेयर बजार करेक्सन भइरहेको छ’

अनुत्पादक कर्जाले नेपालको आर्थिक विकास भएन: अर्थमन्त्री

अनुत्पादक कर्जाले नेपालको आर्थिक विकास भएन: अर्थमन्त्री

अर्थमन्त्री खतिवडाको अभिव्यक्तिले सेयरबजारमा ठूलो गिरावट

अर्थमन्त्री खतिवडाको अभिव्यक्तिले सेयरबजारमा ठूलो गिरावट

खतिवडाको एक बोलीले नेप्से परिसूचकमा ५२ अंकको पहिरो

खतिवडाको एक बोलीले नेप्से परिसूचकमा ५२ अंकको पहिरो

खर्च अनियन्त्रित भयो, सरकारी ढुकटी रित्तियो: अर्थमन्त्री

खर्च अनियन्त्रित भयो, सरकारी ढुकटी रित्तियो: अर्थमन्त्री

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?