सिरिया युद्ध

गम्भीर घाइतेलाई पूर्वी गुटाको डुमाबाट बाहिर लैजाने सहमति

गम्भीर घाइतेलाई पूर्वी गुटाको डुमाबाट बाहिर लैजाने सहमति
+
-

युद्धग्रस्त सिरियाको पूर्वी गुटामा सरकारी सेनाले बिद्रोही विरुद्धको कारवाही अभियान अन्तिम चरणमा पुगेको सरकारी पक्षले बताएको छ ।

सन् २०१३ देखि बिद्रोहीको कब्जामा रहेको पूर्वी गुटाको अधिकांश भूभागमा सरकारी सेनाले आफ्नो नियन्त्रण कायम गरेको छ ।

राजधानी दमासकसको बाहिरी क्षेत्रमा पर्ने पूर्वी गुटाको डुमा शहरमा मात्रै अहिले बिद्रोहीको नियन्त्रण कायम छ । त्यहाँ पनि रुसको सहयोगमा सिरियाली सेनाले कारवाही अभियानलाई निरन्तरता दिएको छ ।

डुमामा रहेका बिद्रोही र सरकारी सेनाबिच त्यहाँ रहेका गम्भीर घाइतेलाई सुरक्षित रुपमा बाहिर निकाल्ने सहमति भएको छ । रुस, नागरिक अगुवा र तथा ब्रिदोही समूह जैश अल–इस्लामबिच भएको वार्तामा यस्तो सहमति जुटेको बिबिसीले उल्लेख गरेको छ ।

गम्भीर घाइते भएकालाई इड्लिब लिगिने छ । इड्लिब अहिले पनि बिद्रोहीको कब्जामा छ । डुमामा रहेका दशौँ हजार सर्वसाधारण नागरिकलाई बाहिर पठाउन त्यहाँको बिद्रोही समूह राजी भएको छैन ।

तर गम्भीर घाइतेलाई बिद्रोहीकै कब्जामा रहेको इड्लिब लैजान भने उनीहरु सहमत भएका हुन् । इड्लिबमा घाइतेले स्वास्थ्य सेवा पाउने अपेक्षा छ ।

ह्वाइट हेल्मेट्सको रुपमा चिनिने सिरियन सिभिल डिफेन्सका एक सदस्य डुमामा हवाई आक्रमणका कारण घाइते भएका एक व्यक्तिलाई बोक्दै । तस्बिर : एएफपी/गेट्टी इमेज

रुसी सेनासँग शनिबार भएको सहमतिमा घाइतेलाई सुरक्षित रुपमा बाहिर लैजाने सहमति भएको समाचार संस्था रोयटर्सले जनाएको छ । ६ हप्ता भन्दा बढी समयदेखि जारी हिंसाको क्रममा पूर्वी गुटाबाट अहिलेसम्म हजारौँ बिद्रोही तथा उनीहरुका परिवारका सदस्य सुरक्षित रुपमा इड्लिब गएका छन् ।

सन्तान बोकेर पूर्वी गुटाबाट भाग्दै गरेकी महिला । तस्बिर : एएफपी

सिरियाली सेनाले डुमामा रहेका बिद्रोहीलाई कि त्यहाँबाट अन्यत्र जान नभए कारवाही भोग्न चेतावनी दिएको छ । बिद्रोहीका परिवारसहित सर्वसाधारण नागरिक पनि पूर्वी गुटा छोडेर बाहिर गएका छन् ।

पूर्वी गुटामा गएको फेब्रुअरीदेखि सुरुभएको आक्रमणका कारण अहिलेसम्म १६ सय भन्दा धेरै सर्वसाधारण नागरिक मारिएका छन् ।

यो पनि पढ्नुहोस्

झन झन भयानक बन्दै सिरियाली जीवन

झन झन भयानक बन्दै सिरियाली जीवन

फेरिएन पूर्वी गुटाको अवस्था

फेरिएन पूर्वी गुटाको अवस्था

लासको पहाड बन्यो, रगतको खोला

लासको पहाड बन्यो, रगतको खोला

पूर्वी गुटा तीन भागमा बाँडियो, सरकारी सेनालाई महत्वपूर्ण सफलता

पूर्वी गुटा तीन भागमा बाँडियो, सरकारी सेनालाई महत्वपूर्ण सफलता

पूर्वी गुटाबाट बाहिरिँदै बिद्रोही, ७० प्रतिशत क्षेत्रमा सरकारी सेनाको नियन्त्रण

पूर्वी गुटाबाट बाहिरिँदै बिद्रोही, ७० प्रतिशत क्षेत्रमा सरकारी सेनाको नियन्त्रण

पूर्वी गुटामा बम वर्षा रोकिएन, भाग्न थाले सर्वसाधारण

पूर्वी गुटामा बम वर्षा रोकिएन, भाग्न थाले सर्वसाधारण

पृथ्वीको नर्क बन्दै पूर्वी गुटा

पृथ्वीको नर्क बन्दै पूर्वी गुटा

गुडबाई ‘हेल अन अर्थ’

गुडबाई ‘हेल अन अर्थ’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?