जानकार भन्छन्, 'स्वाभाविक'

श्वेतपत्रले रोक्न सकेन नेप्सेको गिरावट

श्वेतपत्रले रोक्न सकेन नेप्सेको गिरावट
+
-

काठमाडौं- अर्थमन्त्री युवराज खतिवडाले शुक्रबार संसदमा श्वेतपत्र जारी गर्दै सेयर बजारका बिषयमा गरेको टिप्पणीको प्रत्यक्ष असर देखिएको छ।

खतिवडाले संसदमा नेपालको सेयर बजार सतही र संकुचित भएको बताएका थिए।

यस्तै अर्थमन्त्रीले नेपालको पुँजी बजार सबल र भरोसा योग्य पनि नभएको टिप्पणी गरेका थिए।

संसदमा खतिवडाले भनेका थिए, ‘सेयरको आपूर्तिमा भएको बृद्धिले नेप्से परिसूचक ओरालो लागिरहेको छ।’

यस अघि गत साताको पहिलो कारोबार दिन ५२ अंकले ओरालो लागेको नेप्से परिसूचक श्वेतपत्रले सेयर बजारलाई सम्बोधन गर्दैछ भन्ने हल्ला चलेपछि उकालो लागेको थियो।

श्वेतपत्र जारी भए पछि खुलेको सेयर बजारमा साताको पहिलो कारोबार दिन नेप्से परिसूचक २४.०५ अंकले ओरालो लागेको छ।

श्वेतपत्रले सेयर बजारलाई सम्बोधन गर्दैछ भन्ने म्यासेज थियो एक ब्रोकरले भने, ‘तर श्वेतपत्र छोटो समयमा ट्रेड गर्नेको पक्षमा नआउँदा परिसूचक ओरालो लागेको हो।’

उनले बजारमा सेयर किन्ने भन्दा पनि बेच्न खोज्ने धेरै भएको जानकारी दिए।

दोहोरो अंकको गिरावट पछि नेप्से परिसूचक ११९६.२४ अंकमा पुगेको छ।

आइतबार घटेको बजारमा १ सय ५७ कम्पनीको ३१ करोड २३ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्रि भयो।

बजार खुलेको ४० मिनेटमै ३५ अंकले ओरालो लागेको नेप्से परिसूचक पछि केहि सम्हालिएको थियो।

आइतबार परिसूचकमा आएको गिरावटलाई मर्चेन्ट बैंकरले स्वाभाविक भएको बताएका छन्। अर्थमन्त्रीले सेयर बजारको दीर्घकालीन सुधारको कुरा गरेकाले पनि आजको दिनमा नेप्से परिसूचक बढ्नु पर्ने त्यस्तो कारण छैन।’

नेपालको सेयर बजारमा बैंक वित्तीय संस्थाको हिस्सा ७० प्रतिशत माथि रहेको भन्दै अर्थ मन्त्रालयका उच्च अधिकारी पनि सेयर बजार बढ्नु पर्ने खासै कारण नभएको बताउँछन्।

उनले भने, ‘मुख्य रुपमा सेयरको मूल्य कम्पनीले दिने रिटर्नका आधारमा बढ्नु पर्छ तर बैंक वित्तीय संस्थाको ४ गुणा सम्म पुँजी बृद्धि भएको हुँदा ४ गुणा आम्दानी बढाउन कठिन छ।’  त्यसैले सेयरको मूल्य एकपटक बढ्नु पर्ने कुनै कारण नभएको उनको भनाई छ।  उनि सेयर बजारको सुधार सँगै दीर्घकालीन विकासका अर्थमन्त्रालयमा प्रतिवद्ध रहेको बताउँछन्।

श्वेतपत्र जारी गर्दै अर्थमन्त्री खतिवडाले पनि सेयरबजारको दीर्घकालीन विकास हुनु पर्ने बताएका थिए।

सेयर बजारमा भन्दा मुद्दती खातामा लगानी गर्दा राम्रो कमाइ हुने अवसर आएको भन्दै सेयर बजारमा तत्कालै नयाँ लगानीकर्ता भित्रिने सम्भावना नभएको मर्चेन्ट बैंकरको भनाइ छ। उनी ब्याजदर ओरालो र नयाँ लगानीकर्ता बजारमा नआउँदा सम्म परिसूचक माथि जान नसक्ने बताउँछन्।

आइतबार १ करोड ७० लाख रुपैयाँ बराबरको कारोबार भएको स्ट्यान्डर्ड चाटर्ड बैंक धेरै रकमको सेयर खरिद बिक्री गर्ने कम्पनी बन्यो।

दोहोरो अंकले नेप्से परिसूचकमा गिरावट आउँदा ‘क’ वर्गका कम्पनीको मापक परिसूचक सेन्सेटिभ इन्डेक्स सँगै बजार मापक सम्पूर्ण उपसुचकहरु ओरालो लागेका छन्।

यो पनि पढ्नुहोस्

के हुन्छ सेयर बजार? श्वेतपत्रले बढ्ला!

के हुन्छ सेयर बजार? श्वेतपत्रले बढ्ला!

अर्थमन्त्री खतिवडाले भने: ‘अस्वभाविक रुपमा बढेको सेयर बजार करेक्सन भइरहेको छ’

अर्थमन्त्री खतिवडाले भने: ‘अस्वभाविक रुपमा बढेको सेयर बजार करेक्सन भइरहेको छ’

अनुत्पादक कर्जाले नेपालको आर्थिक विकास भएन: अर्थमन्त्री

अनुत्पादक कर्जाले नेपालको आर्थिक विकास भएन: अर्थमन्त्री

अर्थमन्त्री खतिवडाको अभिव्यक्तिले सेयरबजारमा ठूलो गिरावट

अर्थमन्त्री खतिवडाको अभिव्यक्तिले सेयरबजारमा ठूलो गिरावट

खतिवडाको एक बोलीले नेप्से परिसूचकमा ५२ अंकको पहिरो

खतिवडाको एक बोलीले नेप्से परिसूचकमा ५२ अंकको पहिरो

खर्च अनियन्त्रित भयो, सरकारी ढुकटी रित्तियो: अर्थमन्त्री

खर्च अनियन्त्रित भयो, सरकारी ढुकटी रित्तियो: अर्थमन्त्री

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?