जलवायु परिवर्तन

इतिहासकै तातो दशक बन्ने तर्फ विश्वको तापक्रम

इतिहासकै तातो दशक बन्ने तर्फ विश्वको तापक्रम
+
-

पछिल्लो दशक इतिहासकै तातो वा औषत तापमान वृद्धि बढी भएको दशक बन्ने अवस्थामा पुगेको वैज्ञानिकले बताएका छन् ।

विश्वको तापक्रम सम्बन्धी तथ्यांक राख्न थालिएयताकै तातो दशक बन्ने अवस्थामा अहिलेको दशक पुगेको हो । सन् १८५० देखि तापमानसहितको मौसमी गतिविधिको तथ्यांक राख्न थालिएको हो ।

मौसमविदले अबका पाँच वर्ष हरेक वर्षको तापक्रम औद्योगिक युग अघिका वर्षको भन्दा एक डिग्री सेल्सियस वा त्यो भन्दा बढी हुने अनुमान गरेका छन् ।

अबको पाँच वर्षमा कुनै एक वर्ष विश्वको औषत तापमान वृद्धि १.५ डिग्री सेल्सियस भन्दा बढी हुन सक्ने सम्भावना धेरै रहेको वैज्ञानिकले उल्लेख गरेका छन् । जलवायु परिवर्तनको गम्भीर असरको कारण यस्तो भएको हो ।

मौसम वैज्ञानिकले गरेको अनुमान मिल्यो भने सन् २०१४ देखि २०२३ सम्मको दशक विश्वको इतिहासमा १५० वर्ष यताकै तातो दशक बन्ने छ ।

बेलायतको द मेट अफिसले गरेको पूर्वानुमानमा अबको पाँच वर्ष हरेक वर्ष औषत तापमान वृद्धि एक डिग्री भन्दा बढी देखिनु चिन्ताको विषय हो ।

कार्यालयका अनुसार सन् २०१५ त्यो पहिलो वर्ष हो, जुन वर्ष पृथ्वीको सतहको औषत तापमान वृद्धि औद्योगिक युग पछि एक डिग्री भन्दा माथि पुग्यो । सन् १९५० देखि १९०० सम्म एक डिग्रीलाई औषत तापमान वृद्धि मानिँदै आएको थियो ।

सन् २०१५ यताका वर्षमा औषत तापमान वृद्धि एक डिग्री वा त्यो भन्दा माथि रहेको देखिएको छ । मेट अफिसले अबको पाँच वर्ष औषत तापमान वृद्धि निरन्तर कायम रहने पूर्वानुमान गरेको छ ।

दीर्घकालको तापमान सम्बन्धी पूर्वानुमान गर्ने मेट अफिसका वैज्ञानिक प्रोफेसर एडम स्काइफले विश्वको तापमान तीव्र गतिमा बढिरहेको बताएका छन् ।

पेरिस जलवायु सम्झौतामा विश्वको तापमान वृद्धि १.५ डिग्रीमा सीमित गर्ने लक्ष्य तोकिएको छ ।

यो पनि पढ्नुहोस्

ग्रिनल्याण्डको हिउँ सोचेभन्दा तीव्र गतिमा पग्लिँदै, हराउँदै सतही हिउँ

ग्रिनल्याण्डको हिउँ सोचेभन्दा तीव्र गतिमा पग्लिँदै, हराउँदै सतही हिउँ

महत्वपूर्ण सम्मेलनअघि विज्ञको चेतावनी, ‘क्रसरोड’ मा पृथ्वी

महत्वपूर्ण सम्मेलनअघि विज्ञको चेतावनी, ‘क्रसरोड’ मा पृथ्वी

बढ्यो कार्बन(CO2) उत्सर्जन, यो शताब्दीको अन्त्यसम्ममा तापक्रम ३.२ डिग्री बढ्ने खतरा

बढ्यो कार्बन(CO2) उत्सर्जन, यो शताब्दीको अन्त्यसम्ममा तापक्रम ३.२ डिग्री बढ्ने खतरा

अमेरिकी जीवन र भविष्य जोखिममा

अमेरिकी जीवन र भविष्य जोखिममा

पृथ्वीको अन्तिम मानव पुस्ता, जसले प्रकृति जोगाउन सक्छ

पृथ्वीको अन्तिम मानव पुस्ता, जसले प्रकृति जोगाउन सक्छ

नेपालले कति बाघ थेग्न सक्छ ? उत्तर खोज्न अध्ययन हुँदै

नेपालले कति बाघ थेग्न सक्छ ? उत्तर खोज्न अध्ययन हुँदै

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?