

काठमाडौँ– नेपाली तथा बंगालादेशी अनि केही चिनियाँ र माल्दिभ्सका यात्रु बोकेर बंगलादेशको ढाकाबाट आएको विमान सोमबार दुर्घटनामा पर्यो।
युएस बंगलाको विमान दुर्घटना हुँदा ४९ जनाको ज्यान गयो। २१ जना घाइते भएका छन्। घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
ज्यान गुमाएका ४९ जनाको सनाखतका लागि शव काठमाडौंको महाराजगञ्जमा रहेको त्रिवि शिक्षण अस्पतालमा राखिएको छ।
शिक्षण अस्पतालमा डिएनए परीक्षणसहितका प्रक्रिया पूरा गरेर आफन्तलाई शव बुझाउने प्रक्रिया हुनेछ। अस्पतालमा शव बुझ्नका लागि आफन्तको भिड लागेको छ।
त्रिवि अस्पतालका पेटीमा भेटिएका हतास, मलिन अनि फुंग उडेको अनुहारसहितका हरेक मानिससँग आफन्त गुमाउँदाको पीडा उस्तै छ ।
अस्पतालमा आफन्त मात्रै होइन, मृतकलाई श्रद्धाञ्जली तथा आफन्तलाई समवेदना दिनका लागि प्रदेश नम्बर ३ का प्रमुख अनुराधा कोइरालासहितका व्यक्ति पनि पुगेका छन्।
यो पनि पढ्नुहोस्

विमान दुर्घटनापछिको उद्धारका ३० तस्बिरहरु

नेपालमा विमान दुर्घटनाको इतिहास : दुर्घटना पटकपटक, पत्ता लाग्दैन कारण

११ नेपाली र ११ बंगलादेशी यात्रुको उपचार हुँदै, अन्य ४९ को निधन
३३ नेपालीसहित विमानका ७१ यात्रुको नामावली

विमान दुर्घटनाका ७ तस्बिरहरु

केएमसीमा राखेका शवमध्ये दुई चालक दल सदस्य

केएमसीमा राखिएका ६ शवको सनाखत

विमान दुर्घटनामा ४९ यात्रुको ज्यान गयो, २२ को उपचार हुँदै

