जो नेपालमै रमाए-१

कपाल काटेरै जीवन ‘इन्जोय’ गरिरहेका युवक

कपाल काटेरै जीवन ‘इन्जोय’ गरिरहेका युवक
+
-

‘सानो छ खेत सानो छ बारी सानै छ जहान
नगरी काम पुग्दैन खान साँझ र बिहान…’

कवि दैवज्ञराज न्यौपानेको ‘किसानको रहर’ कविताका यी हरफ प्रायः सबैको मनमा बसेको छ। स्मृतिमा अमिट छ। यिनै हरफ सम्झँदै–बिर्सँदै, फेरि सम्झिने प्रयास गर्दै हुँर्केका हुन्, असिम सारु मगर। २६ वर्षका लक्का जवान ठिटो भए असिम।

कविताको भावजस्तै सानैदेखि उनलाई घरको परिस्थितिले ‘माम खानलाई काम गर्नुपर्छ’ भनेर सिकायो। मामको जोहोको यात्राले उनको पहिचान पनि बनाएको छ। ‘हेयर डिजाइनर’ असिम सारु मगर भएका छन् उनी।

कैलालीको टीकापुरमा जन्मी हुर्केका असिमको परिवारमा बहिनी अनि आमा छन्। बुवा उनी सानै हुँदा बिते। बुवाको छत्रछायाँबाट वञ्चित भएका उनी अहिले कम्तिमा ‘मानो’ जोड्ने हिसाबमा आमा र बहिनीका संरक्षक बनेका छन्।

‘गाउँमा आमालाई हामीलाई हुर्काउन सारै गाह्रो थियो’, मगर भन्छन्, ‘आमालाई सानैदेखि सहयोग गर्थेँ।’ उनकी आमा जानकी सारु मगरले किराना पसल खोलेकी थिइन्, हेल्थपोस्टको स्वयंसेवक पनि थिइन्। त्यहि कामले जोरजाम गरेको पैसाले छोरा–छोरी पढाइन्। उनको आशा जेठो छोरा थिए।

ग्राहकको केस काट्दै असिम सारु मगर । तस्बिर : बर्षा शाह/देश सञ्चार

असिमले आमाले आफूमाथि गरेको भरलाई बुझेका थिए, चाँडै नै आमाले बोकेको जिम्मेवारीको भारी बाँड्नु थियो। आमाको काँध हलुका पार्नु थियो। आफ्नो थाप्लोमा जिम्मेवारीको भारी सार्नु मन थियो, रहरले होइन आमालाई हुलुको बनाउने चाहले।

एसएलसी पास गरे, अनि गाउँ छोडे। प्लस टू मा व्यवस्थापन सम्बन्धी अध्ययन गरे। त्यसपछि उनको बाटो मोडियो। उनी भारत गए, कपाल काट्ने कला सिक्न। ‘मेरो अंकल हुनुहुन्थो इन्डियामा। मैले तालिम लिने कुरा गरेँ, उहाँले सहयोग गर्नुभयो।’

सन् २०१२ देखि उनको जीवनको अघिको बाटो तय भयो। मुम्बईको ‘बिएलसिसी’ मा उनले कपाल काट्ने तालिम लगायत अन्य काम सिके। ‘डिप्लोमाको कोर्स भन्छन्, त्यसलाई’ मगर भन्छन्, ‘त्यसपछि मैलै ८ हजार आइसीमा काम गर्न सुरु गरेँ।’

असिमलाई विभिन्न कुराको शोख थियो, फुटबल खेल्न सारै रुचाउँछन्। फुटबलमा उनको लगाव देखेर ‘फुटबलमा भविष्य छ’ भनेका थिए गुरुहरुले। तर एसएलसीपछि उनले पहिला जसरी फुटबल खेल्न पाएनन्। फुटबल चाख लाग्दो विषय थियो उनका लागि व्यक्तिका कपाल काटेर थरिथरीका ‘स्टाइल’ दिनु।

‘घर नजिकैको पसलमा कपाल काटेको हेर्ने रहर खुब हुन्थ्यो, पछि पछि त्यहाँको दाइले कपाल मिलाउन दिन्थे पनि’ मगर भन्छन्, ‘बिस्तारै सिकेँ।’

‘मगरको छोराले नाई काम गर्ने’ भनेर पहिले खिस्याउनेले पनि अहिले उनको लगाव अनि उनले देखेको सम्भावनाको खुलेर प्रशंसा गर्छन्।

स्कूल पछाडि फूटबल छुटे पनि कपाल काट्ने उनको शोख भने त्यतिबेला जुरमुरायो। प्लस टू सकिनै लाग्दा उनले यसपछि के गर्ने भन्ने विचार गरे। त्यसपछि अध्ययन। स्कोप हेरे, कमाई हेरे। त्यसपछि आधिकारिक मान्यता अनि विभिन्न तरिकाको सीप विकास गर्न लागे। आमासँग कुरा गरे, नाइनास्ति आएन। अनि उनी लागि परे आफ्नो शोखलाई पूरा गर्न।

उनलाई नक्कल पार्न सारै मन लाग्थ्यो। घरी कपाललाई जेल लगाएर ठाडो पार्थे, घरी सपक्क। आफ्नो कपाल मिलाउँदा मिलाउँदै उनले पेसा नै त्यही बनाए।

६ वर्षपछि उनले समाएको बाटो सहि भएको सावित भएको छ। उनी महिनामा ४० हजार कमाउँछन्। आमा र बहिनीलाई काठमाडौँ ल्याएका छन्। बहिनी नर्सिङ्ग पढ्दै छिन्। काठमाडौँको बसाई र बहिनीको पढाइ उनकै कमाईले चलेको छ।

जुनदिनबाट हातले व्यवसायिक उद्देश्यले कैँची उठायो, त्यो दिनदेखि उनलाई फर्केर हेर्नुपरेको छैन। भारतमा काम अनि कमाई राम्रो थियो तर परिवारसँग आफ्नै देशमा काम गर्न मन लाग्यो।

एकपल्ट सिंगापुर जाने तयारी पनि गरेका हुन् तर अब नेपालमा नै केही गर्ने सोच द्धृढ भएको छ।आफ्नो कमजोरी केलाउँदै, त्यसलाई सुधार्दै अगाडि बढिरहेका छन् असिम। ‘मोबाइलमा धेरै समय जान्छ मेरो। कम चलाउन सिक्दैछु।’

काठमाडौँ मलको चौथो तलाको फेसल हाउसमा निलो ज्याकेट लगाएर काम गरिरहेका हुन्छन् असिम। बिहान ९ बजेदेखि साँझ ७ बजेसम्म उनलाई त्यहाँ भेट्न सकिन्छ। धेरै जसो समय हातमा कैँची हुन्छ, कि त हेयर ड्रायर।

उनलाई सौन्दर्य सम्बन्धी अरु काम पनि आउँछ तर फेसल हाउसमा आउने धेरैले उनलाई कपाल सम्बन्धी काम गर्न अनुरोध गर्छन्। एकपल्ट सेवा लिएका मानिसहरु सम्झेर फेरि उनीसँगै सेवा लिन्छन्।

६ वर्ष पूरा भयो यो क्षेत्रमा काम गर्न थालेको। अब भने उनलाई आफै व्यवसाय सुरु गरौँ कि भन्ने लागको छ।

‘केही वर्षपछि त्यो पनि सम्भव होला।’ असिम कन्फिडेन्ट देखिए, कामको दुःख नै हुन्न भन्दै उनले भने, ‘जबसम्म मान्छे संसारमा हुन्छन्, तबसम्म मैले गर्ने काम भइरहन्छ।’

(स्वदेशमै मेहनत गर्ने युवाहरुको परिश्रम कथाको शृङ्खला हो–जो नेपालमै रमाए । सम्भावनाहरुको बाटोमा रमाएका युवाको सकारात्मक प्रयासलाई सम्मान गर्ने उद्देश्यसहित प्रतिनिधि युवाका ‘कर्म–कथा’ यो शृङ्खलामा प्रस्तुत गर्नेछौँ । शृङ्खलाको यो पहिलो कथा हो । अबदेखि पाँच दिनसम्म यस्तै एक पात्रको कथा प्रस्तुत गर्नेछौँ ।)

तस्बिरहरु : बर्षा शाह/देश सञ्चार

यो पनि पढ्नुहोस्

रेस्टुरेन्टमा आएका हरेक पाहुनासँगै रमाउँछिन् मिसिको मल्ल

रेस्टुरेन्टमा आएका हरेक पाहुनासँगै रमाउँछिन् मिसिको मल्ल

चिटिक्कका लुगा बनाउने रविन

चिटिक्कका लुगा बनाउने रविन

अरुलाई सजिलो बनाउँछिन् जो, कृपा सिग्देल

अरुलाई सजिलो बनाउँछिन् जो, कृपा सिग्देल

कामलाई नामजस्तै बनाएका ‘सहज’

कामलाई नामजस्तै बनाएका ‘सहज’

‘म बाँचेको केही गर्नकै लागि हो’

‘म बाँचेको केही गर्नकै लागि हो’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?