लोप हुँदै किरा फट्याङ्ग्रा, जोखिममा इकोसिस्टम

१०० वर्षमा किरा–फट्याङ्ग्रा बिहीन पृथ्वी !

१०० वर्षमा किरा–फट्याङ्ग्रा बिहीन पृथ्वी !
+
-

अहिलेकै अवस्था कायम रहेमा विश्वबाट एक शताब्दी भित्रै किरा फट्याङ्ग्रा लोप हुने जोखिम रहेको नयाँ अध्ययनमा देखिएको छ । विश्वमा किरा–फट्याङ्ग्रा लोप हुने बाटोमा रहेको विश्वव्यापी वैज्ञानिक समीक्षाबाट देखिएको छ ।

किरा–फट्याङ्ग्राको क्षेत्रमा भएको पहिलो बिस्कृत वैज्ञानिक समीक्षामा किरा–फट्याङ्ग्रा हराउँदै गएको देखिएको हो ।

अध्ययनमा किरा–फट्याङ्ग्राका ४० प्रतिशत भन्दा बढी प्रजातिहरुको संख्या घट्दो क्रममा रहेको देखिएको छ ।

त्यसमध्ये एक तिहाई प्रजाति जोखिममा छन् । स्तनधारी, चरा तथा सरिसिर्प प्रजातिको लोप हुने दर भन्दा किरा–फट्याङ्ग्राको लोप हुने दर ८ गुणा बढी देखिएको छ ।

उपलब्ध भएको तथ्यांकको विश्लेषण गर्दा हरेक वर्ष किरा–फट्याङ्ग्राको संख्या २.५ प्रतिशतले कम हुँदै गएको छ र एक शताब्दी भित्र विश्वबाट अहिलेका किरा–फट्याङ्ग्रा हराउने छन् ।

पृथ्वी अहिले जीवको आम लोपको साक्षी बन्ने क्रममा रहेको वैज्ञानिकले बताएका छन् । डाइनोसरसहितका ठूलो आकारका जनावरको आम लोप यसअघि नै भएको थियो । त्यसपछि अरु जीवजन्तुको संख्या खट्दै गएको देखिएको थियो र संरक्षणको क्षेत्रमा काम पनि भएका छन् । किनकी यसको तथ्यांक पाइन्छ । तर किरा–फट्याङ्ग्राको तथ्यांक संकलन गर्न मुश्किल हुने भएकाले अहिलेसम्म बिस्तृत अध्ययन हुन सकेको थिएन ।

पारिस्थितिक प्रणालीको सही चक्रका लागि किरा–फट्याङ्ग्राको भूमिका महत्वपूर्ण हुने अनुसन्धानकर्ताले बताएका छन् । अरु जीवका आहर, खाद्यान्न बाली र अरु बोट बिरुवाका लागि परागसेचक तथा फोहोर गलाउने भूमिका किरा–फट्याङ्ग्राको हो ।

जलवायु परिवर्तन, बासस्थानका अभाव तथा किटनासक औषधिको अत्याधिक प्रयोगका कारण किरा–फट्याङ्ग्रा संकटमा पर्दै गएका हुन् ।

जैविक विविधताको संरक्षणका लागि किरा–फट्याङ्ग्रा संरक्षणको क्षेत्रमा तत्काल काम गर्नु पर्ने अनुसन्धानमा संलग्न अस्ट्रेलियाको सिड्नी विश्वविद्यालयका प्राध्यापक फ्रान्सिस्को सान्चेज–बायोले बताएका छन् ।

कम्तिमा पछिल्लो २५–३० वर्षमा विश्वबाट किरा फट्याङ्ग्रा लोप हुने दर २.५ प्रतिशत रहेको देखिएको र यो गम्भीर चिन्ताको कारण बनेको उनले बताए ।

यहि दर कायम रहेमा अबको १० वर्षमा एक चौथाइ किरा–फट्याङ्ग्रा कम हुने र ५० वर्षमा आधा मात्रै बाँकी रहने तथा १०० वर्षमा सबै लोप हुने चिन्ता रहेको उनले बताए । खेतीयोग्य जमिनको नास हुँदै जाँदा पुतली, माहुरीसहितका किरा–फट्याङ्ग्रा जोखिममा परेका हुन् ।

तस्बिर : गेट्टी इमेज, स्टक फोटो

यो पनि पढ्नुहोस्

इतिहासकै तातो दशक बन्ने तर्फ विश्वको तापक्रम

इतिहासकै तातो दशक बन्ने तर्फ विश्वको तापक्रम

ग्रिनल्याण्डको हिउँ सोचेभन्दा तीव्र गतिमा पग्लिँदै, हराउँदै सतही हिउँ

ग्रिनल्याण्डको हिउँ सोचेभन्दा तीव्र गतिमा पग्लिँदै, हराउँदै सतही हिउँ

महत्वपूर्ण सम्मेलनअघि विज्ञको चेतावनी, ‘क्रसरोड’ मा पृथ्वी

महत्वपूर्ण सम्मेलनअघि विज्ञको चेतावनी, ‘क्रसरोड’ मा पृथ्वी

बढ्यो कार्बन(CO2) उत्सर्जन, यो शताब्दीको अन्त्यसम्ममा तापक्रम ३.२ डिग्री बढ्ने खतरा

बढ्यो कार्बन(CO2) उत्सर्जन, यो शताब्दीको अन्त्यसम्ममा तापक्रम ३.२ डिग्री बढ्ने खतरा

अमेरिकी जीवन र भविष्य जोखिममा

अमेरिकी जीवन र भविष्य जोखिममा

पृथ्वीको अन्तिम मानव पुस्ता, जसले प्रकृति जोगाउन सक्छ

पृथ्वीको अन्तिम मानव पुस्ता, जसले प्रकृति जोगाउन सक्छ

नेपालले कति बाघ थेग्न सक्छ ? उत्तर खोज्न अध्ययन हुँदै

नेपालले कति बाघ थेग्न सक्छ ? उत्तर खोज्न अध्ययन हुँदै

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?