तीन पाना लामो वक्तव्यमा भने, 'पराजुली साउन २१ गतेदेखि प्रधानन्यायाधीश होइनन्'

न्यायाधीश चोलेन्द्रशमशेरद्वारा प्रधान न्यायाधीश पराजुलीको इजलास बहिष्कार

न्यायाधीश चोलेन्द्रशमशेरद्वारा प्रधान न्यायाधीश पराजुलीको इजलास बहिष्कार
+
-

काठमाडौं– चिकित्सक गोविन्द केसी र कान्तिपुरको अदालतको अवहेलना सम्बन्धी मुद्दामा सोमबार पनि सुनुवाइका लागि इजलासमा रहेका न्यायाधीश चोलेन्द्रशम्शेर जबराले इजलास नै बहिष्कार गरेका छन्।

अदालतको अवहेलना सम्बन्धी मुद्दामा सुनुवाइका लागि तोकिएको बृहत इजलासमा रहेका जबराले सोमबार इजलास बहिष्कार गरेका हुन्।

उनले तीन पाना लामो वक्तव्य इजलासबाटै जारी गर्दै प्रधानन्यायाधीश पराजुली साउन २१ गतेदेखि प्रधानन्यायाधीश नरहने उल्लेख गरेका हुन्। अन्य न्यायाधीशहरु इजलासमा नआएकै अवस्थामा चोलेन्द्रशमशेरले इजलास बहिष्कार गरेका हुन्।

‘गोपाल पराजुलीको नागरिकता सम्बन्धी प्रमाणले उहाँको अवधि गएको साउन २१ गतेदेखि नै सकिएको देखिएको छ। त्यसैले उहाँले तोकेको इजलासमा म बस्दिन, उहाँलाई प्रधानन्यायाधीश पनि मान्दिनँ,’ चोलेन्द्रशमशेर जबराले दिएको वक्तव्यमा उल्लेख छ।

म्याद सकिइसकेका प्रधानन्यायाधीश रहेको इजलासमा बहस गर्नुको औचित्य नरहेको उनको भनाइ छ।

यो मुद्दा आइतबारको वृहत इजलासमा ‘हेर्दाहेर्दै’ मा रोकिएको थियो । आइतबार केसीको मुद्दामा निवेदक पक्षको बहस सकिएको छ भने कान्तिपुरको बहस जारी रहेकै अवस्थामा ‘हेर्दाहेर्दै’ मा रोकिएको थियो ।

कान्तिपुर र गोविन्द केसीविरुद्धको अदालतको अवहेलना सम्बन्धी मुद्दा प्रधानन्यायाधीश गोपाल पराजुलीसहित सातजना न्यायाधीशको वृहत पूर्ण इजलाशमा पेशी तोकिएको थियो ।

दुवै मुद्दा अदालतकोे अवहेलनासम्बन्धी भएकाले एउटै इजलाशमा सुनुवाइ गर्ने तय भएको थियो । प्रधानन्यायाधीश गोपाल पराजुलीको पाँचवटा जन्म मितिसम्बन्धी समाचार कान्तिपुरले प्रकाशन गरेपछि अधिवक्ता तोयानाथ ढुंगानाले फागुन १४ र गोविन्द केसीविरुद्ध सर्वोच्च आफैँले पुस २५ गते अवहेलना मुद्दा दायर गरेको थियो ।

यो पनि पढ्नुहोस्

प्रधानन्यायाधीश पराजुली पदमुक्त

प्रधानन्यायाधीश पराजुली पदमुक्त

पराजुलीले भने, ‘म पदमै छु, यो निर्णय मान्दिनँ’

पराजुलीले भने, ‘म पदमै छु, यो निर्णय मान्दिनँ’

राष्ट्रपति भण्डारीलाई खुवाए प्रधानन्यायाधीश पराजुलीले शपथ

राष्ट्रपति भण्डारीलाई खुवाए प्रधानन्यायाधीश पराजुलीले शपथ

न्यायाधीशद्व भट्टराई र प्रधानले बन्दीप्रत्यक्षीकरण मुद्दा पनि हेरेनन्

न्यायाधीशद्व भट्टराई र प्रधानले बन्दीप्रत्यक्षीकरण मुद्दा पनि हेरेनन्

सर्वोच्चका थप पाँच न्यायाधीशहरु पनि पराजुलीबिरुद्ध उभिए

सर्वोच्चका थप पाँच न्यायाधीशहरु पनि पराजुलीबिरुद्ध उभिए

‘न्यायाधीश राणाको वक्तब्य अदालतमाथिको प्रहार’: नेपाल बार (विज्ञप्ति सहित)

‘न्यायाधीश राणाको वक्तब्य अदालतमाथिको प्रहार’: नेपाल बार (विज्ञप्ति सहित)

चोलेन्द्र श्रीमानको कदमले न्यायपालिकाको गरिमा घटायो: कानुनविद्हरु

चोलेन्द्र श्रीमानको कदमले न्यायपालिकाको गरिमा घटायो: कानुनविद्हरु

निरपेक्ष प्रेस स्वतन्त्रताको परिकल्पना गर्न मिल्दैन: सर्वोच्च बार

निरपेक्ष प्रेस स्वतन्त्रताको परिकल्पना गर्न मिल्दैन: सर्वोच्च बार

न्यायाधीश चोलेन्द्रशमशेरबिरुद्ध अदालतको अवहेलना मुद्दा ‘पेण्डिङमा’

न्यायाधीश चोलेन्द्रशमशेरबिरुद्ध अदालतको अवहेलना मुद्दा ‘पेण्डिङमा’

प्रधानन्यायाधीश पराजुलीले पेशी तोके, चोलेन्द्र इजलासमा परेनन्

प्रधानन्यायाधीश पराजुलीले पेशी तोके, चोलेन्द्र इजलासमा परेनन्

प्रधानन्यायाधीश पराजुलीले इजलास तोके, चोलेन्द्र आज पनि परेनन्

प्रधानन्यायाधीश पराजुलीले इजलास तोके, चोलेन्द्र आज पनि परेनन्

चोलेन्द्र प्रकरणले सर्वोच्चमा ठूलो तरंग

चोलेन्द्र प्रकरणले सर्वोच्चमा ठूलो तरंग

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष