

काठमाडौं- न्याय परिषद् सचिवालयले प्रधानन्यायाधीश गोपाल पराजुली पदमा नरहेको जानकारी गराएको छ। न्याय परिषद् सचिवालयले उमेरका आधारमा उनी पदमा नरहेको जानकारी पराजुलीलाई नै पत्रमार्फत गराएको हो।
सचिवालयले बुधबार नै परीक्षा नियन्त्रण कार्यालयबाट प्राप्त पत्रका अाधारमा पराजुली गत साउन २१ गतेदेखि नै ६५ वर्ष पुगिसकेकाले बुधबारदेखि नै पदमुक्त रहेको जानकारी गराएको छ।
परिषद् सचिवालयमा रहेको पराजुलीको नागरिकता, शैक्षिक योग्यता, विवरण तथा परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरबाट बुधबार नै प्राप्त पत्रको आधारमा सचिव स्तरीय निर्णयबाट पराजुली पदमा नरहेको निर्णय गरिएको न्याय परिषद् सचिवालयबाट जारी गरिएको पत्रमा उल्लेख गरिएको छ।
न्याय परिषद् सचिवालयका सचिव नृपध्वज निरौलाले पराजुलीलाई पत्र पठाउँदै उनि पदमा नरहेको जानकारी गराएको हुन्।
पत्रमा लेखिएको छ, न्याय परिषद् ऐन २०७३ को दफा ३१ मा कुनै न्यायाधीश उमेरका कारणले अवकास हुने भएमा सो को जानकारी सम्बन्धित न्यायाधीश र निकायलाई गराउनु पर्नेछ भन्ने प्रावधान रहेको सन्धर्भमा प्रधानन्यायाधीश पराजुलीको न्याय परिषद् सचिवालयमा रहेको नागरिता, शैक्षिक योग्यता, सिटरोल विवरण तथा परिक्षा नियन्त्रण कार्यालय सानोठिमीले बुधबार नै चलानी नम्बर ४२४/०७४/७५ को पत्र पत्र समेतका आधारमा न्याय परिषद् ऐनको उपदफा ७ बमोजिम पराजुलीको ६५ वर्ष उमेर गत साउन २१ गते मा नै पुरा भइसकेको छ।
पराजुलीको नागरिताका कायम गरिएको जन्ममिति २००९ साल साउन २१ गते अनुसार अवकास पाएका हुन्।
यो पनि पढ्नुहोस्

पराजुलीले भने, ‘म पदमै छु, यो निर्णय मान्दिनँ’

पदमुक्त प्रधानन्यायाधीशले खुवाएको राष्ट्रपतिको शपथ विवादास्पद

राष्ट्रपति भण्डारीलाई खुवाए प्रधानन्यायाधीश पराजुलीले शपथ

इजलासमा नबसेका ८ न्यायाधीशहरु बिदामा बसे

चोलेन्द्र श्रीमानको कदमले न्यायपालिकाको गरिमा घटायो: कानुनविद्हरु

न्यायाधीशद्व भट्टराई र प्रधानले बन्दीप्रत्यक्षीकरण मुद्दा पनि हेरेनन्

सर्वोच्चका थप पाँच न्यायाधीशहरु पनि पराजुलीबिरुद्ध उभिए
न्यायाधीश चोलेन्द्रशमशेरबिरुद्ध अदालतको अवहेलना मुद्दा ‘पेण्डिङमा’
प्रधानन्यायाधीश पराजुलीले पेशी तोके, चोलेन्द्र इजलासमा परेनन्
प्रधानन्यायाधीश पराजुलीले इजलास तोके, चोलेन्द्र आज पनि परेनन्
सर्वोच्च अदालत दुई फ्याक, पाँच न्यायाधीशद्वारा आज पनि इजलास ‘बहिष्कार’
चोलेन्द्र प्रकरणले सर्वोच्चमा ठूलो तरंग

न्यायाधीश चोलेन्द्रशमशेरद्वारा प्रधान न्यायाधीश पराजुलीको इजलास बहिष्कार

