सर्वोच्चका थप पाँच न्यायाधीशहरु पनि पराजुलीबिरुद्ध उभिए

सर्वोच्चका थप पाँच न्यायाधीशहरु पनि पराजुलीबिरुद्ध उभिए
+
-

काठमाडौँ- सर्वोच्च अदालतका ५ जना न्यायाधीशहरुले बुझिने गरी प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली बिरुद्धको अभियानमा आफूलाई होमेका छन्।

मंगलबार न्यायाधीशहरु सपना मल्ल प्रधान, हरिकृष्ण कार्की, डा. आनन्दमोहन भट्टराई, ईश्वरप्रसाद खतिवडा र विश्वम्भरप्रसाद श्रेष्ठ कुनै कारण नदेखाई प्रधानन्यायाधीशले तोकेको इजलासमा नबसी नियमित जिम्मेवारी निर्वाह गरेनन्।

वरिष्ठ न्यायाधीश चोलेन्द्रशमशेर राणाले गत साउनमै प्रधानन्यायाधीश पराजुलीलाई सेवा निवृत्त भएको घोषित गर्दै इजलासबाट बाहिरिएको २४ घण्टाभित्रै यी न्यायाधीशहरुले इजलासमा बस्न अस्वीकार गर्नुलाई कान्तिपुर अवहेलना मुद्दासँग जोडिएर हेरिएको छ।

उनीहरुको मंगलबारको सामूहिक अवज्ञा वरिष्ठ न्यायाधीश चोलेन्द्रशमसेरले प्रधानन्यायाधीश पराजुलीलाई पदमुक्त भइसकेको घोषणाको भोलिपल्ट आएको हुँदा राणा सँगको एेक्यबद्धता रुपमा पनि यसलाई हेरिएको छ।

मंगलबार सर्वोच्च अदालतमा पेसी तोकिएका १९ न्यायाधीशमध्ये ११ न्यायाधीशले मुद्दाको सुनुवाइ गर्दा ३ जनाले कारण देखाउँदै इजलासमा बस्न नसकेको जानकारी दिए भने ५ जना न्यायाधीश कुनै कारण नदेखाई इजलासमा गएनन्।

मंगलबार न्यायाधीश राणालाई कुनै पनि मुद्दा सुनुवाइको जिम्मेवारी दिइएको थिएन।

मंगलबार सर्वोच्च अदालतमा न्यायाधीशहरु ओमप्रकाश मिश्र र डम्बरबहादुर शाही, मिरा खड्का र बमकुमार श्रेष्ठ, गोपाल पराजुली र तेजबहादुर केसी, केदारप्रसाद चालिसे र शारदाप्रसाद घिमिरे, दीपककुमार कार्की र टंकबहादुर मोक्तान र पुरुषोत्तम भण्डारीले नियमित रुपमा इजलासमा बसेर मुद्दाको सुनुवाइ गरेका थिए।

एक नम्बर इजलासमा पेसी तोकिएका न्यायाधीश द्वय प्रकाशमान सिंह रावत र दीपकराज जोशीले पनि मंगलबार मुद्दा हेरेका थिएनन्। सर्वोच्च उच्च स्रोतका अनुसार, जोशीले इजलास गई ललितपुर जिल्ला अदालतको पूर्व निर्धारित कार्यक्रममा जानुपर्ने भएकाले मात्र मुद्दा हेर्न नसक्ने बताएका थिए। इजलासमा उपस्थित एक वरिष्ठ अधिवक्ताले पनि जोशी र रावतले पूर्वनिर्धारित कार्यक्रम भएकाले मात्र मुद्दा नहेर्ने भनेको पुष्टि गरे।

यस्तै न्यायाधीश अनिलकुमार सिन्हाले विश्वम्भरप्रसाद श्रेष्ठले इजलासमा जान अस्वीकार गरेकाले मात्रै मुद्दा नहेरेको स्रोतले जानकारी दिएको छ।

नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष प्रेमबहादुर खड्काले सर्वोच्चमा ५ जना न्यायाधीशको अवज्ञालाई वर्तमान सरकारले संसदमा हासिल गरेको दुई तिहाइ बहुमतको दम्भको प्रदर्शन भएको बताएका छन्।

यो पनि पढ्नुहोस्

प्रधानन्यायाधीश पराजुली पदमुक्त

प्रधानन्यायाधीश पराजुली पदमुक्त

पराजुलीले भने, ‘म पदमै छु, यो निर्णय मान्दिनँ’

पराजुलीले भने, ‘म पदमै छु, यो निर्णय मान्दिनँ’

पदमुक्त प्रधानन्यायाधीशले खुवाएको राष्ट्रपतिको शपथ विवादास्पद

पदमुक्त प्रधानन्यायाधीशले खुवाएको राष्ट्रपतिको शपथ विवादास्पद

राष्ट्रपति भण्डारीलाई खुवाए प्रधानन्यायाधीश पराजुलीले शपथ

राष्ट्रपति भण्डारीलाई खुवाए प्रधानन्यायाधीश पराजुलीले शपथ

चोलेन्द्र श्रीमानको कदमले न्यायपालिकाको गरिमा घटायो: कानुनविद्हरु

चोलेन्द्र श्रीमानको कदमले न्यायपालिकाको गरिमा घटायो: कानुनविद्हरु

न्यायाधीशद्व भट्टराई र प्रधानले बन्दीप्रत्यक्षीकरण मुद्दा पनि हेरेनन्

न्यायाधीशद्व भट्टराई र प्रधानले बन्दीप्रत्यक्षीकरण मुद्दा पनि हेरेनन्

‘न्यायाधीश राणाको वक्तब्य अदालतमाथिको प्रहार’: नेपाल बार (विज्ञप्ति सहित)

‘न्यायाधीश राणाको वक्तब्य अदालतमाथिको प्रहार’: नेपाल बार (विज्ञप्ति सहित)

निरपेक्ष प्रेस स्वतन्त्रताको परिकल्पना गर्न मिल्दैन: सर्वोच्च बार

निरपेक्ष प्रेस स्वतन्त्रताको परिकल्पना गर्न मिल्दैन: सर्वोच्च बार

न्यायाधीश चोलेन्द्रशमशेरबिरुद्ध अदालतको अवहेलना मुद्दा ‘पेण्डिङमा’

न्यायाधीश चोलेन्द्रशमशेरबिरुद्ध अदालतको अवहेलना मुद्दा ‘पेण्डिङमा’

प्रधानन्यायाधीश पराजुलीले पेशी तोके, चोलेन्द्र इजलासमा परेनन्

प्रधानन्यायाधीश पराजुलीले पेशी तोके, चोलेन्द्र इजलासमा परेनन्

प्रधानन्यायाधीश पराजुलीले इजलास तोके, चोलेन्द्र आज पनि परेनन्

प्रधानन्यायाधीश पराजुलीले इजलास तोके, चोलेन्द्र आज पनि परेनन्

चोलेन्द्र प्रकरणले सर्वोच्चमा ठूलो तरंग

चोलेन्द्र प्रकरणले सर्वोच्चमा ठूलो तरंग

न्यायाधीश चोलेन्द्रशमशेरद्वारा प्रधान न्यायाधीश पराजुलीको इजलास बहिष्कार

न्यायाधीश चोलेन्द्रशमशेरद्वारा प्रधान न्यायाधीश पराजुलीको इजलास बहिष्कार

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष