कोभिड, भान्छा र भविष्य

कोभिड, भान्छा र भविष्य
+
-

आज मेरो लेखनको विषय अलि गहिरो र सुक्ष्म छ। देशको भविष्यसँग जोडिएको कुरा। विषय गहन भए पनि प्रस्तुति सहज पार्ने वाचा गर्दछु।

चर्चाको थालनी भान्छाबाट। मेरो छिमेकमा बस्ने श्याम भाइको भान्छा। श्यामकी पत्नी राधा गर्भवती छिन्, अनि छोरा विवेक भर्खर डेढ वर्षका।

म बिहान प्रातःभ्रमणबाट फर्कंदै गर्दा श्याम भाइ दुग्ध विकास संस्थानको दुई पाकेट दूध, एक मुठा साग, अलिकति आलु र एउटा पाउरोटी लिएर घर पस्दै थिए । राधाले मीठो चिया बनाइन् । श्यामले चिया खाउञ्जेल राधाले छोरालाई दूधपाउरोटी ख्वाइन्, अनि आफू पनि चिया खाइसकिन् । त्यसपछि शुरु भयो उनीहरुको घर सल्लाह ।

राधाले भनिन्, ‘गर्भको बच्चा ५ महिनाको भैसक्यो, जँचाउन जान पनि सकेको छैन । रोग सर्छ भन्छन् । बाबु पनि सानै छ – कसो गर्ने होला?’ श्यामले कुरो थपे, ‘त्यै त, आफ्नै ट्याक्सी छ, तिमीलाई अस्पताल लैजान सकिहाल्थें, तर बन्दाबन्दी भयो, के गर्नु।’

अनि आफ्नै सुरमा एकोहोरो बोल्दै रहे, ‘ट्याक्सी किन्दा लिएको बैंकको ऋण कसरी तिर्ने हो, ब्याजमात्रै पनि बुझाउन सकिएको छैन, गर्भवतीलाई पोषिलो खाना पनि दिन सकिएन । दाल, भात, सागमात्रै खान पनि गाह्रो पर्न लाग्यो । चामलको भाउ एक किलोमा २५ रुपियाँ बढेछ, दाल त्यस्तै महँगो । तरकारीको भाउ छोइसक्नु छैन, सय रुपियाँ घटीमा त हरियो तरकारी एक किलो पनि नपाइने हुन लाग्यो । जुम्ला भरी स्याउ फल्या छ भन्छन्, यहाँ तीन सय रुपियाँ किलोमा नि पाइँदैन । जसोतसो केरा चाहीँ एक कोसालाई १० रुपियाँ हालेर भए नि बाबुलाई ख्वाउन पाइया छ । के खाने, कसरी घर खर्च चलाउने – ग्यास, पानी, बत्ती सबै नकिनी भएन । घर भाडा चाहिइहाल्यो, अरु फुटकर खर्च कति हो कति । कुनै फुर्माइस गरेको होइन । म त बिलखबन्द परेको छु । यस्तो दिन त कसैले देख्न नपरोस् ।’

बिलौना सुनेर राधाले भनिन् – ‘चिन्ता नलिनुस्, धैर्य राख्नु पर्छ, सबै ठीक हुन्छ।’ अनि एकोहोरो थपिन्, ‘धन्न यसपालि चाडबाड मान्नु परेन, नत्र त कसरी खर्च जुटाउन सक्थ्यौं होला र? सापट मागौं भने पनि सबैको हाल त्यस्तै छ।’

त्यही दिन उनको घरबेटी दिदीले फोनमा मलाई सोधिन्, ‘राधाको गर्भ जाँच गर्न के गर्नु पर्ला ?” त्यही साँझ राधालाई भेटेर मैले उनको अवस्थाबारे बुझ्न कोशिश गर्दा उनको भान्छाबाट शुरु भएको गनथन जान्न सकेँ।

राधालाई त मैले सक्दो सहयोग गरें, तर हाम्रो देशमा रहेका राधाजस्ताअन्य धेरै आमाहरु, तिनका बालबालिका र हाम्रो देशको भबिष्यबारे सोचेर म यो लेख नलेखी बस्न सकिन । हामी सबैले समस्याको गहिराइ बुझ्यौं र आ–आफ्नो क्षेत्रबाट सक्दो प्रयास गर्‍यौँ भने केही हदसम्म भए पनि देशको भविष्य सपार्न सक्छौं कि ?

नेपालमा प्रत्येक वर्ष करिब साढे सात लाख बालबालिकाको जन्म हुन्छ । यीमध्ये करीब आधा न्यून आय भएका परिवारमा जन्मिन्छन् । नेपालको ८ प्रतिशत जनसंख्या दैनिक १.९ डलर (हालको मूल्यमा २२५ रुपियाँ प्रतिदिन अर्थात ६७५० प्रतिमहिना) भन्दा कमको कमाइ गर्छन् भने झण्डै ४० प्रतिशत जनता ३.२ डलर प्रतिदिन (महिनाको रु.११,३६६ ) मात्रै कमाइ गर्छन् (बिश्व बैंक नेपाल)। यति थोरै कमाइमा अहिलेको बजार भाउमा उनीहरुको जीवन कसरी चल्छ होला, सबैले गहिरिएर सोच्नु पर्छ।

विश्व बैंकको प्रतिवेदनअनुसार नेपालमा औसत ६.४ प्रतिशतको हाराहारीमा मूल्यबृद्धि भइरहेको छ । कृषिमा आएको ह्रास, वैदेशिक रोजगारीबाट युवाहरु फर्किनु परेको अवस्था, देशभित्र रोजगारीका अवसरहरुको कमी आदि कारणले गरिबी झन बढ्ने अनुमान गरिएको छ । यस्तो बिकराल अवस्थामा गर्भवती महिला, तिनको नाबालक शिशु र गर्भभित्रको शिशुको अवस्था के होला र तिनको भविष्य कस्तो होला भनेर चिन्ता लाग्नु स्वाभाविक हो।

बालबालिकाको जेनेटिक संरचनाअनुसार दिमाग र शरीरको राम्रो विकास हुने सम्भावनाहरु भए पनि न्यून पोषणका कारणले त्यसमा सुधार हुनै नसक्ने गरी क्षति पुर्‍याउन सक्छ । नेपालको भविष्यका कर्णधार भोलिका वैज्ञानिक, चिकित्सक, इन्जिनियर, राजनीतिज्ञ, पेशाकर्मी, व्यवस्थापक यी नै हुनेछन् । अनि यस्तो कडा प्रतिस्पर्धात्मक समयमा ती व्यक्तिहरु पछाडि पर्ने यथेष्ट सम्भावनाहरु छन् ।

कोभिडको चुनौती नभएकै बेलामा पनि विगतका तथ्याङ्कहरुले नेपालमा पोषणको अवस्था धेरै नाजुक रहेको देखाएका छन् । नेपालका झण्डै ४० प्रतिशत घरमा वर्षभरी खान पुग्ने खाद्यान्न रहँदैन । १० मध्ये ४ घरका बालबालिकाले मात्रै पटक पटक गरेर र आवश्यक मात्रामा पोषिलो तत्व भएको खाना खान पाउँछन् । युवा (महिला,पुरुष दुबै) र गर्भवती महिलाको पोषण आवस्था पनि नाजुक नै छ । झण्डै २० प्रतिशत गर्भवती महिलामा रक्त–अल्पता रहेको छ (नेशनल माइक्रो न्युट्रियन्ट स्टेटस् सर्भे–२०१६)। कोभिडले ल्याएको गरिबीका कारण बालिबालिकाको स्वास्थ्यमा गम्भीर समस्या आउन सक्ने कुरालाई ध्यानमा राखेर बिपन्न परिवार लक्षित पोषण र आयआर्जनका कार्यक्रमहरु सञ्चालन गर्न ढिलाइ गरिनु हुँदैन ।

नेपाल सरकारले गर्भवतीका लागि आइरन चक्की, बालबालिका र गर्भवतीका लागि जुकाको औषधि, औलो रोगबाट हुनसक्ने रक्तअल्पता रोकथाम, बालबालिकाका लागि भिटामिन ए कार्यक्रम सञ्चालन गरेको छ । यी कारणहरुले सूक्ष्म पोषणमा केही सुधार भए पनि दूध, अण्डा, मासु, गेडागुडी लगायत प्रोटिन पदार्थ, भिटामिन र खनिजपदार्थ युक्त फलफूल, तरकारी आदिको कमीले देशका बालबालिका, महिला र किशोर किशोरी बिशेष रुपमा कुपोषणले ग्रसित छन् ।

मैले यो भन्दा अगाडिका लेखहरुमा मानिसको दिमागको बिकासकाबारे केही प्रकाश पारेको थिएँ । दिमागको बिकास आमाको गर्भमा हुँदा शुरु भएर बालबालिका २ बर्षको हुँदासम्ममा ८० प्रतिशत जति पूरा भैसकेको हुन्छ । त्यसैले गर्भको २८० दिन र पहिलो २ बर्षका दिनहरुलाई जोडेर पहिलो १००० दिनलाई बालबिकासका सुनौला १००० दिन भनिन्छ । यी हजार दिनमा बालबालिकाले राम्रो पोषण पाएनन् भने त्यस्ता बालबालिकाको मानसिक विकास अवरुद्ध हुन सक्छ, शारीरिक विकास कुण्ठित भई उनीहरु पुड्को हुन सक्छन् ।

बालबालिकाको जेनेटिक संरचनाअनुसार दिमाग र शरीरको राम्रो विकास हुने सम्भावनाहरु भए पनि न्यून पोषणका कारणले त्यसमा सुधार हुनै नसक्ने गरी क्षति पुर्‍याउन सक्छ । नेपालको भविष्यका कर्णधार भोलिका वैज्ञानिक, चिकित्सक, इन्जिनियर, राजनीतिज्ञ, पेशाकर्मी, व्यवस्थापक यी नै हुनेछन् । अनि यस्तो कडा प्रतिस्पर्धात्मक समयमा ती व्यक्तिहरु पछाडि पर्ने यथेष्ट सम्भावनाहरु छन् ।

हाम्रो देशमा विगतमा लिंग, वर्ण, जात, भूगोल, आदिका आधारमा शिक्षा, स्वास्थ्य, अवसर आदिमा विभेद भएका कारणले देशले विकासको गति तीब्र पार्न नसकेको कुरा छर्लङ्ग छ । त्यसैले ठूला ठूला राजनीतिक परिवर्तनहरु गरेर हामी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था अँगाल्न पुगेका हौं । समतामूलक समाज निर्माण गर्ने हाम्रा लक्ष्यहरु छन् ।

देशको जनसंख्याको करिव एक चौथाइ भाग कुपोषणका कारण शारीरिक र मानसिक रुपमा अल्प बिकसित भएमा हामी कसरी समतामूलक समाज निर्माण गर्न सक्छौं ?

नेपालको कुल ग्राहस्थ उत्पादनको २५ प्रतिशत विप्रेषणबाट प्राप्त हुन्छ । हाम्रो जनसंख्याको मानसिक विकासको अबस्था र शिक्षाको गुणस्तर सुधार्न सकिएन भने ठूलो संख्यामा नेपाली नागरिक कडा शारीरिक परिश्रम गरी थोरैमात्र आम्दानी गर्न सकिने किसिमका रोजगारी गर्न बाध्य हुने छन् । देशभित्र पनि यस्तो जनशक्तिले गतिलो काम पाउने सम्भावना कम नै हुन्छ ।

नेपालको बार्षिक बजेटमा करीब २५ प्रतिशत बैदेशिक सहयोगबाट प्राप्त हुन्छ । यसमा १९ प्रतिशत बैदेशिक ऋण हो । देशभित्र रोजगारी सिर्जना र द्रुतगतिमा आर्थिक विकास नै वैदेशिक ऋणको गतिलो विकल्प हुन सक्छ । सक्षम र सबल जनशक्ति यसका लागि अनिवार्य पूर्वशर्त हो । फजुल खर्च कटौती र भ्रष्टाचार निवारणद्वारा मात्र नेपाली जनतामाथि ऋणको बोझ कम गर्न सकिन्छ ।

मूल्यबृद्धिमा नियन्त्रण, रोजगारी श्रृजना, स्वास्थ्य र पोषणको स्थितिमा सुधार, शिक्षाको गुणस्तर अभिबृद्धि आदिद्वारा समृद्ध नेपाल सुखी नेपालीको लक्ष हासिल गर्ने दिशातर्फ थप प्रयास आवश्यक छ । अनिमात्रै राधा, श्याम, तिनका नाबालक छोराछोरी र उनीहरु जस्ता लाखौं नेपाली परिवारहरुले स्वस्थ रही सुखको सास फेर्न सक्नेछन् ।

यो पनि पढ्नुहोस्

महिला बिरुद्ध हिंसा र आत्म–सम्मानका कुरा

महिला बिरुद्ध हिंसा र आत्म–सम्मानका कुरा

हामी सबैलाई चाहिने ‘सम्बेगात्मक चेत’

हामी सबैलाई चाहिने ‘सम्बेगात्मक चेत’

इमोशनल इन्टेलिजेन्स र जीवनको सार

इमोशनल इन्टेलिजेन्स र जीवनको सार

अहम् ब्रह्मास्मि

अहम् ब्रह्मास्मि

सुखको मापक के हो ?

सुखको मापक के हो ?

करुणा र कोरोना

करुणा र कोरोना

एकान्तवास

एकान्तवास

नागरिक हुनुको अर्थ

नागरिक हुनुको अर्थ

डिप्रेशन

डिप्रेशन

सुखको रेफरेन्स प्वाइन्ट

सुखको रेफरेन्स प्वाइन्ट

के संसार एक मायामात्र हो?

के संसार एक मायामात्र हो?

अब भित्र हेरुँ!

अब भित्र हेरुँ!

हे युवा!

हे युवा!

जीवन र मृत्यु

जीवन र मृत्यु

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?