कर्णालीको प्रदेश सरकारको बजेट पारित

कर्णालीको प्रदेश सरकारको बजेट पारित
+
-

हुम्ला – कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सर्वसहमतिले पारित भएको छ।

कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको आठौँ अधिवेशनको आज बसेको २०औँ बैठकमा सभामुख नन्दा गुरुङले आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहलाई कर्णाली प्रदेशसभा नियमावली २०८१ को नियम १४१ को उपनियम १२ बमोजिम कर्णाली प्रदेश विनियोजन विधेयक २०८३ र सोही नियमवालीको १४८ बमोजिम कर्णाली प्रदेश आर्थिक विधेयक २०८३ सहित  २०८३/८४ को समग्र बजेट पारित गरियोस् भनी सभामा प्रस्ताव गर्न समय दिएकी थिइन्।

मन्त्री शाहले कर्णाली प्रदेशसभा नियमावली २०८१ को नियम १४१ को उपनियम १२ बमोजिम विनियोजन तथा आर्थिक विधेयकसहित आव २०८३र८४ को समग्र बजेट पारित गरियोस् भनी सभामा प्रस्ताव गरे।

सभामुख गुरुङले सभाका सदस्यहरूको ध्वनि मतका आधारमा आव २०८३/८४ बजेट सर्वसहमतिले पारित भएको घोषणा गरेका छन्। उनका अनुसार सभाको अर्को बैठक असार २२ गते सोमबार दिउँसो ३ बजे बस्नेछ। सहमतिपछि अबरुद्ध हुँदै आएको सभाको वैठक सुचारु समेत भएको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…