देशसञ्चार चौतारीमा भाग-१४७

ने मुनि फेरि फर्किएछन्…

+
-
देशसञ्चार AI सारांश
  • केशवराज ज्ञवालीले आफ्नो नयाँ पुस्तक ‘अज्ञात’मा सुगौली सन्धिभन्दा अगाडिको नेपालको इतिहासको खोजी गरेका छन्।
  • ‘अज्ञात’ उपन्यास लेख्दा अध्ययन, अनुसन्धान र फिल्ड भ्रमणको अनुभवलाई समेटेर साधारण व्यक्तिको कथा प्रस्तुत गरेका छन्।
  • ज्ञवालीले इतिहासलाई पटकपटक लेख्नुपर्ने आवश्यकता बताए, जसले नयाँ आयाम र परिप्रेक्ष्य प्रदान गर्न सक्छ।

काठमाडौँ-  आख्यानकार केशवराज ज्ञवाली नयाँ पुस्तक ‘अज्ञात’ लिएर बजारमा आएका छन्। ‘अज्ञात’मा उनले सुगौली सन्धिभन्दा अगाडिको नेपालको इतिहास उधिन्ने प्रयास गरेका छन्।

उनै केशवराज ज्ञवाली देशसञ्चार चौतारीको यसपटकको श्रृंखलामा अतिथि बनेका छन्।

यसअघि उनले ‘अर्को भोर’ कथासंग्रह प्रकाशन गरेका थिए।

देशसञ्चार चौतारीका क्रममा हामीले ज्ञवालीसँग उनको नयाँ उपन्यास ‘अज्ञात’को विषयवस्तु, उपन्यासमा कल्पना र यथार्थको सीमाना, लेखन र पठनको प्रेमलगायत विषयमा थुप्रै प्रश्न सोधेका छौँ।

‘भोलि हामी जे हुन्छौँ, त्यसको बीउ आज हामी रोपिरहेका छौँ,’ उनले देशसञ्चार चौतारीका क्रममा भने, ‘त्यही कारण पनि मलाई इतिहास मन पर्छ।’

उनले नेपालको नाम ‘ने मुनि’कै कारण रहेको इतिहासकार ज्ञानमणि नेपालको प्रसंग उक्काउँदै ने मुनिलाई उपन्यासमा फर्काउँदै इतिहासको कथा उधिनेको बताए।

उनले त्यो समयको साधारण व्यक्तिको कथालाई अज्ञात उपन्यासको विषय बनाएको उल्लेख गर्दै भने- ‘आख्यानको सीमाभित्र बसेर हेर्दा धेरै व्यक्तिको गुणहरू एउटा व्यक्तिमा पाउँछौँ, त्यसमै कथाहरू बन्छन्।’

उनले उपन्यास लेखनका क्रममा आफूले उपन्यासको सेटिङमा भ्रमण गरेको पनि बताए। ‘अध्ययन, अनुसन्धान र फिल्ड भ्रमणबाट यो उपन्यास जन्मिएको हो,’ उनले भने।

उनले हरेक पुस्ता फेरि इतिहास लेख्ने उल्लेख गर्दै भने- इतिहास पटकपटक लेखिन्छ र नयाँ नयाँ आयाम भेटिन्छ इतिहासमा,’ उनले भने।

उनले शासक अग्लो ठाउँमा बस्ने र तल राम्ररी नदेख्ने पनि देशसञ्चार चौतारीमा क्रममा बताए। ‘शासकले समानताको कुरा गर्न निकै ठूलो विवेक चाहिन्छ,’ उनले भने।

पूरा भिडियो:

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…